धर्मपरिवर्तन कसरी नियन्त्रण गर्न सकिन्छ ?
जसुवा प्रोजेक्टको रिपोर्ट र लक्ष हेर्ने र बुझ्ने हो भने विश्वभरिमा सबैभन्दा बढी धर्मपरिवर्तन गर्नेहरू मध्येमा नेपालीहरू पर्छन् | यदि यसै गतिमा नेपालीहरूले धर्मपरिवर्तन गरे भने सन् २०५० मा नेपालमा हिन्दू, बौद्ध, जैन, वोन तथा किरातीहरूका विलाएर देशमा इसाई-मुस्लिमहरूको अधिपत्य बढ्ने छ |
तेस समयमा गजवा हिन्दलाई क्रियाशील बनाउन जिहाद गरिरहेका मुस्लिमहरू र पशुपतिनाथमा चर्च बनाइ सकेका इसाईहरू बीच जिहाद-क्रुसेड हुने छ जुन आजभोली धर्मयुद्धका रूपमा बढी चिन्ने गरिन्छ | यसै गतिमा धर्मपरिवर्तन भैरहे नेपालमा धर्मयुद्ध त हुन्छ तर मुस्लिम र इसाईका बीच हुन्छ |
धर्मपरिवर्तनलाई नियन्त्रण गर्नका लागि सबै भन्दा पहिला धर्म परिवर्तन के हो र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धर्म परिवर्तन गराउने क्रियामा सक्रिय शक्तिहरू को-कस्ता छन् भने बुझ्नु जरुरी छ | संसारका धेरैजसो धार्मिक-समुदायले धर्मपरिवर्तनलाई प्रोत्साहित गर्दैनन् तर केही ठूला सम्प्रदायहरूका लागि धर्म परिवर्तन गराउनु पूण्यको काम हो |
धर्म परिवर्तन के हो ?
मूलत: धर्मपरिवर्तन असम्भव विषय हो | धर्मको अर्थ मूलगुण वा प्रकृति हो जुन अपरिवर्तनीय हुन्छ | मूलत: एउटा संस्कृति, मान्यता, आस्था, चिन्तन र जीवनशैलीलाई त्यागेर अर्को आस्था, धार्मिकता, संस्कृति, संस्कार तथा पूजाआजालाई स्वीकार गर्नुनै धर्मपरिवर्तन हो | उदाहरणका लागि हिन्दू धर्म, संस्कृति तथा परम्परामा हुर्केको मान्छे इसाई वा मुस्लिम बन्नु आजको भाषामा धर्म परिवर्तन हो |
धार्मिकता विश्वासमा आधारित हुन्छ र विश्वासहरूको विकास मानवीय चेतनाको प्रथम सोपानसंग गाँसिएको छ | यदि कुनै व्यक्ति हिन्दू”
” छ भने उसको हिन्दूत्व हजारौं वर्ष देखि तेस समाजका समुदाय तथा व्यक्तिहरूले सिक्दै/सिकाउँदै आएको संस्कार, संस्कृति, आस्था, क्रियाकलाप तथा सभ्यता हो | हिन्दूत्व भित्रको आस्थाले हिन्दू संस्कृति र सभ्यताको संरक्षण र सम्वर्धन हुन्छ |
आस्था वा धर्म परिवर्तन गर्दा साथ धर्मपरिवर्तन गरेको व्यक्ति वा समुदाय आफ्नै मूलाधारको चरम शत्रु बन्छ | आफुले अपनाएको नयाँ परिचयका खातिर आफ्नो घर, परिवार, संस्था, राष्ट्र, समाज, संस्कृति तथा रितिरिवाजहरूसंग विद्रोह गर्छ | आफ्नो विद्रोहलाई धार्मिक कर्तव्यको आवरण दिन्छ | एउटा बौद्धबाट इसाई बनेको व्यक्तिका लागि सबैभन्दा ठूलो धार्मिकता “मूर्ति-खण्डन” गर्दा प्राप्त हुन्छ |
विश्वमा धर्मपरिवर्तनका लागि समर्पित सम्प्रदायहरूमा इसाई, मुस्लिम तथा अन्य अब्राहमिक सम्प्रदायहरू पर्छन् | तथापि धर्मपरिवर्तन गराएर एउटा कुनै प्राचीन संस्कृतिको पूर्ण विनाश गर्नेका लागि इसाई तथा मुस्लिमहरू कुख्यात छन् |
धर्म परिवर्तन कसरी गरिन्छ ?
इसाई तथा मुस्लिमहरूका लागि धर्मपरिवर्तन गराएर इसाई वा मुस्लिम वनाउनु जीवनको पवित्रतम कार्य र ईश्वरको आदेशको पालना हो | इसाई वा मुस्लिमले अन्य समुदायका मान्छेहरूलाई धर्मपरिवर्तन गराउँदा दुईटा लाभ हुन्छन् (१) विश्वमा एकजना मूर्तिपूजक कम हुन्छ (२) जुन समुदायबाट फलानो व्यक्ति परिवर्तित भएर इसाई वा मुस्लिम बनेको छ त्यो व्यक्ति सधैंका लागि आफ्नै पूर्व समुदायको घोर शत्रु हुन्छ |
पहिलो चरणमा, धर्मपरिवर्तन गर्नका लागि सबैभन्दा पहिला, रोगी, गरीव, वहिस्कृत, डरपोक, लोभी, आफ्नो धर्मसंस्कृतिसंग घृणा गर्ने, परिवन्दमा परेको, कुनै सहानुभूति वा सहयोगआवश्यता रहेको र “पैसाका लागि जे पनि गर्न तयार तथा सिमन्तिकृत समुदायको व्यक्ति खोजिन्छ | सुरूसुरूमा निकै हितैषी, शुभचिन्तक र धर्मनिरपेक्षताको उदारवादी दृष्टिकोणसंग कुरा गरिन्छ | चर्चमा प्रमुख अतिथि, वक्ता आदि बनाएर बोलाइन्छ | साथै सित्तैमा बाइबलका कितावहरू दिन्छन् |
दोस्रो चरणमा सम्बन्धित व्यक्ति वा समुदायको घरमा आउँजाऊ गरिन्छ | समस्या समाधानका लागि प्रत्यक्ष आर्थिक सहयोग दिइन्छ | घर मर्मत गरिदिने, छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिने तथा औषधि-उपचार गरिने र यहाँसम्म कि रासनपानी किनेर ल्याइदिने गरिन्छ | चर्चका धेरैजसो व्यक्तिहरू मिलेर उपकार गर्छन् र तेसको जस बाइबल वा जिससलाई दिन्छन् |
तेस्रोचरणमा, जिससमा विश्वास गर्न अर्थात् (इसाई वा मुस्लिम वन्न) प्रेरित गरिन्छ | पहिले नै धेरै उपकार र सहयोग स्वीकार गरिसकेको हुँदा सम्बन्धित व्यक्तिले “नाई” भन्न सक्दैन | अन्तत: धर्मपरिवर्तन गरेर उपकारको ऋण चुक्ता गर्छ | व्यक्तिले धर्मपरिवर्तन गर्छ |
चौथो चरणमा, सम्बन्धित व्यक्ति चर्च वा मस्जिदको सदस्य बन्छ | तेसपछि उसले आफ्ना परिवार, समुदाय तथा आफ्नो संस्कृतिप्रति “नकारात्मक गवाही” दिनुपर्छ | ईश्वरका लागि आफ्नो पूर्वधर्म, आफ्नो विधर्मी परिवार, समाज तथा संस्कृति छोड्नु पर्छ, मूर्तिपूजा, मन्दिर, गुम्वा, जातीय संस्कारहरू छोड्नु पर्छ किनभने परमेश्वर यसैबाट सबैभन्दा खुसी हुन्छन्” भन्दै ब्रेनवास गरिन्छ |
पाँचौं चरणमा, चर्च, बाइबल, जिससका क्रियाकलापमा आँखा चिम्लेर विश्वास गर्नु पर्ने तर अन्य सम्प्रदायको आलोचना गर्ने प्रक्रिया सिकाइन्छ | अन्तत: सम्बन्धित व्यक्ति चाहेर पनि चर्चका विरुद्ध जान सक्दैन | यदि कसैले चर्च वा बाइबल विरुद्ध विद्रोह गर्ने प्रयत्न गर्यो भने नर्कको डर देखाएर, परमेश्वरको क्रोध सुनाएर र भयङ्कर सङ्कटहरूको डर देखाएर शारीरिक, मानसिक तथा आध्यात्मिकतहमा प्रताडना दिइन्छ |
अन्तत:, उपकारको ऋणतिर्न विश्वासी बनेको व्यक्ति आफ्नै पुर्ख्यौली धर्म, संस्कृति तथा सभ्यताको विनाशक भएर निस्कन्छ | आज भारतमा र नेपालमा जति मुसलमान र इसाईहरू छन् ती सबै कुनै वखत हिन्दू नै थिए | मुसलमान बनेपछि कसरी एउटा व्यक्तिले आफ्ना पुर्खाको संस्कृतिलाई शत्रु ठानेर मास्छ भन्ने तत्थ्य अफगानीस्तानको बामयान बुद्ध मूर्तिको विनाश हेरे पुग्छ, गयासुद्दीनले काठमान्डौमा आक्रमण गरेर पशुपतिनाथलाई टुक्राटुक्रा बनाएको इतिहास पढे पुग्छ |