मन

मन

मन

गीताले भन्छ हात्ती भन्दा बलियो छ तर अभ्यास गरेर नियन्त्रण गर्न सकिन्छ किनभने मन चैतन्यको छाया हो | मन सुधार्न टाइम-टेवल बनाउनुपर्छ | सुध्रिन्छ | योग, ध्यान, आदि यसका विधि हुन् |
अर्जुनको मन विग्रिएको थियो, श्रीकृष्णले युद्धभूमिमा परामर्श प्रदान गरेर, “मलाई लागेको उचित कुरा भने अव के गर्ने/नगने तिमी नै निर्णय गर भने | यथेच्छसि तथा कुरू: | योग, ध्यानहरूको लामो अभ्यास गर्नुपर्छ | साच्चिकै आफु समस्याग्रस्त छु र त्यसबाट निस्कनु छ भन्ने अठोटले अर्जुन चंगा भए |
भागवतले भन्छ, मन नै बन्धन मोक्षको प्रमुख स्रोत हो किनभने यो अन्नले निर्मित भएको अनुभूति हो | खानपान ब्यबस्थित गर, मन चंगा हुन्छ | मान्छेले जुनसुकै कुराबाट पनि प्रेरणा प्राप्त गर्न सक्छ | दत्तात्रयका चौवीस गुरू थिए | ती सबैबाट उनले कुनैनकुनै विषयको प्रेरणा प्राप्त गरेका थिए |
मान्छेमा प्रेरणा प्राप्त गर्ने र निको हुने इच्छाशक्ति बलियो बलियो हुनुपर्छ | सुनेर, गीत गएर, कुराहरू सम्झेर, आफुलाई कार्यमा व्यस्त राखेर, अनुकरण गरेर, आज्ञाकारी बनेर, सेवा गरेर तथा आफूलाई समर्पित गरेर विभिन्निएको मनलाई तह लगाउन सकिन्छ |
गरूड पुराणले भन्छ, मनले नै शरीरलाई पापपुण्य गर्न उक्साउन्छ किनभने यो हाम्रो कर्म र तिनको फलहरूको थुप्रो हो | शास्त्र र समाजले अनुमोदन गरेको कर्मको अभ्यास गर, मनोरोग मासिन्छन् |
उपनिषद्ले भन्छ : जस्तो खाने कुरा खायो, जस्तो परिवेशमा बस्यो, मन पनि उस्तै हुन्छ किनभने यो खानपान र रहनसहनबाट निर्मित भएको एउटा अवस्था हो | सकारात्मक सोचको विकास गर, विज्ञान र आनन्दको अभ्यास गर | मन राम्रो हुन्छ |
वेदले भन्छन्, मन एउटा अनुभूति हो जुन रङ्ग विहिन छ र जस्तो रङ्ग चढायो, उस्तै हुन्छ | मन छ तर केहो भन्न सकिन्न | सबैको कल्याणमा आफ्नो कल्याण हुन्छ भन्ने भावना बलियो बनाउए मन बलियो हुन्छ | सबैमा मन एकै हुन्छ भन्ने समानानुभुतिले सुख मिल्छ |
बुद्धले भन्छन्, मनले दुख बाहेक अरू कुनै सम्बेदना बुझ्दैन | दुखसुख बुझ्ने चेतना नै मन हो | दुख बुझ्ने अभ्यास गर मन शान्त हुन्छ |
सांख्यले भन्छ, मन प्रकृतिको उद्योग हो, अन्धोसरह छ, जस्तो ठाउँमा पर्यो उस्तै हुन्छ, त्यस्तै ब्यबहार गर्छ | चेतनाले अचेतनाको अनुभूति गर्ने थलो नै मन हो | सत्व, राजस तथा तामसको प्रभावलाई बुझेर कार्ययोजना बनाऊ, मन स्वास्थ्य रहन्छ |
तर सबैजसो वैदिक तथा बौद्ध विचारकहरू मन आत्मा होइन भन्ने विषयमा एकमत छन् | पश्चिमाहरूले मनको स्वभाव त बताए तर मनको उत्पत्तिका विषयमा पटक्कै बुझ्न सकेनन् |
पश्चिमा मनोवेत्ताहरूले मन यही हो भनेर बोलेको मैले आजसम्म भेटेको छैन, सिवाय मनको स्वभाव र त्यसको आधारमा ब्याख्या गरिएको मानवीय ब्यबहारको | ब्यबहार पक्कै पनि मन होइन, मनका आधारमा देखिने परिणाम हो |
उनीहरू मनको अगाडीपछाडी दौडने विधी दिन्छन् तर नियन्त्रणका विषयमा गीताकै बाटो देखाउँछन् : अभ्यास गरेर मन नियन्त्रित गर्न सकिन्छ !! अन्तत: उनीहरू गीताको बाटो अपनाउन बाध्य छन् |
कि कसो हो ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *