gsharan icon

हिन्दूत्व र नारीअस्मिता

हिन्दूत्व र नारीअस्मिता

वैदिक सनातन धर्मको सर्वोच्च सत्य, तत्व “ब्रह्म”को नाममा रक्सीको ब्राण्ड बन्दा हिन्दूहरूलाई के चासो ! अल्लाह, मोहम्मद, जिसस ब्राण्डको रक्सी आए पो धार्मिक तथा सांस्कृतिक अधिकारको हनन हुन्छ कसैको धार्मिक भावनाको हनन हुन्छ ?
के ब्रह्मज्ञानीहरू जड्याहा थिए ? के वैदिक संस्कृतिको उत्सका रूपमा अवस्थित ब्रह्मानंदको अवस्था साक्षात्कार गर्ने र गर्नका लागि साधनारत हिन्दूहरूको ब्रह्मप्रतिको निष्काम प्रेम र उत्कर्ष एउटा बोतलमा बन्द भएको रक्सीको मातसरह हो ? के रक्सी र नारीको शरीरले दिने मादकता र कामुकता नै ब्रहमको स्वरूप हो ? यो विज्ञापनले हिन्दूहरूसंग जवाफ खोजिरहेको छ |
आज हिन्दूहरू विश्वभरी फैलिएर रहेका छन् | सबैतिर धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप सिक्न र सिकाउँन मन्दिर आदिको निर्माण पनि भएको छ | हिन्दू धर्म तेस्रो सबैभन्दा ठूलो जनसख्या भएको सांस्कृतिक समुदाय हो भन्ने थाहा छ तर सनातन धर्मका मूलमान्यता उपर नै प्रहार गर्ने सोचका स्रोत हिन्दूहरू नै हुन् | धर्मनिरपेक्षताको भूतले हिन्दूहरूलाई तन्द्राग्रस्त बनाएको छ | नत्र केन्द्र मै प्रहार गर्ने सोच र व्यबहार कसरी कार्यन्वयन हुनसक्छ ?
दोस्रो, जसरी नारीको शरीर एस रक्सीसंग जोडिएको छ, त्यो पनि आपत्तिजनक नै छ | विश्वभरि फैलिएर रहेका हिन्दूहरूको समग्रलक्षमा प्रहार गर्ने रक्सीको बोतल (संसारको जुनसुकै कम्पनीले जुनसुकै देशमाे उत्पादन र नामकरण गरेको भए पनि) वैदिक अस्मिताउपर घृणास्पद तवरले प्रहार गरिएको छ | नाम तथा कामुक मुद्रामा नारी शरीरको विकृतिपूर्ण प्रयोग देखेर हरेक हिन्दूहरूमा तीब्र क्रोध उत्पन्न हुनुपर्छ र विश्वभरिका नारीशक्तिहरूले नारीशरीरको उपयोग वारे सोच्नु पर्ने ठान्छु |
बोतलमा देखिएकी नारीले एकपटक क्यामेरामा आफ्नो फोटो खिचाईन् तर उनको फोटोले अन्य नारीहरूप्रति के-कस्तो प्रभाव पार्यो ? र कसरी नारीलाई रक्सी सरह ठान्ने पुरुष वा स्त्री मानसिकताको विकासमा सहयोगी बनिरहेको छ ? विचार गरौँ | एस्ता विज्ञापनहरूले नारीविरुद्ध मानसिक हिंसा वृद्धि गर्ने तत्थ्यमा विश्वास गर्नुपर्छ | यी महिला प्रत्यक्ष शारीरिक हिंसाबाट जोगिएकी भए पनि मानसिक हिंसाबाट जोगिन सक्दिनन् | सेक्सी देखिएकोमा गर्व गर्नेहरू मानसिक रोगी हुन् |
देशमा महिला (वालबालिका)मा मात्र होइन वैदिक देवदेवताहरूप्रति पनि बलात्कार बढ्दो छ | यो रक्सीको विज्ञापनमा महिला अधिकारवादीहरू चासो हुँदैन | एस्तो उत्तेजक फोटो रक्सीको विज्ञापनमा देखेर ई महिलाप्रति तपाईंको कस्तो सोच आउला ? प्रकृतिले नारीलाई सवाल, सक्षम र सुन्दर बनाएको छ तर सुन्दरताको एस्तो विकृत प्रयोगलाई सभ्यताको प्रतिक मान्न सकिन्न | नारी शरीरलाई केवल रक्सीको मादकता ठान्नेहरू घृणाका पात्र हुन् |
नारीलाई देवीका रूपमा सम्मान गरिनुपर्छ भन्ने संस्कृति र यो रक्सीको बोतलमा नारीलाई उभ्याउने नारीवादको तुलना गर्नैपर्छ | के आधुनिक नारीवाद यही नग्नता र रक्सीको बोतलसम्म सीमित छ ?
मसंग जोडिनु भएका मित्रहरूले बोल्नुपर्छ यो रक्सीको विज्ञापन नारीहरूको सम्मान हो कि स्वेच्छाले उपभोग्य वस्तुमा रुपान्तरण हुन लालायित नारीको विकृतरूप हो | कहीं स्वच्छतावादी नारीवाद त यसका लागि जिम्मेवार छैन ?
धर्मनिरपेक्षताको नशा हिन्दू र बौद्धहरूलाई मात्र लागेको छ, मुस्लिम तथा इसाई आफ्नो संस्कृतिमा समर्पित छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *