महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस
“अधिकार” शब्दलाई पुँजीवादी, साम्यवादी, समाजवादी तथा खाओवादीले सबैभन्दा बढी दुरुपयोग गरेका छन् | राजनेताहरूले भोटका लागि, अमेरिकीहरूले आफ्नो वैश्विक बर्चश्व कायम गर्न, समाजवादीहरूले जनतालाई विभाजित गर्न र साम्यवादीहरूले पछिल्लो समयमा आफ्नो राजनैतिक अस्तित्व जोगाउन निकै प्रयोग गरिरहेका छन् |
हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवस ८ मार्चका दिन मनाउने चलन छ | यो दिवसले विश्वभरिका महिला अधिकारको प्रतिनिधित्व गर्छ कि गर्दैन भन्न सकिन्न तर महिला र पुरुषका बिचमा मतभेद उत्पन्न गराएर आफ्नो “उल्लु सीधा पार्ने” कपुस मनोविज्ञान भने सजिलैसंग स्थापित गर्न मदत गर्छ |
“कपुस”को आँखामा विश्वको आधा आवादी ओगट्ने मुस्लिम समुदायले महिलाउपर गर्ने अप्राकृतिक अत्याचार (मुस्लिम देश र आफ्नै देशका मुस्लिम आवादी) देख्दैन, सुन्दैन र र बुझ्दैन तर नेपालजस्ता प्राकृतिक रूपमा नै महिलाहरूप्रति मित्रतापूर्ण व्यबहार गर्ने देशहरूमा “अधिकार”का नाममा पश्चिमा प्रतिमान स्थापित गर्ने अधिकारीवादी सजिलैसंग किन्ने गर्छन् |
नेपाली समाज महिलाहरूप्रति पूर्ण उदार छ भनेर मैले घोषणा गर्दिन तर इसाई, मुस्लिम तथा तथाकथित समाजवादीहरू भन्दा बढी नै उदार छ भन्ने तत्थ्य प्रमाणसहित स्थापित गर्न सकिन्छ | कपुसले नेपालमा पनि “सांस्कृतिक र धार्मिक अधिकार”को आवरण प्रयोग गरेर मुस्लिम-महिलाहरूप्रतिको चरम विभेदका विरुद्ध चुईक्क बोल्दैनन् | यी कपुसले (कम्युनिस्ट, पुँजीवादी र समाजवादी) सधैं नेपालका रैथाने समुदायलाई (हिन्दू, जैन, बौद्ध, किरात) दोषी देखाएर वदनाम गर्छ | सत्य यही हो, यो सत्य नपच्नेहरू धेरै छन् | अपच भए होस् |
वैदिक संस्कृतिमा अर्धनारीश्वरका रूपमा भगवान् शिवको आराधना गरिन्छ | वैदिक परम्परामा “श्री” लेखेर पुरुषको नाम लेखिन्छ | प्रसिद्ध आराध्यदेवहरूको नाम उहाँका पत्नीलाई उल्लेख गरेपछि हुन्छ – राधाकृष्ण, सीतारामआदि | वैदिक साहित्यले सृष्टिको उपक्रम पनि प्रकृति (नारी) र पुरुषको सहकार्यबाट भएको प्रष्ट उल्लेख गरेको छ | सैद्धान्तिक रूपमा वैदिक संस्कृतिले पुरुषलाई भन्दा बढी महत्व “नारी”लाई दिन्छ तर व्यबहारमा भने नारीप्रति तेति न्याय भएको भेटिन्न |
आधुनिक नारीवादी चिन्तनको उदय “क्रिश्चियन धर्म”संग विद्रोहका कारण उत्पन्न भएको हो जसको सूत्र कार्लमार्क्सको “धर्म (इसाई पन्थको विश्वास र संस्कृति) अफिमसरह) हो भन्ने प्रसिद्ध भनाईसंग सम्बन्धित छ | मध्यकालीन इसाई-धर्म संस्कृतिमा नारीहरूप्रति कस्तो व्यबहार गरिथ्यो भन्ने तत्थ्य गुगलमा खोजे पुग्छ | यही यहुदी धारामा विकसित भएको मुस्लिम समुदायले नारीप्रति कस्तो व्यबहार गर्छ ? विश्वका हरेक सचेत नागरिकहरूले घामझैँ अनुभव गर्न सकिन्छ | यो भन्दा बढी नबोलौं |
“मान्छे” भन्दा पुरुष र महिला भनेर छुट्टिन्न | अंग्रेजीको हयुमन भित्र म्यान र वुमेन दूवै पर्छन् | संस्कृतको मनुष्य शब्दभित्र “लोग्नेस्वास्नी” दुवै पर्छन् | यो मनुष्य जातिमा पुरुष र महिला दूईबटा शरीर छन् | प्राकृतिक शरीरका रूपमा पुरुष र स्त्रीको कर्तव्य फरक छ | वैदिक साहित्यले पुरुष र स्त्री दूवैका लागि अधिकार र कर्तव्यको विवेचना गरेको छ तर पुरुषभन्दा महिला न्यून वा महिलाभन्दा पुरुष सानो वा कममहत्वपूर्ण भनेर तोकेको छैन | महिला र पुरुष यी दूबैको सहकार्य नभईकन “मान्छे” (स्त्री र पुरुष) को भौतिक अस्तित्व असम्भव छ – सत्य यही हो |
विश्वभरिका मान्छेमा आधा महिलाहरू छन् | पुरुषले महिलाको अस्तित्वलाई किचेको छ – यो महिलावादीहरूको निष्कर्ष हो र यसै विरुद्धको विद्रोह नारीदिवस हो भन्न मिल्छ तर यही नै सबैथोक होइन | सन् १९०९ मा अमेरिकाको न्युयोर्क सहरबाट तेहाको “सोसलिस्ट पार्टी”ले “समान कामको समान ज्याला”को लागि एउटा फ्याक्ट्रीमा कार्यरत महिलाले “समानज्याला”का लागि आरम्भ गरेको यो आन्दोलन आज विश्वभारी नारीअधिकारको आवाज बनेको छ | “समानज्याला” आज पनि विश्वका लागि एउटा चुनौतिनै रहेको छ | समान ज्यालाको कुरा त छोडौं, मनुष्यका रूपमा बाँच्न पाउने अधिकार समेत “धर्मका आवरणमा” खोसिएको छ खासगरी मुस्लिम समुदायमा |
आजको मितिमा उपरोक्त “समान ज्याला”को आन्दोलनमा धेरै प्रकारका परिवर्तन आएका छन् | नारीवादी आन्दोलनका रुपमा यसले धेरै उपलब्धि हासिल गरेको छ भने आलोचित पनि बन्न पुगेको छ | उदाहरणका लागि आजका मितिमा नारी समुदायले शिक्षा, स्वास्थ्य, सुरक्षा, समानज्यालाआदिमा निकै प्रगति गरेका छन् | अर्कोतिर पुरुषप्रति घृणावादी चिन्तन, यौन र प्रजनन स्वतन्त्रताको मांगजस्ता विषयहरूमा आलोचना पनि हुने गरेको छ | स्वत्रन्त्र यौनाचारका विषयमा धर्म, संस्कृति तथा परम्पराअनुसार पुरुष तथा नारीहरू दूवै अनुदार छन् | यद्यपि पूर्णस्वतन्त्रताका पक्षधर महिलाहरूले “शरीर र यौन स्वतन्त्रता” प्राप्त गरेर नै छाड्ने आन्दोलनमा छन् |
जुनसुकै आन्दोलन त्यतिबेला अराजक बन्दछ जतिवेला त्यो आन्दोलनले केवल अधिकार प्राप्तिलाई मात्र प्राथमिकतामा राख्छ तर कर्तव्यप्रति पूर्ण निरपेक्षताको भाव राख्छ | पछिल्लो समयमा नारीवादी आन्दोलनले पुरुषप्रति घृणा व्यक्त गर्न थालेको छ जुन प्राकृतिक नियम विरुद्ध हो | पुरुष-शरीरलाई दोष देख्नु र घृणाको भाव व्यक्त गरिनुले भविष्यमा मानवीय अस्तित्वको सङ्कट निम्तिन सक्छ | आज संतानोत्पत्तिका लागि पुरुष र महिलाको प्रत्यक्ष “सम्भोग”को आवश्यकता रहेन | यस्तो अवस्थामा महिला र पुरुषका बिचमा गहिरो “घृणावाद” घटित भयो भने भविष्यको दूर्घटनाका लागि बलियो जग बस्ने छ जसको सुरुवात सेकेन्ड-सेक्सको लेखिकाले आरम्भ गरेकी थिइन् |
-महिला मनुष्य अस्तित्वको एउटा प्राकृतिक शरीर हो जसको आवश्यकता महिला शरीर र पुरुष शरीरलाई जन्मदिनका लागि अनिवार्य छ | महिला दिवसले विश्वभरिका महिलाहरूलाई आफ्नो प्राकृतिक शरीरमा गौरव गर्न, शिक्षा, स्वास्थ्य, भोजन र स्वतन्त्रतामा पहुँच गर्ने प्रेरणा प्रदान गर्छ भने महिलावादले पुरुषप्रति घृणा गर्न, प्राकृतिक कर्तव्यबाट विमुख हुन र केवल अधिकारलाई महत्व दिन अभिप्रेरित गर्छ | कर्तव्यबाट विमूख बन्न प्रेरित गर्ने महिलावादको प्रसंशा गर्न आवश्यक छैन तर यदि यो महिलावाद कर्तव्यवादसंग जोडिएको छ भने सधैं नमनीय, प्रसंशनीय र स्वीकारयोग्य हुनुपर्छ |
महिला शक्तिको जय होस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *