मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
भारतयात्रापछि (१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका…
नीतिशास्त्रको कुरा (१) नीतिशास्त्र के हो ? त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको…
दर्शनशास्त्र बुझौं (१) दर्शनशास्त्र के हो ? दर्शनशास्त्रले परमसत्यको विषयमा जिज्ञासा, खोज तथा निर्णय दिने प्रयत्न गर्छ | वर्तमानमा दर्शनशास्त्र भने तत्व विज्ञान, नीति विज्ञान, तर्क-विज्ञान ज्ञान-विज्ञान र मूल्य विज्ञानको उत्पत्ति, कार्य र सीमा तोक्ने प्रयत्न गर्छ | असलमा,…
के महाकवि देवकोटा दार्शनिक थिए ? १. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा |…
खुसीको खेत -१ (लारा र रानिकोट भन्ज्याङ) खुसी मनको अवस्था हो | खेत शब्द संस्कृतको क्षेत्रबाट अपभ्रस भएर बनेको हो | खुसी कस्तो खेतमा राम्ररी सप्रिन्छ ? उत्तर सजिलो छैन | तर जसले शरीरको तहमा खुसी खोजिरहेका छन्, तिनलाई…
स्वघोषणा : भोट १. सधैं झूटो बोल्ने, सधैं विकास र रोजगारको सपना देखाउने तर भएका कलकारखानाआदि बेचेर आफन्तलाई पोस्ने राजनैतिक पार्टीका कुनै पनि नेतालाई भोट दिने छैन | २. घरमा अर्बौंको सम्पति हुँदाहुँदै राष्ट्रलाई दोहन गरेर विदेशमा उपचार गराउने…
मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि १. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो…
दर्शनशास्त्र के हो ? १. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू…
पशुबलि र शास्त्र पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ | आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ | बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेले आलोचना गर्नु आवश्यक छैन | शास्त्रहरुले पशुबलि र विशुद्ध सात्विक दूवै…
असली दर्शनशास्त्र !! असली दर्शनशास्त्र के हो र कुन् हो ? दर्शनशास्त्रका विद्यार्थीहरूले एस्तो प्रश्न कम नै गर्छन् | तर जसले गरे पनि प्रश्न त प्रश्न नै हुन् | सबै प्रश्नको उत्तर हुँदैन तर उत्तर नभए पनि प्रश्नचाहिं हुन्छन्…