सकारात्मक विभेदको कुरूप पाटो

सकारात्मक विभेदको कुरूप पाटो

कारात्मक विभेदको कुरूप पाटो

आज मानवाधिकारवादी, आइएनजीओ तथा केही विदेशी तथा स्वदेशीहरूले जातिवाद विरुद्ध निकै कडा बोल्छन्, लेख्छन् | यही नै उनीहरूको ब्यापार हो | एसो नगरे ब्यापार चल्दैन |
भारतीयहरूमा डा. अम्वेदकर, इलियाहराजाआदिले जातीय छुवाछुत विरुद्ध निकै आक्रामक तरिकाले लेखेका र बोलेका छन् | उनीहरूका लागि छुवाछुत भन्दा बढी घृणा आफ्नो समाजसंग छ | इलियाहराजाले आफ्नै समाजको जरो उखेल्ने प्रयत्न गरेका हुन् |
अम्वेदकरले बौद्ध धर्म अपनाए भने इलियाहराजा इसाई कट्टरपन्थी थिए | तेसपछिको युग काशिराम र मायावतीको चलिरहेको छ | अम्वेडकरले धर्म बदले तर आरक्षणको “जलेवी” खान पल्केको दलित बदलिएन | मायावतीहरू खडा भए |
६०० करोड सम्पतिकी स्वामिनी र तीन पटकसम्म २२ करोड जनसंख्या भएको उत्तरप्रदेशको मुख्यमन्त्री रहेकी मायावती र मथुराका सफाई मजदूर रामु (स्थानीय भाषामा भंगी) ले आरक्षण एकैकिसिमको पाउँछन् |
भारत सरकारसंग मायावतीलाई आरक्षण नदिएर सफाई कर्मी रामुलाई दिने कुनै अधिकार छैन | किनभने भारतीय संविधानले खर्वपति मायावती र गरिव रामुलाई “दलित” भनेर चिनेको छ | दलित पहिचानको छुवाछुत पिडित रामुहरू थिचिएका छन् | मायावतीहरू कुनै पनि हालतमा आरक्षण छोड्न चाहन्नन् |
भारतमा पहिलोपटक १९५२ मा आरक्षणको बील ल्याइयो | आज ६५ वर्षपछि भारतीय आरक्षणमा मायावतीहरूका लागि अवसरैअवसर छन् तर रामुका लागि कुनै अवसर छैनन् | रामुहरू ७० वर्ष पहिले जुन ठाउँ र काम थिए, त्यहीं छन् |
अनि, इसाई र मुस्लिमहरूले दलित मुक्तिका लागि धर्मपरिवर्तनको आन्दोलन चलाए, जुन अहिले पनि भारत र नेपालमा चलिनैरहेको छ | बाहुनक्षेत्रीप्रति घृणाफलाएर चलाएको धर्मपरिवर्तनले “इसाई दलित र मुस्लिम दलित” संस्थाहरूलाई जन्म दिए |
धर्म वदलियो तर जातीय उत्पीडन बदलिएन | उच्चवर्गबाट मुस्लिम, इसाई तथा बौद्ध बनेकाहरूले वा धनिहरूले दलितलाई दलित ठाने | नेपालमा पनि दलित-इसाईका लागि आरक्षणको सुविधा मागिएको छ |
आरक्षणको एस्तो ब्यबस्था छुवाछुत मुक्तिका लागि “सकारात्मक विभेद”का रूपमा ल्याइएको थियो तर संविधानले “सकारात्मक विभेद”को अन्त्यको परिकल्पना नगरेको हुँदा छुवाछुत, दलित र आरक्षण यी सबै अजरअमर बनेका छन् |
आधुनिक भारत रहेसम्म दलित र आरक्षण रहिनैरहने निश्चित छ | छुवाछुतको अन्त्यले दलितको अन्त्य हुने छैन |
नेपालको आरक्षण ब्यबस्था र दलित आन्दोलन भारतीय दलित आन्दोलन र इसाईले धर्मपरिवर्तन गराउन संचालन गरेको “हिन्दूप्रति घृणा फैलाउ धर्म परिवर्तन गर”को प्रतिकपि हो भन्न मिल्छ |
जसमा सामाजिक रुपान्तरणका लागि घृणावादलाई बढी नै मलजल गरिएको हुन्छ | मिल्नका लागि हजारबटा बाटा भए पनि नमिल्ने एउटा बाटो पहिल्याइन्छ | तेसैलाई अतिरन्जित गरिन्छ |
नेपालको संविधानमा पनि “दलित” शब्द आरक्षणका प्रयोजनका लागि अनन्तकालका लागि संस्थागत भएको छ | छुवाछुत रहे आरक्षण रहन्छ, आरक्षणका लागि दलित हुनैपर्छ | नेपाली संविधानले दलित चिन्छ तर उसको गरिवी र अमिरीलाई चिन्दैन |
भारत होस् वा नेपाल दलितआन्दोलनको आरम्भ मनुस्मृति र ब्राह्मणवाद हरूलाई गालीगलौज गर्दै आरम्भ भएको छ | तेसका लागि काशिरामले १९७४ मा “ब्राह्मणवाद” र १९९० ताका मायावतीले “मनुवाद” भन्ने शब्द बनाएका थिए |
आज ब्राह्मण भारतीय समाज होस् वा नेपाली समाज “ब्राह्मण”को परिवारमा जन्मनु भनेकै “विभेदकारी”को अवतार ठान्ने गरिन्छ | धेरै भारतीय ब्राह्मणहरूले आफ्नो थर नै उल्लेख गर्न छोडेको खवर छ |
जातीय विभेदका निर्माता आजको ब्राह्मण, क्षत्री पटक्कै होइनन् | जसरी परापूर्वकालदेखि शूद्रआएको हो तेसैगरी ब्राह्मण पनि आएको हो | ब्राह्मणवाद र मनुवादका नाममा छिमेकीलाई अपराधी ठहर्याउने प्रवृति क्षम्य होइन |
अहिलेको वास्तविकता फरक छ | वाहुनक्षेत्री र दलितजातिहरू काँधमा काँधमिलाएर छुवाछुतको अन्त्यका लागि फलवादी सहकार्य गरिरहेका छन् | अझैं लामोबाटो हिड्न बाँकी नै छ |
ब्राह्मणवादी र मनुवादीको दोषारोपणले एस्तो आन्दोलनमा नकारात्मक असरपर्छ | जातीय ब्यबस्थासंग कुनै प्रकारको ऐतिहासिक सम्वन्ध नरहेका, धर्मपरिवर्तनको कुख्यात उद्देश्य बोकेका एकेश्वरवादी क्रिश्चियनहरूले “धर्मपरिवर्तनको लक्ष पूरा गर्न” जातीयताको बढी प्रयोग गरिरहेका छन् | लालची र असावधानहरू सजिलैसँग प्रभावित हुन्छन् |
विभेद त विभेद नै हो | त्यो सकारात्मक र नकारात्मक हुँदैन | आरक्षणहरू शिक्षादीक्षामा हुनुपर्छ त्यो पनि आर्थिक आधारमा | छुवाछुतको ब्यबहार गर्नेलाई कानुनले तह लगाउनु पर्छ | विसे नगर्चीलाई समेत दलितवादीहरूले आफ्नो कुत्सित उद्देश्यमा तानेका छन् | विसे नगर्ची तेस्तै थिए जस्तो पृथ्वीनारायण शाह कालीन समाज थियो |
दलितअगुवाहरूले इसाई पक्षपोषण बन्द गर्नुपर्छ | कम्युनिष्टहरूले धनिप्रतिको रीस छोड्नुपर्छ | गालीगलौज गर्दै उपयोग गरिने अधिकार निकै विष्फोटक हुन्छ | गालीगलौजले मन जोडिन्नन् बरू तोडिन्छन् |
बाहुनक्षेत्रीबाट छुवाछुत उन्मुलनका लागि भएका सहकार्यको मूल्यांकन गर्न जरूरी छ | यदि दलित अगुवाहरूले “ब्राह्मणवाद र मनुवाद”को प्रचारप्रसार गर्दै आफ्नै छिमेकीको वदनाम गर्छन् र छिमेकीले छुवाछुत उन्मुक्तिका लागि दिएको अभिमतको कदर गर्न सक्दैनन् भने निसन्देह ती धर्मपरिवर्तनका लागि खटाइएका इसाई-दलाल हुन् |
एस्तो दलालीले “दलाल”लाई लाभ हुन्छ तर मातृभूमि नेपाललाई निकै हानी हुन्छ | एसको पुष्टि गतवर्ष धर्मपरिवर्तन गरेर इसाई बनिसकेका मान्छेहरूले पुन: “दलित”कोटा दाविगरेकोले सिद्ध हुन्छ |
के कुनै इसाई “ब्राह्मण वा क्षेत्री अथवादमाई-कामी” रहिरहन्छ ? इसाई भएर पनि दलित हुँ भन्नु र वेश्यावृत्ति गर्नेले म कुमार/कुमारी छु भन्नु एकै हो | यदि प्राकृतिक न्यायको सिद्धान्त मान्ने हो भने आरक्षणको आधार आर्थिकस्तर हुनुपर्छ, जातीय होइन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *