मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
डा. केसीको अनसनका सम्वन्धमा डा. केसीका मांगहरू नाजायज हुन् भन्ने नैतिकता कसैमा छैन | मांगका कारण उनको आफ्नै जीवन संकटमा परेको छ | जीवनभन्दा ठूलो मूल्यवान् कोही हुँदैन | डा. केसीले आफुलाई संकटमा पारेर अरूलाई राम्रो गर्न खोज्दैछन् |…
शान्ति कि युद्ध ! अहिलेका मानिसहरू जतिचर्को स्वरमा शान्ति, सहिष्णुता तथा सद्भावको कुरा गरिरहेका छन् त्यसभन्दा हजारौं गुणा तीब्रगतिमा एकआपसी युद्धको विस्तारमा क्रियाशील छ | शान्ति र युद्धको गतिमा युद्धले विजय प्राप्त गरिरहेको छ | शान्तिको चाहना भन्दा युद्धको…
विज्ञानको पुनरावलोकन विज्ञानप्रति मान्छेको अन्धविश्वास बढ्दो छ | हामीले बुझेको विज्ञान हाम्रो सुखसुविधा र स्वास्थ्यसंग सम्वन्धित छ | हवाईजहाजआदि बनेपछि आवतजावत गर्न सजिलो भएको छ | औषधि विज्ञानको विकासले मान्छेहरूको आयु र स्वास्थ्य राम्रो भएको छ | इन्टरनेटको विकासले…
वहसमा : दर्शनशास्त्र २००२ देखि पुन: दर्शनशास्त्र वहसमा आएको छ | विज्ञान तथा प्रवन्धनशास्त्रले महत्व प्राप्त गरिरहेको बेला दर्शनशास्त्रले विश्व संस्थाका माध्यमबाट बहसमा प्रवेश गर्नुले महत्व राख्छ | विज्ञान र प्रवन्धनको विकासले सुखसुविधामा वृद्धि त् भएकै हो तर अर्थ…
नेपालको (Dark age) कालोयुग खोई ! पश्चिमा विद्वानहरूले लगभग लुप्त भैसकेका प्राचीन ग्रीकेली विद्वानहरूका रचनाहरू खोज्न ठूलो परिश्रम गरे | सन् ४७८ देखि युरोपमा इसाई धर्मको एकल वर्चस्वले किच्दा, बाइबलसंग विमति राख्ने सबैजसो प्राचीन बौद्धिक सम्पदाहरू खोजीखोजी आगोमा पोलियो…
गीता पढ्नुहोस्, निकास पाइन्छ श्रीकृष्णले अर्जुनलाई गीता सुनाए | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन | अर्जुन…
मन गीताले भन्छ हात्ती भन्दा बलियो छ तर अभ्यास गरेर नियन्त्रण गर्न सकिन्छ किनभने मन चैतन्यको छाया हो | मन सुधार्न टाइम-टेवल बनाउनुपर्छ | सुध्रिन्छ | योग, ध्यान, आदि यसका विधि हुन् | अर्जुनको मन विग्रिएको थियो, श्रीकृष्णले युद्धभूमिमा…
नेपालोदय हाम्रो शरीर नेपाली माटोले बनेको छ | यो शरीरको धमनीहरूमा लाखौं वर्ष प्राचीन ऋषिमुनीहरूको रक्त प्रवाहित छ | हाम्रो मनमा धर्म र संस्कृतिप्रति अगाध माया छ | ऋषिमुनीहरूले आर्जित गरेको तपोबल छ | त्यैपनि हाम्रो बौद्धिकतामा आफ्नै स्वधर्म…
योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व आज नेपालका असली राष्ट्रगुरू, संस्कृतका प्रचण्ड विद्वान, अन्वेषक, पूरातत्वविद्, देशभक्त, वैदिक साम्यवादी, वैदिक संस्कृतिका पुरोधा योगी नरहरिनाथको शतवार्षिकी | माता गौरादेवी र पिता ललित सिंह थापाका सुपुत्र योगी नरहरिनाथ १७ गते फाल्गुन १९७१…
मुन्धुमको संदेश मुन्धुमको दार्शनिक चिन्तन प्रकृति केन्द्रित छ भन्नेहरू मार्क्सवादका प्रभावमा बोलेका हुन् जस्तो लाग्छ | पहिचानका नाममा आफ्नो धर्म, संस्कृतिलाई अलग्याएर विशिस्ट देखिन खोज्ने राजनैतिक रोगले मुन्दुम पनि दुखेको छ | मुन्धुममात्र होइन जुनसुकै साहित्य पनि रचना गरिंदाखेरिको…