टाई अर्थात् प्राचीन इरानी गलवंदी
परासीहरूको धर्मग्रन्थ जेन्दावेस्ताला अनुसार देवता सपुरदेवले आफ्ना सहयोगी कर्मनशाहले शत्रुलाई युद्धमा जितेकोमा टाई (माला, गलवंदी, कण्ठमाला) उपहार दिएको वर्णन गरेको छ भन्ने कुरा विकिपेडीयाले उल्लेख गरेको छ |
उपरोक्त तत्थ्यलाई सिद्ध गर्न खोज्दै जाँदा इरान कै ताक ए वास्थान भन्ने ठाउँमा उपरोक्त देवता (लडाकु)हरूले टाई आदानप्रदान गरिरहेको मूर्ति समेत फेलापरेको छ | मूर्तिला हातमा रहेको कण्ठभरण ठ्याकै आधुनिक टाई झैं देखिन्छ |
टाईका विषयमा दोस्रो इतिहास १७ शताब्दितिरको फ्रासेली इतिहाससंग जोडिएको रहेछ | तत्कालीन फ्रासेली राजा लुइस १३ ले अंग्रेजसंग चलेको ३० बर्षे लामो लडाईमा तत्कालीन क्रुसियाबाट भाडाका लडाकुहरू झिकाएका र ती लडाकुहरूले आफ्नो घांटीमा टाई बाँध्ने गरेको उल्लेख छ |
पछि राजा लुइसलाई त्यो असाध्यै मन परेपछि आफ्ना दरवारीहरूलाई टाई भिर्न आदेश दिएका रहेछन् | तर क्रुसियाली लडाकुहरूले किन टाई बाध्ने गरका थिए भन्ने उत्तरचाहिं छैन | तर अनुमानअनुसार नेपालीहरूले गलवंदी बाँधेझैं उनीहरूले पनि घांटीमा गाँठो पारेर गलवंदी फिरेको हुनुपर्छ |
पछि अंग्रेजहरूले पनि फ्रासेली कै सिको गरे र १९०० देखि १००९ का विचमा अंग्रेज राजकुमारहरूले यसलाई फेसनका रूपमा विशेष प्रयोग गर्न थाले | तेसै बखतदेखि आधुनिक टाईको विकास भएको देखिन्छ | यद्यपि अंग्रेजहरूले प्रयोग गर्ने टाईको स्वरूप भने घांटीमा मात्र सीमित थियो (विन्डसर) तर सन् १०३० बाट यसले पूर्णतया आधुनिक स्वरूप धारण गरेको रहेछ | टाईमा प्रयोग गरिने आधुनिक गाँठो पनि अंग्रेजहरू कै देन हो |
उपरोक्त तत्थ्यहरूबाट टाई प्राचीन फारसी सभ्यताको उपज रहेछ भन्ने देखाउंछ भने अर्कोतिर प्राचीन क्रुसियाली पोसाकबाट फ्रान्स हुँदै संसार भरी फालिएको देखिन्छ |
यहाँ स्मरणीय के छ भने तत्कालीन इंग्ल्यान्ड र फ्रान्स दुवै साम्राज्यवादी शक्ति थिए र विश्वभरी उनीहरूका अनेकौं कलोनी राष्ट्रहरू थिए | इग्लिस र फ्रेन्च राजवंशले टाईको संस्कार स्वीकार गरेको हुँदा तिनको नक्कल गर्ने कलोनी राष्ट्रहरूमा टाईको सिको गर्नु मुनासिव नै देखिन्छ |
नेपालीहरूले टाई लगाउन भारतबाट (इंग्ल्यान्डको कलोनी) सिकेको हुनुपर्छ | मैले इसाईहरूको क्रुसेडसंग टाईको सम्बन्ध छ कि भनेर केही इसाई विद्वानहरूसंग पत्राचार गर्दा उहाहरूले तस्तो सम्बन्ध सिद्ध गर्ने आधार नभएको बताए भने नेटमा एस्तो सामग्री भेटिएन र भेटिएका सामग्रीहरूमा विश्वास लागेन |
मेरो निष्कर्ष एस्तो रह्यो – टाई गलवंदी कै विकसित रूप हो र यसको आरम्भ प्राचीन इरानबाट क्रुसिया र तेहाबाट फ्रान्स र साम्राज्यवादी फ्रान्सवाट तत्कालीन विश्व “सम्भ्रान्त”हरूले एसको सिको गरेको हो | एसअर्थमा यो फ्रान्सेली-इग्लिश मानसिकताको (दम्भ र अहङ्कार) प्रतिक हो |
नेपालीहरूसंग टाईको गोरु बेचेको समेत नातो छैन | फेसनको रूपमा स्वीकार गर्नु वा नगर्नु व्यक्तिको आफ्नो इच्छा हो तर विद्यालय, कलेज-क्याम्पसमा टाईलाई सभ्यताको प्रतिक मानेर बालबलिकाको लागि अनिवार्य गरिनुको कुनै अर्थ छैन | टाई लगाउने बालबालिकाहरू अरू भन्दा बुद्धिमान हुन्छन्, जान्ने-बुझ्ने हुन्छन् भन्ने तत्थ्य कुनै पनि अनुसन्धानले प्रमाणित गरेको छैन |
विद्यालय वा कलेजले टाई के हो ? भनेर बुझ्दै नबुझी सोझै नक्कल गर्नु उचित हुँदैन | सिक्ने/सिकाउने ठाउँहरू फेसन गर्ने ठाउँ बन्नुहुँदैन | मेरो विचारमा टाई भन्दा र टोपी नै ठीक | किनभने टोपीले तराईको प्रचण्ड गर्मी झेल्छ भने पहाड र हिमालमा टाउकोमा पर्ने सीधा चीसो |
तर पनि फेसनका रूपमा टाईप्रति मेरो कुनै गुनासो छैन | स्वामी नारायण गुरुकुलका यी बालकले टीका र टाई दुवै लगाएको र मेरो विगतको स्टाटसमा Laxman Karki कार्कीले सन्देह गरेपछि मलाई टाई वारे खोज्न र लेख्न प्रेरित गर्यो | मैले जर्मनीको सबै भन्दा पुरानो अखन चर्चका का बिसपसंग पनि यस विषयमा कुराकानी गरें | अन्तत: टाई क्रुसेडको विषय नभई फ्रासेली-इन्ग्लिश उपनिवेशवादको प्रतिक रहेछ भन्ने स्पस्ट भएँ | अन्य जानकारी छ यस विषयमा भने टिप्पणी स्वागत छ रटाईका विषयमा प्रश्न उठाएर प्रेरणा दिने सबैमा नमन छ |
