जनगणनामा के गर्ने ?
तत्कालीन बृटिश राजदूतले “नेपालीले धर्म परिवर्तन गर्न पाउनु पर्छ” भनेर गरेको मांग गरेका थिए | यसै बीच, युरोपियन युनियनले पनि धार्मिक स्वतन्त्रताको कुरा उठाएको थियो | यो सबैको जरोमा “नेपालका हिन्दूहरू अत्याचारी हुन्, यिनको जनसंख्या बढी हुनुभनेको (लोकतन्त्र, प्रजातन्त्र)आदिलाई खतरा हो, अनि, हिन्दूहरूले अन्य धर्मका मान्छेलाई पनि “हिन्दू”नै लेख्न बाध्य पारेका हुन्” जस्तो घृणावादी चिन्तनमा मलजल गरेको थियो | यिनै डलरभोगी संस्थाबाट बजेट प्राप्त गर्ने नेपाली व्यक्ति वा संस्थाहरू परम्परागत सहृदयताको सम्वन्ध नै विगार्ने गरी खास जात र समुदायलाई फलानो धर्म लेख्नु भनेर उर्दी जारी गरिरहेका छन् | यी कट्टरतावादीले बुद्ध फलानो जातका भएकाले धर्मको महलमा “बौद्ध” अनुरोध गरेका छन् भने तथाकथित थारू सभाले बुद्ध थारू भएकोले “बौद्ध” लेख्न अनुरोध गरेको छ | बौद्ध ग्रन्थले प्रष्ट रुपमा आर्य-बुद्ध कुन् बंशमा जन्मेका थिए ? भनेर तोकेकै छ | फेरी बुद्ध बौद्धका मात्र होइनन् विश्वका सम्पदा हुन् | नेपालको सौभाग्य हो कि उसले बुद्ध पायो, कपिल पायो, ऋषभदेव पायो, व्यास पायो, फागुनानंद पायो | यी सबैले नेपाललाई एकसूत्रमा जोड्ने काम गरेका हुन्, विभाजन गर्ने होइन |
यसै सेरोफेरिमा जनगणनाका सवालमा विदेशी आइएजिओ र तिनका देशी स्वाँठहरूको सक्रियता आश्चर्यजनक तवरले बढेको छ | गाउँगाउँ पुगेर “मतगणना”मा सक्रियतापूर्वक “प्रशिक्षण” दिएको समाचार पनि आएको छ | हरेक नेपालीले मतगणनामा सक्रियतापूर्वक भाग लिनुपर्छ | लेख्न/पढ्न सक्नेले गणकले दिएको फारम आफै भर्नुपर्छ | भाषा, आर्थिक हैसियत, परिवारसंख्याको सहिसही उल्लेख गर्नुपर्छ | कुनै व्यक्ति वा तथाकथित अभियन्ताहरूको कुरा सुनेर वास्तविक विवरण लुकाउनु अपराध हो | हामीले दिने सही तत्थ्यले मात्र सरकारलाई विकासका योजनाहरू तर्जुमा गर्न सजिलो हुन्छ |
हामीले सधैं स्मरण गर्नुपर्छ सरकारले आफै एक सुको खर्च गर्दैन | उसले खर्च गर्ने भनेको हामीले तिरेको “तिरो” जसलाई आजको सभ्यभाषामा राजश्व अर्थात् कर भन्छन्, खर्च गर्ने हो | सरकारमा बस्नेहरू हाम्रो करबाट पेट भर्ने मनुवा हुन् | तेसैले हरेक नागरिकले विना दवाव र प्रभाव सहीसही तत्थ्य दिनुपर्छ | भाषा होस् वा धर्म जे यथार्थ हो तेही लेख्नुपर्छ | तर हिन्दू, जैन र बौद्धहरूमा जसको आजीविका संस्कृतबाट चल्छ, उहाँहरूले मातृभाषामा संस्कृत लेख्दा न्याय नै हुन्छ | बौद्ध धर्ममान्ने बज्राचार्य, शाक्यआदि सहित सम्पूर्ण हिन्दू पुरोहित, पण्डित, व्यास, गुरूआदिले संस्कृतको अस्तित्व रक्षाका लागि भाषाको महलमा संस्कृत लेख्नु अनुचित हुँदैन |
सामाजिक संजालमा जनगणनाका विषयमा अनेकौं प्रकारका विरोधाभाषी समाचारहरू प्राप्त भएका छन् | सामाजिक संजालमा कट्टरपन्थी, विखण्डनवादी तथा घृणावादीका पूर्वाग्रहहरू छताछुल्ल भएका छन् | जनगणनालाई विखण्डनवादीहरूले समाजलाई तोड्ने उपादानका रूपमा प्रयोग गरिरहेका छन् | छलछाम र चलखेलले सामाजिक मनोविज्ञान रुग्ण र रुष्ट भएको छ | एकआपसमा शंकाको बीऊ रोपेर कसलाई फाइदा छ ? हामीले जान्नुपर्छ, मनन गर्नुपर्छ र सोही अनुसार निर्णय गर्नुपर्छ |
असलमा, गणनाले समाजका हरेक व्यक्तिलाई एकअर्कोसंग जोड्ने काम गर्नुपर्ने हो | देशका मौलिक संस्कृति, भाषा र धर्मविरुद्ध विदेशीहरूको छलछाम र चलखेलले सामाजिक मनोविज्ञान रुग्ण र रुष्ट भएको छ | खासगरी विदेशीहरू र तिनका मतियारहरूले हिन्दूहरू विरुद्ध घृणा फैलाईरहंदा हिन्दूहरूमा चिन्ता छाएको छ | हिन्दूहरूलाई दोषी देखाउने विदेशीहरूको घृणावादमा नेपाली राजनीति नराम्रोसंग फंसेको छ | यो शुभसङ्केत होइन | हिन्दू विरुद्ध बौद्ध, बौद्ध विरुद्ध हिन्दू, जैन विरुद्ध हिन्दू, किरात विरुद्ध हिन्दू वा हिन्दू विरुद्ध किरातलाई प्रयोग गरिएको छ | हामीले यो सत्य बुझेर प्रतिकार गर्नुपर्छ |
भारतीय अलगवादी आन्दोलनको मतियार बनेर अम्बेडकर ब्राण्डहरू नेपालमा छिरेर दलित समुदायसंग “बौद्ध-राजनीति”को कुत्सित खेल खेलिरहेका छन् | दलित समुदायलाई एकातिर अम्बेडकरवादीहरूले भ्रमित गरिरहेका छन् भने अर्कोतिर डलरवादीहरूको मायाजाल फैलिएको छ | दलितहरू आफै पीडित छन् तेसमा पनि यी दूई मायावीहरूको प्रपंचले अझैं पीडित बनेको छ | दलनबाट मुक्तिको नाममा इसाई वा बौद्ध लेखाउन प्रेरित गर्नेहरूसंग सावधान हुनुपर्छ | हिन्दूले हिन्दू लेखौं, बौद्धले बौद्ध, जैनले जैन, इसाईले इसाई, मुस्लिमले मुस्लिमनै लेखौं | प्रलोभन वा डलरवादीहरूको मायाजालसंग सतर्क रहौं |
मान्छे, समुदाय वा राजनैतिक दलका कार्यक्रता विकेका हुन सक्छन् तर सम्पूर्ण जनगणना खराव छैन | जनगणनामा हरेक नागरिक सक्रियता पूर्वक सहभागी बन्नुपर्छ | थारू, तामांग, राई-लिम्बु वा देशका अन्य जातजातिहरू यदि हिन्दू धर्म मान्नुहुन्छ भने निर्धक्कसंग हिन्दू नै लेखौं लेखाऔं | मगर हुँदैमा, थारू हुँदैमा, तामांग हुँदैमा बौद्ध हुनुपर्छ वा हिन्दू नै हुनुपर्छ भन्ने चिन्तनबाट मुक्त हौँ | असलमा, डलरेहरूको सहयोगमा निर्मित फारम नै विभेदपूर्ण छ | धर्मको महलमा “हिन्दू-बौद्ध” एकै ठाउँमा हुँदा अझैं वेस हुन्थ्यो भन्ने मेरो व्यक्तिगत बुझाई हो | हिन्दू, बौद्ध र जैनहरूलाई पनि डलरेहरूले एकलकाटे धार्मिक अतिवादीहरू सरह ठानेर फरकफरक गर्नुनै त्रुटीपूर्ण हो |
शान्ति र दु:ख मुक्तिको संदेश दिने “आर्य बुद्ध” यिनको बुद्धि देख्ने र सुन्ने अवस्थामा हुँदाहुन् त भक्कानो छोडेर रुन्थे | बुद्धका यी अतिवादी स्वघोषित चेलाहरूले बुद्धको बुद्धत्वको हत्या गरेका छन् | सरकार होस् वा सर्वसाधारण जसले जे धर्म मान्छ (यदि कसैले धर्म परिवर्तन गरेर इसाई बनेको छ वा मुस्लिम अथवा बौद्ध या किरात नै बनेको छ) त्यही लेख्नुपर्छ | तर तथाकथित राजनैतिक अभियन्ताहरूको छलकपटमा परेर विवरण झूटो दिनुहुँदैन | अर्काको लैलैमा लागेर झूटो विवरण दिने द्रोही हुन् |
हामी सबैको कल्याण होस्, स्वस्ति अस्तु |
