नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!

म पाँचछ वर्षको हुँदा हाम्रो घरमा सप्ताह लगाइएको थियो | बा आफै बाचक हुनुहुथ्यो | उपवाचक को थियो, सम्झना छैन | तेस वखत हरेक राम्रो काम हेराएर आरम्भ गरिन्थ्यो | यो सबै काम वा ले गर्नुहुन्थ्यो |
सन् २०१७ मा इंग्ल्यान्डको ग्रीन वीच पुग्ने मौका मिल्यो | यो ठाउँबाट विश्वको समय निर्धारित हुन्छ | तेहा अनेकौं थरिका घडीहरूको संग्रहालय छ | विभिन्न किसमका नया र पुराना घडीहरू देखेर अचम्म लाग्छ | अहिलको डिजिटल युगमा आइपुग्न घडीले धेरै सङ्घर्ष गरेको देख्न र महसुस गर्न सकिन्छ |
ती घडीहरूका वीचमा मैले सप्ताहका बखत बा’ले बनाएको घडीको मोडेल भने देखिन | आफैलाई दिक्क लाग्यो | विश्वभरिका नयापुराना घडीहरूको संग्रहालयमा हाम्रा वाले बनाएको घडी हुनुनै पर्ने थियो |
मैले सम्झेअनुसार प्राचीन वैदिक प्रविधिको जलघडी तामाको भाँडाले बनेको हुन्थ्यो | एउटा निश्चित उचाई, गहिराई र पिंधमा सानो प्वाल भएको तामा वा पितलको कलश हुन्थ्यो | एस्तो कलश पानीले भरिन्थ्यो | पानी भरेपछि त्यो भाँडो ओदानमा राखिन्थ्यो र पींधमा कुशको टुक्रा राखेर बूँदबूँद गरेर पानी तप्किन्थ्यो | कलशको पानी सकिएपछि एकघडी वितेको मानिन्थ्यो |
एस्तो जलघडीले समयको मापन गरिन्थ्यो | हुनेखानेका घरमा २४ घडीसम्म समय मापन गर्ने सक्ने ठूलाठूला कलशहरू हुन्थे | मैले एस्तो जलघडी ५ – ६ वर्षको उमेरमा आफ्नै घर बनाएको देखेको थिएँ भने अरूतिर पनि यदाकदा देखेकै हो |
असलमा, मैले निवेदन गरेको “जलघडी” नेपालको रैथाने आविष्कार हो | एस्तो घडीक विषयमा अथर्ववेदमा समेत उल्लेख गरिएको हुँदा नेपाल नै विश्वमा प्रथम घडी आविष्कार गर्ने देश हो भनेर दावी गर्न मिल्छ |
इतिहास पल्टाउने हो भने अथर्ववेदमा अप्रत्यक्ष घटिका यन्त्रका विषयमा चर्चा गरिएको छ भन्ने केही विद्वानहरूको अभिमत छ | माध्यमिक कालीन खगोलविद् वराहमिहीर आफ्नो प्रसिद्ध कृति पन्चसिद्धान्त अन्तर्गत सूर्यसिद्धान्तमा घटिका यन्त्रको विवरण दिएका छन् भने अर्का ज्योतिर्विद ब्रह्मगुप्तले (५९८) आफ्नो किताव ब्रह्मस्फोट सिद्धान्तमा समेत एसवारे चर्चा गरेको भेटिन्छ |
तर यी खगोलविद् भन्दा पनि पहिले नालन्दा तथा तक्षशीला विविहरूमा शास्त्र अध्ययन गरेका प्रदिद्ध चिनिया विद्वान हुन्सांगले ई.स. ७०० तिर विवि तथा शहरहरूमा जलघटिकाको प्रयोग गरिने उल्लेख गरेका छन् | प्रसिद्ध तन्त्रराज तन्त्रम् नामक पुस्तकको यन्त्राध्यायमा जलघटिका निर्माणको विधि र प्रक्रियाका विषयमा विस्तृत चर्चा गरिएको छ |
प्राचीन वैदिक ज्योतिषले रात र दिनलाई चार प्रहार र साठी घटिकामा विभाजित गरेको छ | हरेक जनपद, नगरमा निमेष, पल, घटी, प्रहार इकाईमा समयको मापन हुन्थ्यो | नेपालले नै घडीको आविष्कार गरेको थियो भनेर साक्ष्य प्रस्तुत गर्ने हो भने जीवत रहेका ९० वर्षभन्दा उमेर काटेका बृद्धहरूलाई सोधे हुन्छ |
म्यकेनिकल र डिजिटल घडीहरूको उत्पादन हुन थालेपछि यो कलश बनाएर घटि-पल मापन गर्ने विधि सिथिल भएकै हो | अव आफ्नो बौद्धिक सम्पदा अर्थात् घडी जोगाउन हामीले आफैलाई, छिमेकी र गाउँ-सरकारलाई सुचित गरिनुपर्छ | यही नै सबैभन्दा ठूलो देश भक्ति हुने छ |
आफ्नै मौलिक आविष्कारहरूको महत्वका विषयमा निश्चय नै नेपाली विद्वानहरूले पुनर्जीवन दिनुहुने छ भन्ने विश्वास गर्छु | आफ्ना रैथाने मौलिक जरोकिलोमा रहेका सम्पदाहरूको खोजविन गर्नु र तेसको सुरक्षाको प्रथम जिम्मा राज्यके वहन गर्नुपर्छ |
यो काम अहिले नै गरिहालौं, पछिको कुनै भरोसा शेष राख्न जरुरी छैन | एस विषयमा पाठकहरूबाट प्रतिक्रिया पाउँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *