मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
विवाद कि शास्त्रार्थ ? श्रीमद्भगवत-गीताका संस्कृतबाट नेपालीमा धेरै अनुवाद भएका छन् | ती अनुवादहरू अनुवादको आफ्नो ज्ञान, भक्ति र समर्पणका आधारमा धेरै व्यक्तिहरूले गरेका छन् | कुनै पनि अनुवाद १००% जस्ताको तस्तै गर्न सम्भव हुँदैनन् | भावहरूको अनुवाद गर्न…
नकारात्मकताको भूमरीमा नेपाली जनता नेपाली समाजमा जसरी नकारात्मकता विकसित भैरहेको छ, मलाई एसले निकै चिन्तित बनाएको छ | नेपाली जनताले आफुले भोट दिएर जिताएका नेताहरूप्रति पटक्कै विश्वास गर्दैनन् | राष्ट्र-सेवक कर्मचारीहरूमा पनि जनताको विश्वास छैन | सबै ब्यापारीहरू जनताका…
गुरुकुलको यो पाठ्यक्रम (Syllabus) प्राचीन गुरुकुलको पाठ्यक्रममा अणिमा अर्थात् परमाणु सरह सानो हुने, महिमा अर्थात् अत्यन्त ठूलो हुने, गरिमा अर्थात् धेरै गह्रुङ्गो हुने, लघिमा अर्थात् हलुङ्गो हुने, प्राप्ति अर्थात् मनले चिताएको कुरा प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा…
वात्स्यायन र बौद्ध भिक्षु "नहि भिक्षुकाः सन्तीति स्थाल्यो नाधिश्रीयन्ते" - भिक्षुक माग्न आउँछन् भनेर अन्न नै रोप्न छोड्नु हुँदैन - कामसूत्रकार वात्स्यायनको यो सूत्रले तत्कालीन बौद्ध भिक्षुहरूको आतंक देखाउंछ | नि:सन्देह वात्स्यायनको समय र बौद्धहरूको स्वर्णकाल संगै थियो |…
सासु वुहारी एउटा गाउँमा विधुवा बुहारी र सासु संगै बस्थे | दूबैजना बीच सम्बन्ध राम्रो थिएन | दूबैजनाको एकआपसमा बोलचाल समेत हुँदैनथ्यो | एउटा घरको छानो मुनि बस्ने, एकै भान्सामा पाकेको खाने, एकै पन्धेराको पानी पिउने र जिन्दगी भर…
भूम्यापर्व र संस्कृति रक्षाको मोर्चामा मगर बोलीमा 'नाम' भनेको भूमि, जमीन, धर्ति वा पृथ्वी भन्ने बुझिन्छ तर रोल्पा, रुकुम, बाग्लुंग, पर्वत आदि जिल्लामा छरिएर रहेका १८ थर मगरहरूले प्रत्येक वर्षको असारको एक देखि तीन गतेसम्म भूम्या-पर्व मनाउने गर्छन् |…
कान्छा इलियाहको घृणावादी दृष्टिकोण भारतीय दलित अभियन्ता ‘कान्छा इलियाह’का रचनाहरूले धेरै दलितवादीहरूलाई इतिहास तथा तत्थ्यहरूसंग भ्रमित पार्छ | उनले आफ्ना रचनाहरूमा प्रमुख रुपले दुई विषयमा बढी जोड दिएका छन् : दलितहरू हिन्दू होइनन् र हिन्दू वर्णब्यबस्था भित्र रहेर दलितहरूले…
रक्षा बन्धनको मनोविज्ञान र उपयोगिता मान्छेको पहिलो आवश्यकता नै उसले सुरक्षित भएको अनुभूति गर्नु हो | प्रसिद्ध मनोबैज्ञानिक मास्लोले पांचबटा मानवीय आवस्यकताको विषयमा वर्णन गर्दै दोस्रो प्राथमिकता क्रममा सुरक्षा-आवस्यकतालाई राखेका छन् | मास्लोले मानवको पहिलो आवश्यकता शारीरिक आवस्यकता पूर्ति,…
छुवाछुत मुक्तिको लागि ब्राह्मणहरूले यसरी पहल गर्नुपर्छ हिन्दू समाजको जातीय ब्यबस्था निकै जटिल छ | वेदहरूमा वर्णाश्रमको स्पस्ट ब्यबस्था छ | वेदहरूले ठूलो र सानो अर्थात् छुवाछुतयुक्त सामाजिक संरचनाका विषयमा स्पस्ट बोलेका छैनन् | उपनिषदहरूमा विरोधाभाष छ | समस्त…
बूढीआमाको सङ्कल्प उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू भए | अलि कडा स्वभाव भएको कारणले छोरावुहारीसंग मिल्न सकिनन् | तीन पुस्ता…