अस्वीकार्य सिद्धान्त
म पश्चिमाहरूले उपन्यासका रूपमा लेखेको “आर्य तथा अनार्य”को मानवशास्त्रलाई दृढतापूर्वक अस्वीकार गर्छु | उनीहरू स्वयं आक्रमणकारी भएको र अर्काका देशहरूमा आक्रमण गरेर आफ्नो आधिपत्य जमाउने हुँदा अरूको इतिहास पनि तेस्तै लेखे |
यो मानव-इतिहास विभाजनकारी छ | विभाजनकारी इतिहासमा विश्वास गर्दा हामी स्वयं पनि विभाजनका पक्षधर वन्न पुग्छौं | नेपालका सबै रैथाने जातिहरू नेपालका मौलिक सम्पदा हुन् | यहाँ कुनै आक्रमणकारी छैन | “विभेदकारी इतिहासमा विश्वास गर्न लगाउनु, निजि-धर्म, संस्कृति इतिहासप्रति अविश्वास जगाउनु र अन्तत: धर्मपरिवर्तन गराएर बौद्धिक दासहरूको बलियो फौज तयार पार्ने” अंग्रेजी रणनीति सबैले बुझाका छन् तर अव प्रतिकार नै गर्ने बेला आयो |
सत्य कुरा तीतो नै हुन्छ | नेपाली वा भारतीय समाजले जव “आर्यआक्रमण”को सिद्धान्त पढ्न, पढाउन र पत्याउन थाल्यो तवदेखि नै यहाँका समाजमा घृणावाद, द्वन्द तथा असहिष्णुता बढ्यो | पश्चिमाहरूले आफ्नो राज्य विस्तार गर्न घृणावादको सहारा लिए कि धर्मपरिवर्तनको |
भारतवर्षका राजाहरू आफ्ना राज्यको सीमा बडाउन एकआपसमा लडाई गर्थे | जितेका राजाहरूले कुनै पनि संस्कृतिक वा धार्मिक स्थल वा जातिप्रति कुनै विभेद गर्दैनथे | २६३ वर्ष पहिलेका राजा पृथ्वीनारायण शाहले पनि यही ऋषिआदेशको पालना गरेको इतिहास साक्षी छ |
आर्यआक्रमणको सिद्धान्तलाई मान्ने आधार नै गलत छ | यदि आर्यहरू ककेशियाबाट हिंडेर नेपालसम्म आइपुग्न सक्छन् भने नेपालबाट हिंडेर आर्यहरू ककेशीय वा जर्मनी किन पुग्न सक्दैनन् ? बुटवलमा भेटिएको रामपिथसको अवशेष (जुन विश्वकै सवैभन्दा प्राचीन मानव अवशेष मानिन्छ) ने मानव-सभ्यता हिमवतखण्डमा विकसित भएको भन्ने बलियो आधार प्रदान गरेको छ |
तर ककेशीयामा एस्तो कुनै अवशेष भेटिएको छैन | आर्य-आक्रमणको सिद्धान्तमा विश्वास गर्नेहरूले ककेशियामा डेढ करोड वर्ष पुरानो मानव अवशेष फेलापरेको प्रमाणित गर्न चुनौती दिन्छु |

