सुन्दर देखिने इच्छा जव बन्छ समस्या

सुन्दर देखिने इच्छा जव बन्छ समस्या

सुन्दर देखिने इच्छा जव बन्छ समस्या
महिला वा पुरुषले आफ्नो शारीरिक सुन्दरताका लागि सरदार दैनिक ३० मिनट विताउने गर्छन् | तर केही पुरुष तथा महिलाहरू शारीरिक सिंगार-पटारका लागि आवश्यकता भन्दा बढी नै समय खर्च गर्छन् |
उनीहरू हरेक समय आफ्नो सुन्दरतामा केन्द्रित हुन्छ | घरमा घन्टौं सृंगरपटारमा विताए तापनि उनीहरू समय मिल्दा साथ पुन: लिपिस्टिक लगाउन, कपाल कोर्ने, कपालमा जेल फेर्ने, सुगन्धित बस्तु हाल्ने, लुगा फेर्ने र वारम्वार ऐना हेर्ने काम गर्छन् |
एसो गर्ने मध्ये ५-१०% पुरुष तथा स्त्रीहरू “एक्ट्रेस-सिन्ड्रोम”ले पिडित हुन्छन् | सृगरपटार गर्ने इच्छामा नियन्त्रण गर्ने नसक्ने अवस्था आउनु र यसका कारण अन्य दैनिक कामहरू प्रभावित भैरहेको छ भने तपाई “एक्ट्रेस-सिन्ड्रोम”बाट पिडित हुनुहुन्छ |
“एक्ट्रेस-सिन्ड्रोमका निम्न लक्षण हुन्छन् :
१. बाटोमा हिड्दा नराम्रो/नराम्री देखिएँ कि भनेर चिन्ता हुने |
२. कही ठूलो ऐना देख्यो कि आफुलाई हेर्न मन लाग्ने
३. आफुसंग सृगरका सामग्री लिएर हिड्ने
४. ठाउँ पाउदा साथ ड्रेस परिवर्तन गर्ने
५. बारम्वार कपाल मिलाउने, काहियो लगाउने
६. नराम्रो देखिने डरले आत्तिने
७. अरूलाई बढी राम्रो देखेर डाहा हुने आदि
८. बारम्वार सेल्फी खिच्न मन लाग्ने
परामर्श : शारीरिक सुन्दरता सबैका लागि चाहिन्छ नै | हरेक मान्छे सुन्दर देखिनुपर्छ | यदि सुन्दरदेखिनका लागि तपाइँले आफ्नो दैनिक ब्यबहार छोड्नु भएको छ अर्थात् यदि तपाईंले आफ्नो शारीरिक सुन्दरता प्राप्त गर्नका लागि जानाजान त्यो भन्दा पनि महत्वपूर्ण कामहरू छोड्नु भएको छ वा गर्न ढीला गर्नुभएको छ भने आफ्नो सोच बदल्ने बेला आयो |
यसका लागि तपाईंले निम्न काम गर्न सक्नुहुन्छ
१. सुन्दरता समय सापेक्ष र उमेर सापेक्ष हुन्छ भनेर आफै रियलाइज गर्ने
२. बारम्वार ऐना हेर्ने बानीमा क्रमश: नियन्त्रण गर्दै लैजाने
३. संगै लिएर हिड्ने सृगर सामग्रीहरूको संख्या पनि घटाउने
४. अरूको सुन्दरता हेरेर रमाउने
५. आफ्नो प्राकृतिक बनावटमा विश्वास गर्ने र त्यो आफ्नोलागि अद्वितीय छ भनेर विश्वास गर्ने |
६. सेल्फी लिनु एउटा प्राकृतिक कुरा हो तर जव कसैले ठाउँ-कुथाउमा, आफ्नो शरीरलाई नै जोखिममा पारेर सिल्फी लिने कुरामा सचेतता अपनाउनुपर्छ | शरीर नै नभए तपाईंले खिचेको सेल्फिको कुनै महत्व हुँदैन |
यदि पनि तपाईंको समस्या यथावत् रहन्छ र चाहँदाचाहदै आफुलाई परिवर्तन गर्न सक्नुभएको छैन भने मनोबैज्ञानिक परामर्शकसंग सम्पर्क गरेर अगाडी बढ्ने | तपाईंको सुन्दरता रमाइलोपनका लागि हो, यसको लागि बढी अल्झिएर आफ्ना अन्य महत्वपूर्ण कुराहरू न गुमाओं |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *