मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
किरणको हिमाली दर्शन देशका दूई प्रधानमन्त्रीका (प्रचण्ड र बाबुराम) राजनैतिक गुरू, बनारस हिन्दू विश्वविद्यालयबाट न्यायजस्तो "प्रमाण" दर्शनमा एम.ए. गरेका, संस्कृत भाषा समेतका जानकार कम्युनिस्ट नेता मोहन बैद्य किरणले लेखेको 'हिमाली दर्शन" दार्शनिक कृति पढियो | लेखन खोज मूलक र…
सकारात्मक विभेदको कुरूप पाटो आज मानवाधिकारवादी, आइएनजीओ तथा केही विदेशी तथा स्वदेशीहरूले जातिवाद विरुद्ध निकै कडा बोल्छन्, लेख्छन् | यही नै उनीहरूको ब्यापार हो | एसो नगरे ब्यापार चल्दैन | भारतीयहरूमा डा. अम्वेदकर, इलियाहराजाआदिले जातीय छुवाछुत विरुद्ध निकै आक्रामक…
खवरभित्रको खवर : बालआत्महत्या आत्महत्या निकै अप्रिय शब्द हो | आजभोली बालबालिको आत्महत्याका खवरहरूले अखवार भरिएका छन् | मन दुख्छ | यो विचार दुखेको मनको सोच हो | मनभित्रबाट आएको मेरो निजी प्रतिक्रिया हो | अंगेजी मिडियमका नाममा बालबालिकाले…
हाम्रो शिक्षा असलमा वैदिक संस्कृतिमा पाँचवर्ष नपुगिकन अक्षर आरम्भ गर्ने चलन भेटिएको छैन | अक्षर आरम्भ पाँचवर्षपछि मात्र उचित हुन्छ भन्ने आधुनिक र प्राचीन वैदिक परम्परामा समानता छ | आजभोली विविध कारणले बालबालिकालाई जवरजस्ती दुई-अढाईवर्षको उमेर देखि नै विद्यालय…
हामी कहाँ छौँ ? नेपालमा प्रचण्ड बहुमत भएको कम्म्युनिस्ट पार्टीले सरकार छ | साम्यवादीहरूका शब्दजाल पढ्ने र सुन्ने हो भने यो एकवर्षमा नेपालीको कायाकल्प हुनुपर्ने होइन र ? मान्छे प्राकृतिक रूपले लोभी हुन्छ, लालची हुन्छ र आफ्नो र आफन्तको…
नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !! म पाँचछ वर्षको हुँदा हाम्रो घरमा सप्ताह लगाइएको थियो | बा आफै बाचक हुनुहुथ्यो | उपवाचक को थियो, सम्झना छैन | तेस वखत हरेक राम्रो काम हेराएर आरम्भ गरिन्थ्यो | यो…
नेपालको माता-संस्कृति १. माता संस्कृति नेपालको मौलिकता मध्येको एउटा हो | मिति २०७६/१/२१ का दिन संयोगले एकजना ७२ वर्षीय मातासंग भेट हुने मौका मिल्यो | सपरिवार आफ्नो घर मै वसेर विश्वलाई "अम्वे"को भक्तिमा लगाउने र मुक्त गराउने उहाको सङ्कल्प…
अस्वीकार्य सिद्धान्त म पश्चिमाहरूले उपन्यासका रूपमा लेखेको "आर्य तथा अनार्य"को मानवशास्त्रलाई दृढतापूर्वक अस्वीकार गर्छु | उनीहरू स्वयं आक्रमणकारी भएको र अर्काका देशहरूमा आक्रमण गरेर आफ्नो आधिपत्य जमाउने हुँदा अरूको इतिहास पनि तेस्तै लेखे | यो मानव-इतिहास विभाजनकारी छ |…
पोखरी, चौपारी, कोट र पौवा यदि मलाई कसैले सोध्यो नेपालका आफ्ना मौलिकता के-के हुन् ? मैले भन्ने छु पोखरी, कोट, पौवा र चौपारी हुन् भन्ने छु | हरेक गाउँको अग्लो ठाउँमा एउटाकोट, हरेक गाउँको मुटुमा एउटा पोखरी र चौपारी…
मृत्यु-सेलिब्रेटी !! संसारमा कुनै पनि मृत्युन्जय छैन | एक दिन सबैले मर्नुपर्छ | तर विविध कारणले व्यक्तिको असामयिक वा अप्राकृतिक मृत्यु हुँदा आफन्त मात्र होइन सुन्ने र देख्ने सबै दुखी हुन्छन् | मानसिक पीडाको अनुभूति गर्छन् | एकजना महिला…