नेपालबाट सभ्यता युरोप गएको पो हो कि ?

नेपालबाट सभ्यता युरोप गएको पो हो कि ?

नेपालबाट सभ्यता युरोप गएको पो हो कि ?
सन् १८५३ मा कार्लमाक्सले भारतीयहरूको (हिन्दूहरूको) इतिहास छैन भने कै वर्ष फ्रेन्च इतिहासकार जोजेफ अर्थर ड कोम्टे गोविन (१८१६-८२) ले प्रथम मानव अदम स्वेत जातिका थिए मात्र भनेनन् आर्यहरू पश्चिमातिरबाट भारतवर्षमा छिरेका हुन् भन्ने कपोलकल्पित इतिहास लेखे |
एस्तो कपोलकल्पित इतिहास लेख्नुमा “भारतीय हिन्दूहरू जङ्गली थिए तर पश्चिमबाट स्वेतजातिहरू आक्रमणकारीका रूपमा प्रवेश गरेपछि मात्र सभ्यतातिर उन्मुख भएका हुन् भन्दै गोराहरूको राज्यतन्त्रलाई टेवा पुर्याउनु रहेको थियो | असलमा, आर्यआक्रमणको सिद्धान्त नै गोराहरूलाई श्रेष्ठ देखाउन रचिएको थियो |
दोस्रो, कोम्टे, मूलर, रेवनआदि पश्चिम पोषित वर्गले जातिवादमा विभाजित भारतवर्षीय सामाजिक संरचनाको “माथिल्लोतह” अर्थात् बाहुन,क्षेत्री तथा वैश्यहरूलाई अंग्रेजसंग मिलाएर “फुटाउ तथा शासन गर” भन्नेमा केन्द्रित थियो | उनीहरूले बाहुनक्षेत्रीलाई “गोराको बंशज र अन्यलाई कालाको (दास)को बंसज बनाएर विभाजित गर्न चाहन्थे र असफल भएनन् |
अग्रेज लेखक तथा दार्शिंनिक ह्युस्टन स्तेवार्ट चेम्बरलीन (१८५५-१९२७) ले कोम्टेको आक्रमणकारी सिद्धान्तलाई प्रतिपादित गर्न द फाउन्डेसन अफ नाइनतिन्थ सेन्चुरी” नामक किताव लेखे जसमा उनले वर्ण-ब्यबस्था वारे चर्चा गर्दै इसाईहरूको एउटा समुह टुटोनिक नै आक्रमणकारीका रूपमा भारत पसेको भनि प्रतिपादित गरे | फलत: अंग्रेज कालीन भारतका केही उच्च तथा निम्नवर्गका मान्छेहरू यो मतका समर्थनमा उत्रिए |
स्मरण रहोस्, चेम्बरलीन तिनै व्यक्ति हुन् जसले महाभारत तथा उपनिषदले समेत जिसस नै मुक्तिदाता हुन् र वेद-पुराणआदिले जिससकै समर्थनमा बोलेका छन् भन्ने काल्पनिक साक्ष प्रस्तावित गरे | आज पनि केही इसाई-मित्रहरू “वेद र पुराणहरूले समेत मुक्तिदाताका रूपमा जिसस कै वारेमा उल्लेख गरेको छ भन्दै पर्चा-पम्फ्लेट वितरण गर्नुहुन्छ | केरलाका केही इसाईहरू त झन् जिससको जन्मदिनमा रथारोहण समेत गर्छन् र धर्मपरिवर्तनको औचित्य दिन्छन् | यसो गर्दा, उनीहरूमा युरोपेली रगतको अहंकार बोलिरहेको हुन्छ |
अहिले जुन विभाजनवादको (खस-आर्य, दलित, आदिवासी-जनजाति) विनाशकारी बीज अंग्रेजहरूले भाडामा लिएका जर्मनहरूले रोपेका हुन् | जसको फल उनीहरूले होलोकस्ट जस्तो जघन्य मानवअपराधका रूपमा चाखीसकेका छन् | यहुदीहरूलाई तल्लोजात र इसाईहरूलाई माथिल्लोजातका रूपमा बुझ्दै हिटलरले जातीय सफाई-गरेका हुन् र सन् १९९८ मा सुडानको हुतु-तुत्सी जातीय संहार पनि यसकै विकसित रूप थियो |
जर्मनीका नित्से, लेन्ज लेवेनफिल, इटालीका गुलियो कोग्नीआदिले रोपेको जातीयताको विष भारतीय साम्यवादी सभ्यतामा हुँदै नेपाली समाजमा छिरेको थियो | जुन २०७२ को संबिधानले “पहिचान” नाम दिएर संस्थागत गरेको छ | खस-आर्य, जनजाति-आदिवासी, थारू, मुस्लिम र हुँदै नभएको “कालोवर्णका शूद्र” भनेर सन् १८०७ मा रेवनले वर्गीकरण गरेको आर्यहरूकै एउटा शाखा “दलित”का रूपमा संस्थागत भएको छ | संविधानले नै संस्थागत गरेको “उच्च तथा निम्न”को यो एटमबम विस्फोट हुने मिति अज्ञात रूपमा निर्धारित भएको छ |
कोम्टेले आर्यहरूलाई आक्रमणकारीको रूपमा ब्याख्या गर्नु कार्लमाक्सले भारतवर्षीय निवासीहरूलाई “इतिहास नभएको जात” भन्नु एकै सिक्काका दुईबटा पाटा हुन् | प्रकारान्तरले दूबैले आफ्नो “गोरोछाला नै श्रेष्ठ हो” भन्ने प्रतिपादन गर्न खोजेका हुन् | यो कुनै काकताली थिएन |
बिल्हम हेबिटासले पनि गोरो-प्रभुत्व सिद्ध गर्न आर्यहरू युरोपबाट भारतवर्षीय भूमिमा पसेका हुन् भनेर लेखे तर उनले तेति चिसो ठाउँबाट आक्रमणकारीका रुपमा भारतवर्षीय मैदानमा छिरेका युरोपेलीहरू कसरी एत्रो गर्मिमा टिक्न सके भन्ने वारे केही बोल्न सकेको देखिन्न |
आधुनिक इतिहासकार जसले पश्चिमा आर्य-आक्रमण इतिहास स्वीकार्छन् र मार्क्सवादी जसले रुसको ककेसीयाबाट नै आर्यहरू भारतवर्षमा छिरेको स्वीकार्छन् (किनभने साम्यवादीका कुलदेवता कार्लमाक्सले पहिले नै इतिहास नभएको जात र धरती भनिसकेपछि भारतेली र नेपाली मार्क्सवादीहरूका लागि आर्यआक्रमणको काल्पनिक इतिहास स्वीकार्नु बाहेक विकल्प थिएन) तिनले उत्तर दिनुपर्छ कि यदि आर्यहरू पश्चिमतिरबाट पूर्वआएका हुन् भने पूर्वबाट पश्चिमतिर गएको किन हुन सक्दैनन् ?
आज जसरी नेपाली समाज पहिचानको नाम दिएर विभाजित छ, तेसको बीऊ दुर्भाग्यवस ती सयवर्ष पूर्व इंग्ल्यान्ड मै रचिएको थियो | काकताली नै भन्नुपर्छ, कार्लमाक्सले पनि साम्यवादको घोषणापत्र तेही लेखेका हुन् | विश्वको अरू देशहरूमा थाहा भएन तर नेपाल र भारतमा भने “यहाँका रैथाने ज्ञान, शीप तथा संस्कृतिलाई उखेलेर सधैंका लागि निर्मूल पार्न” इसाई-मुस्लिम-साम्यवादी गठवन्धन सफलतातिर अगाडी बढिरहेको छ | मलाई लाग्छ, नेपालको बर्तमान नेतृत्वले ३०० वर्ष पहिले लेखिएको घोषणापत्र कार्यान्वयन गर्ने जिम्मा लिएको छ |
तर व्यक्तिगतरुपमा मलाई निकै खुसी लागिरहेको छ कि नेपाली साम्यवादी पनि सांस्कृतिक नेपालको जगेर्ना गर्नु पर्ने पक्षमा उभिएका छन् | तर यो स्वर मधुरो छ, खतरा ९०% जीवित छ | पहिचना खोज्ने नेतृत्व र राज्यसत्ताको नेतृत्व गर्ने दूबैले “विभाजन गरेर पहिचान स्थापित गर्ने” पश्चिमा मोडेलको रणनीति त्यागेर “एकरुपता खोजेर पहिचान सुनिश्चित गर्ने” बाटोमा अगाडी बढ्नुपर्छ | यो बाटो भनेको राज्यराष्ट्रको हो | युरोपेली प्रतिमान “राष्ट्रराज्य”लाई निषेध नगरी यो प्रतिमान स्थापित हुँदैन | नेपाली पहिचान जीवित राख्नका लागि इसाई वा मुस्लिमकरणलाई निरुत्साहित गर्नैपर्छ |
नेपाल भित्र रहेका हरेक व्यक्ति, जात, समुदायको पहिचान स्थापित हुनुपर्छ | तिनका भाषा-संस्कृति र दर्शनको सुरक्षा हुनुपर्छ | तर युरोपेली घृणावादका आधारमा तेसो हुनैसक्दैन | सबै युरोपेलीहरू खराव छन् भन्दिन तर युरोपेली आँखाले देख्ने नेपाली समाज र नेपालीको आँखाले बुझिने नेपाली समाज धेरै भिन्न छ | युरोपेलीहरू “विनासपछि निर्माण हुन्छ” भन्छन् भने हामी नेपालीहरू “सहवास, सहभोज तथा सहकार्य”बाट विकास हुन्छ भन्छौं | उनीहरू विकासको मानदंड युरोपेली समाज हो भने हाम्रो लागि सांस्कृतिक, धार्मिक सम्पदाहरूको सुरक्षण समेत आधुनिक बनेको नेपाल हाम्रो चाहना हो | उनीहरूका लागि युरोप ठीक होला तर चिसो युरोप नेपालीका लागि काम लाग्दैन |
अहिले पनि इतिहासकारहरू पश्चिमाहरूले तत्कालीन अवस्थामा तयार पारेको काल्पनिक इतिहास मै किन मरिहत्ते गर्छन् ? भाषा-बैज्ञानिकहरूले समेत भाषाहरू पूर्वबाट पश्चिमा गएका हुन् भनेर प्रमाणित गरिसकेका छन् | भने हामी नेपालीहरूले नेपालबाट रोजगारको खोजिमा मान्छेहरू पश्चिम अर्थात् युरोपतिर पुगेका हुन् भन्दा अप्रमाणित गर्ने कुनै आधार छ ? म इतिहासकार होइन तर प्रश्न त उब्जिन्छ नै ?
झन्, सन् २००७ मा बुटवलमा एक करोड चालीस लाख वर्ष पुरानो मानव-बंगारो (शिवापिथकस या रामापीथकस अफ दांग) भेट्टिएपछि मानव-सम्भ्यताको विकास नेपालबाट नै भएको हो र नेपालीहरू ने वर्तमान युरोपेली हुन् भन्दा तर्कसङ्गत खण्डन गर्ने वैकल्पिक इतिहास हुनुपर्यो | होइन भने हामी नेपाली बाहुनक्षेत्री लगायतका रैथाने जातजातिलाई “आक्रमणकारी” भन्ने इतिहासको कुनै औचित्य छैन |
एस्तो, पश्चिमाहरूले आफ्नो सुप्रिमेसी देखाउन लेखेको “आर्य आक्रमणको इतिहास” आची पुछेर फाल्न मिल्छ कि मिल्दैन ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *