gsharan icon

वैदेशिक रोजगार पतिपत्नीको प्रेम

वैदेशिक रोजगार पतिपत्नीको प्रेम

सामाजिक संजालको प्रयोग गर्न नजान्नेहरू समस्यामा पर्छन् | समस्याको कारण सामाजिक संजालमा आएका समाचार हुन्छन् | सामाजिक संजालमा जीवनका गोप्य घटनाहरू आदानप्रदान गर्न नजान्दा हुन्छ | असामाजिक संजालमा छरिएका विषयहरूलाई आफ्नो जीवनसंग जोड्दा हुन्छ | एउटा नकारात्मक समाचारका आधारमा आफ्नो पारिवारिक जीवनको मूल्यांकन गर्ने वानीले हुन्छ | मानसिक शान्ति भंग हुन्छ | पारिवारिक जीवन ध्वस्त हुन्छ | अन्तत: जीवनको अन्त्य नै हुने खतरा रहन्छ |
नेपालमा ८७ करिव लाख परिवार छन् | हरेक परिवारमा पतिपत्नी छन्, छोराछोरी छन्, हजुरआमाहजुरवाआदि छन् | यिनै परिवारका धेरै सदस्यहरू वैदेशिक रोजगारमा छन् | केही आफ्नै देशमा तर पत्नी वा पतिबाट अलग छन् | प्राचीनकाल नै नेपाली परिवारको ढांचा यसरी नै चलिरहेको छ | विवाह गरेपछि युवा-यूवतिको पारिवारिक दायित्व बढ्छ | अनि, “कमाउने”तिर लाग्नुपर्छ |
विदेशमा भएका युवा (विवाहित पुरुष)हरू एक्लै काम गर्छन् | पतिपत्नीका वीचमा प्राकृतिक रूपमा हुनुपर्ने यौनजन्य क्रियाकलापको तगारो “काम” बन्छ | पतिपत्नी छुट्टिएर लामोसमयसम्म “वाहिर” काममा हुँदा यौनजन्य क्रियाकलापमा अवरोध उत्पन्न हुन्छ | पुरुष र स्त्री दुबैले आफ्नो प्राकृतिक यौनजन्य क्रियाकलापमा भाग लिन पाउन्नन् |
हाम्रो शरीरको निर्माण यौनजन्य क्रियाकलापले भएको हो | शरीरले शरीर खोज्छ | यौनजन्य चाहना भएको अवस्थामा तेसको पूर्ति नहुँदा शारीरिक, मानसिक तनाव उत्पन्न हुन्छ | अन्तत: एस्तो तनावले शरीरलाई आर्को शरीरतिर आकर्षित गर्छ | तर धार्मिक, सामाजिक, सांस्कृतिक मान्यताहरूले विवाहित पतिपत्नीले आफ्नै “पतिपत्नी बीचको यौनजन्य क्रियाकलाप” वाहेकलाई स्वीकार गर्दैन | शरीरको चाहना र सामाजिक मान्यता वीच ठूलो खाडल छ | नेपालको भौतिक यथार्थ यही हो |
नेपाली सांस्कृतिक मान्यतामा विवाह एउटा पवित्र वन्धन हो जसले उमेर पुगेका युवायुवतिहरूलाई स्वतन्त्ररूपमा यौनजन्य क्रियाकलाप गर्न र सन्तान जन्माउन सामाजिक स्वीकृति दिन्छ | एस्तो स्वीकृति केवल विवाहित दम्पतिले प्राप्त गर्छन् | विवाह गरेर विदेशिने चलनले वैवाहिक यौनजन्य क्रियाकलापमा अवरोध उत्पन्न भएको छ | सरकारले “युवायुवति”लाई विदेश पठाउने नीति नै अख्तियार गरेपछि युवाहरू विदेशिने क्रम बढिरहेको छ | जसरी-जसरी युवाहरू विदेशिएका छन् तेसरी नै पतिपत्नी वीच असमझदारी, विवाद, पारचुके, धोका दिने प्रवृति पनि बढिरहेको छ |
नेपाल प्रहरीका अनुसार अहिले सबैभन्दा समस्या “वैदेशिक रोजगार”मा रहेका परिवारसंग जोडिएका छन् | वैदेशिक रोजगारले नेपाली परिवारमा पारचुके बढाएको छ, पारिवारिक हिंसा बढाएको छ | पारिवारिक अविश्वास बढाएको छ | वारिवारिक विखण्डन पनि बढाएको छ | पारिवारिक अविश्वास पनि बढाएको छ | झैँ-झगडा बढाएको छ | भनिन्छ, पैसाले झगडा र अविश्वास संगै लिएर आउँछ, नेपालमा एस्तै भएको छ |
पतिपत्नी जीवनका रूपी गाडीका दुई पांग्रा हुन् | एउटा पनि पांग्रामा समस्या आयो भने एसले परिवारमा विखण्डन, अविश्वास तथा कलह निम्त्याउँछ | अन्तत: परिवार कै अस्तित्व समाप्त हुन्छ | वैदेशिक रोजगारमा विदेशमा गएका र विदेश नगएर घरको जिम्मा लिएका (नेपाली समाजमा मूलत: पत्नीले घरको जिम्मा लिएका हुन्छन् र पतिले घर चलाउन पैसा कमाउने जिम्मा लिएका हुन्छन् र विदेशमा हुन्छन्) निम्न कुरालाई ध्यान दिनुपर्छ |
मिडियाको सावधानीपूर्वक प्रयोग गर्नुपर्छ – नेपालमा ८७ लाख परिवार छन् | ती मध्ये सबै विदेशमा छैननन् | केही विदेशमा छन् | भनिन्छ, करिव ५० लाख युवाहरू वैदेशिक रोजगारमा छन् | “५ जना बालबालिकालाई विचल्ली पारेर पैला” “विदेशी रोजगारमा कमाएको सबै रकम लिएर पत्नी वेपत्ता” “विदेशी रोजगारबाट फर्केका पतिलाई घरमा पस्न दिइनन्” “पति विदेशमा पत्नी अर्कैको काखमा” जस्ता समाचार पढ्दा विदेशमा रहेका पति/पत्नीको मन च्वास्स हुन्छ | यो मान्छेको स्वभाव हो | तर एस्ता समाचारले समाजको केवल ०.०१ % मात्रै प्रतिनिधित्व गरेको हुन्छ | धेरै पत्रपत्रिकाले आफ्नो “विक्री” बढाउन एस्ता चटपटे समाचार छाप्छन् |
मिडियामा आएका छापिएका समाचारहरूका आधारमा आफ्नो परिवारप्रति अविश्वास गर्नुहुँदैन | आजभोली मोबाइल तथा अन्य धेरै प्रकारका सम्पर्क साधनहरूको प्रयोग गरेर आफ्नो पारिवारिक सम्वन्धलाई सरल, सहज र एकआपसी विश्वास दिगो बनाउन सकिन्छ | मिडियामा अरूको समाचार पढेको भरमा आफ्नो परिवारलाई भिक्टिम बनाउनेतिर सोच्नु हुँदैन | हामीले ८७ लाख परिवारको विश्वासमा आस्था राख्नुपर्छ, ०.००१ पारिवारिक समस्यामा होइन | मिडियाका सबै समाचार सत्य हुँदैनन् |
अंग्रेजीमा एउटा शब्द छ “फिसिंग” | नेटका जानकारहरूले अर्काका महत्वपूर्ण विषयहरू (बैकको पासवर्ड, एटिएमको नम्वर) चोर्न ह्याकरहरूले प्रयोग गर्छन् | तेस्तै “फसाउने” उदेश्यका साथ फेसबुक, इमो, ह्वाटसएपजस्ता संजालमा धेरै मान्छेहरू सक्रिय हुन्छन् | उनीहरूले वैदेशिक रोजगारमा भएका परिवारलाई आफ्नो शिकार बनाउँछन् | दाजुभाई-दिदीवहिनीहरुको नाता गाँसेर तपाईंसंग मित्रता गाँस्छन् | अन्तत: तेसको मूल्य “शारीरिक सम्वन्ध वा आर्थिक नोक्सानीमा” पुगेर टुंगिन्छ | एस्तो समस्याबाट जोगिन हामीले आफ्नो विश्वास अरूलाई दिनु हुँदैन | निकै नजिकका आफन्त भए पनि “शरीर र पैसा”को सवालमा कुनै सम्झौता गर्न हुँदैन | गर्नै परे पनि आफ्ना पत्नी/पति वा परिवारका अन्य सदस्यहरूसंग सहमति लिनुपर्छ |
यदि तपाईंले चिनेको वा नचिनेको मान्छे (स्त्री/पुरुष) तपाईंसंग जोडिन चाहन्छ भने उसको उदेश्य बुझ्ने सरल र भरपर्दो तरिका भनेकै उसको विषयमा आफन्तलाई जानकारी दिनु हो | यदि उसको उद्देश्य गलत छैन भने उसले परिवारका अन्य सदस्यहरूलाई सहजरूपमा स्वागत गर्छ नत्र गर्दैन | तर फिसिंग गर्नेहरू कहिलेकाहिं पारिवारिक बनेर पनि ब्लाक मेलिंग गर्छन् | सोसल-मिडियालाई सावधानीपूर्वक र बुद्धिमतापूर्वक प्रयोग गर्नुनै “जोगिने” उपाय हो | प्रहरी रिपोर्टका अनुसार अहिले धेरैजसो पतिपत्नीको सम्बन्ध “फेसबुक”ले निम्त्याएको छ |
मैले भनिसकें, सेक्स जीवनको महत्वपूर्ण विषय हो | विवाहित पत्नीपत्नीका बीच प्रेम बढाउन होस् वा रमाइलोपनका लागि होस् “सेक्स”को विशेष भूमिका हुन्छ | शरीरको आवेगमा आएर पतिले पत्नी वाहेक र पत्नीले पति वाहेकका व्यक्तिहरूसंग शारीरिक सम्वन्ध स्थापित गर्नु उचित होइन | हाम्रो समाज पुरुषको तुलनामा महिलाप्रति अनुदार छ | समाजले पुरुषको गल्तिलाई केही समयपछि विर्सिदिन्छ तर महिलाको गल्ति धेरैसमयसम्म चर्चाको विषय बन्छ | प्राकृतिक तवरले पनि “गर्भ” बस्ने हुनाले महिला बढी असुरक्षित हुन्छन् | अन्तत: महिलाले आत्महत्याको बाटो अपनाउने गर्छन् | यो निकै दुर्भाग्यपूर्ण अवस्था हो | अनि, केही सम्बन्धहरू पारचुकेमा पुगेर अन्त्य हुन्छन् | पारचुकेको सबैभन्दा मार निर्दोष बालबालिकामा पर्छ | बाबु वा आमाले गरेको गल्तिको मूल्य बालबालिकाले चुकाउनु पर्छ |
पारचुके समाधान होइन | नेपाली संस्कृतिमा पारचुके (Divorce) को परिकल्पना नै छैन | वैदिक (हिन्दू, बौद्ध, जैन, किराती) आदि धार्मिक समुदायका लागि विवाह सात जन्मको सम्वन्ध हो | केवल शारीरिक कामवासनाका लागि एस्तो पवित्र वान्धनका बाचाहरू तोड्नु दुर्भाग्यपूर्ण हो | एउटा पतिपत्नीको सम्बन्ध अन्त्य हुँदा पति तथा पत्नी त पिडित नै हुन्छन् तर उनका परिवार पनि धेरै दुखी हुन्छन् | तेसैले हामीले सत्यको बाटो रोज्नुपर्छ, असत्य, अफवाह, अविश्वास तथा हिंसाको बाटो रोज्नुहुँदैन |
विदेशमा (पति वा पत्नीले) हुनेले स्वीकार गर्नुपर्छ – स्वदेशमा उसको परिवारले सधैं उसलाई कुरिरहेको छ | उसको स्थान परिवारमा भगवान सरह छ किनभने उसको आर्थिकआर्जनका कारण बालबालिकाले पढ्न पाएका छन् | पत्नीले समाजमा इज्जत पाएकी छन् | आमावुवाले उचित उपचार पाएका छन् | दिदीबहिनीले घरमा सत्कार पाएका छन् | एता स्वदेशमा रहेकाले बुझ्नुपर्छ – एउटा असाध्यै माया गर्ने व्यक्ति वाहिर जसको शरीर वाहिर छ तर मन स्वदेशमा छन्, आफैसंग छ | जसले परिवारको लागि सपना बुनिरहेको छ | जसको एउटा शब्द सुनेर परिवार खुसी हुन्छ | जसको परिश्रमले परिवार रूपी ढुंगा चलिरहेको छ |
अन्त्यमा, सक्नुहुन्छ र समय, परिस्थिति तथा तपाईंको कमाइले साथ दिन्छ भने “दाम्पत्य” जीवन कवोल गरेका पतिपत्नीले संगै काम गर्ने, वस्ने, घुम्ने, फिर्ने वातावारण मिलाउनुपर्छ | सकिन्न भने सधैं एकआपसमा संवाद गर्ने, सामाजिक संजालको सावधानीपूर्वक प्रयोग गर्ने, अविश्वासलाई भन्दा विश्वासलाई महत्व दिने, केही खर्चिलो भए पनि कमसेकम छ महिमामा केही दिनका लागि पतिपत्नीबीच भेटघाट गर्ने र शरीरको भोकलाई भन्दा परिवारलाई महत्वपूर्ण मान्नेहरूको जीवन सधैं सफल हुन्छ | मनमा विश्वास र आस्था छ भने अन्य कुराहरू छोटा हुन्छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *