श्रीकृष्ण ईश्वर हुन् | जगतका “बीजप्रद पिता” हुन् | विश्वका हरेक वस्तुहरू श्रीकृष्ण नै हुन् | उनले विश्वका लागि दिएको संदेश श्रीमद्भगवद्-गीता हो | ईश्वरले जीवसंग प्रत्यक्ष सम्बाद गर्न गएको गीत हो | ईश्वरले गाएको हुँदा यो विश्वगीत हो | आलोचक र प्रशंसक दुवैको प्रिय गीत हो | मान्छेका लागि ईश्वरको ईश्वरत्व बुझ्ने सबैभन्दा सजिलो कुंजी हो |
स्वीकृति, विमति तथा तटस्थता – बुद्धिका तीन गति हुन्छन् | स्वीकृति सबैलाई मन पर्छ | विमतिले धेरैलाई पीडा दिन्छ | तटस्थता बुझ्ने र बुझाउनेको बुझाईको भर पर्छ | गीताले सबैको सम्मान गर्छ | विमति राख्नेको, स्वीकृति जनाउनेको र तटस्थ रहनेवालको पनि | तर पनि स्वधर्म, स्वसंस्कृति तथा सत्यको पक्षमा चट्टानझैं – स्वधर्मे निधनंश्रेय परधर्मो भयावह: को उद्घोष केवल ईश्वरले मात्र गर्न सक्छन् | सत्य नै ईश्वर हुन्, ईश्वर नै सत्य हुन् |
तर्क र बुद्धि मान्छेका विशेषता हुन् | हामी मान्छे हौँ तेसैले स्वतन्त्रताको कुरा गर्छौं | विश्वको हरेक मान्छे आफ्नो स्वत्वको रक्षा चाहन्छ | विश्वमा गीतामात्र एस्तो ग्रन्थ हो जसले व्यक्तिगत स्वत्वको पूर्ण रक्षा गर्ने प्रतिबद्धता दिन्छ | गीताको उपदेशको अन्त्यमा श्रीकृष्णले भन्नुभयो “यथेच्छसि तथा कुरू” (१८/६३) तिमीले इच्छाएको गर | ईश्वरले मात्र मानवलाई एतिधेरै स्वत्रन्त्रताको प्रदान गर्न सक्छन् | मान्छेले लेखेका अन्य धर्मग्रन्थको साँगुरो दृष्टिकोण पढेर म आत्तिन्छु | गीताले मेरो बौद्धिक स्वत्रन्त्रताको रक्षा गरेको छ | मेरो अस्तित्वलाई जस्ताको तस्तै स्वीकार गरेको छ | श्रीकृष्णले आफुले दिएको उपदेश स्वीकार्न, नकार्न वा तटस्थ रहन अर्जुनलाई स्वतन्त्रता दिए | अर्जुन मेरो अस्तित्व हो, मेरो सतित्व हो र मेरो अनुभूति हो |
अहिलेको नेपाली समाज ‘मन लागेको गर’ अथवा ‘मैले तपाईंले भनेको गर्छु’ को द्वन्दमा छ | मान्छेहरू ‘मन लागेको गर’ भन्ने शिक्षाप्रणाली अन्तर्गत हुर्किरहेका छन् भने राजनैतिक नेतृत्वचाहिं ‘भनेको मान्छु’ भन्ने व्यक्तिको सृजना गर्न जुटिरहेको छ | राजनीति ‘यस् म्यान’ उत्पादन गर्न चाहन्छ | शिक्षानीति ‘अराजक’ मान्छे निर्माणमा समर्पित छ | राजनीति र शिक्षानीति दुवैतिर युरोप र अमेरिका भरिएको छ | राजनीति पनि विदेशी, शिक्षा पनि विदेशी | शिक्षाले पुँजीवादी दास मानसिकता निर्माण गर्दैछ भने राजनीतिले ‘समाजवादी दासत्व अभिनिर्माण गरिरहेको छ | बाइबल र कुरान बोक्ने ब्यापारीहरूले नेपालीउपर वलत्कार गरिरहेका छन् |
नेपालीका लागि अहिले गीताको आवश्यकता छ | किनभने हरेक नेपाली अहिले आँफुभित्र र आक्रमणकारी कौरवहरूसंग प्रत्यक्ष रुपमा महाभारत लड्दैछ | राजनैतिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक गठवन्धन तयार गरेर हरेक नेपालीलाई आफ्नो मौलिकताप्रति घृणा गर्न र तेसलाई छोड्न अभिप्रेरित गरिंदै छ | बालबालिकालाई अंग्रेजीमा माध्यमबाट “तिम्रो धर्म अन्धविश्वास हो, तिम्रा सिद्धान्त र प्रतिमानहरू काल्पनिक हुन् र तिमीले सिक्ने गर्ने हरेक कथाहरू अन्धविश्वास हुन्” भनेर प्रशिक्षण प्रदान गरिंदै छ | हाम्रो राज्य-संयन्त्रले तेसको समर्थन गरिरहेको छ |

