जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले मन्त्री | प्रधानमन्त्री शक्तिशाली हुन्छ | प्रधानमन्त्री भन्दा संसद शक्तिशाली हुन्छ | महाभियोगले हटाउन सकिन्छ | बहुमत नपुगे हट्नुपर्छ | संसदप्रति जवाफदेही हुनुपर्छ | मैले बुझेको यही हो |
प्रत्यक्षमा जनताले भोट दिन्छन् | राष्ट्रपति वा प्रधानमन्त्रीको पदका लागि | सांसदले राष्ट्रपति चुन्दैनन् | प्रधानमन्त्री पनि चुन्ने व्यबस्था हुँदैन | दूवै अवस्थामा मन्त्रिहरू कार्यकारीप्रति जिम्मेदार हुन्छन् | यसमा पनि महाभियोग हुन्छ | ७५% सांसदले अविश्वास गरे कार्यकारी हट्छ | बेलायत, अमेरिका, चीनमा प्रत्यक्ष निर्वाचन हुन्छ | केही नेपाली यस्तै चाहन्छन् | बेलायतमा प्रधानमन्त्री हुन्छन् |
तर यहाँ अर्को समस्या छ | प्रत्यक्ष कार्यकारी व्यबस्थामा बहुमत आवश्यकता पर्छ | धेरै दल भएको प्रणालीमा जटील हुन्छ | भोट संख्याको ५१% मा प्राप्त गर्नैपर्छ | प्रत्यक्षमा थोरै दल हुन्छन् | बहुमत न आउंदासम्म प्रतिस्पर्धा चल्छ | प्रत्यक्षमा जाँदा धेरैदल थोरै हुन्छन् | प्रत्यक्ष र अप्रत्यक्ष दूवै व्यबस्था हुन् |
नेपाल जटील छ | जनता धेरै पार्टीमा विभाजित छन् | सबैको आ-आफ्नो एजेण्डा छ | सबैले सत्ता प्राप्त गर्न चाहन्छन् | सबैले आफ्नो प्रतिनिधित्व चाहन्छन् | नेपाली संबिधान यस्तै छ | मान्छेहरू महत्वाकांक्षी भएका छन् | नेता बनाउने फ्याक्ट्री नै खुलेको छ | जतासुकै नेतानै नेता छन् | राजनीति व्यापार बनेको छ | राजनीति जागिर बनेको छ | मान्छेहरू सुखका लागि नेता बन्न इच्छुक छन् | मान्छेहरू ठग्नका लागि नेता बन्दै छन् | मान्छेहरू इजी मनीका लागि नेता वन्दैछन् | मान्छेहरू विलासी जीवनका लागि नेता बन्दै छन् | कमिसन र श्रमविनाको पैसा नेताको आकर्षण हो |
प्रत्यक्ष चुनिएको व्यक्ति धेरै शक्तिशाली हुन्छ | अमेरिकाको राष्ट्रपतिझैं बलियो हुन्छ | नेपालीले समानुपातिकताको कुरा गर्छन् | अधिकारको कुरा गर्छन् | समस्यामा सम्बादको कुरा गर्छन् | कार्यकारी प्रमुख प्रत्यक्ष लिडर हुन्छ | जनताले तानाशाह बन्ने शक्ति दिएका हुन्छन् | नेपालीलाई त्यो धान्न सजिलो हुँदैन | सुन्न लोकप्रिय लाग्छ | व्यबहारमा निकै जटील हुन सक्छ | ओली. देउवा, प्रचण्डलाई तानाशाह भन्नेहरू छन् |व्याबहारिक रूपमा यी तानाशाह बन्न सक्दैनन् | तर प्रत्यक्षलाई रोक्ने कुनै हुँदैन | सबै उसैको नियन्त्रणमा हुन्छन् |
कुन् ठीक कुन वेठीक ? भन्न सकिन्न | खेल माइण्ड-सेटमा हुन्छ | असल मान्छे परे असल हुन्छ | खराव परे ५ वर्ष कसैले रोक्न सक्दैन | असल र खरावको भविष्यवाणी गर्न सकिन्न | अहिलेसम्म माइण्ड-सेटमा विश्वास गर्न सकिने कुनै नेता छैन | जुनसुकै नेता विरुद्ध अर्को नेता छ | भगवान् नै नेता बने पनि अविश्वास गरिने छ | मान्छेको मनमा अविश्वास बलियो छ | जुन जोगी आए पनि कानै चिरेको विश्वास बलियो छ | विश्वास जगाउने काम जटील छ | यही जटीलताको भूमरीमा नेपाली छन् | प्रत्यक्ष कार्यकारीको लागि को योग्य होला ? प्रश्न जटील छ | समस्या अविश्वास र विश्वासको छ | जनता स्थायित्व चाहन्छन् | जनता विकास चाहन्छन् | जनता जीवनमा सुधार चाहन्छन् | यही सुधार छैन | नेतृत्वहरू “आफ्नावादी” छन् | यहीं समस्याको जड छ |
प्रत्यक्षकार्यकारी जादुको लौरो होइन | लोकतन्त्रवादीहरूले जादुको छडी देखाएर परिवर्तन खोजे | परिवर्तन फेल भयो | मान्छे निराशामा भरिए | जनताले आशा गरिरहे | नेताले आश्वासन दिईरहे | निराशाको बिस्फोट भयो | नेता मान्न तयार छैनन् | उनी अझैं आश्वासन दिन चाहन्छन् | हामी विकास गर्दैछौं, हामी जीवनशैली बदल्दै छौँ – तर केका आधारमा पत्याउने ? समस्या मात्रै देखाएर समस्या समाधान हुँदैन | नेताहरू यही चुकेका हुन् | प्रत्यक्ष र अप्रत्यक्ष बहसको विषय हो | मूल कुरा माइण्ड-सेटको हो | नेता जनताको सेवक हो – विश्वको सबैभन्दा ठूलो झूट यही हो | नेपालका हकमा झन् बढी भयो | विस्फोटको कारण पनि यही बन्यो |
म भन्छु – माइण्ड-सेट बदलौं | आफ्नावादको माइण्ड-सेट | नेतावादी माइण्ड-सेट | भष्ट्राचार गर्ने माइण्ड-सेट | विदेशी भक्तिको माइण्ड-सेट | अविश्वासको माइण्ड-सेट | आफुमात्रै असल हुने माइण्ड-सेट | आश्वासन दिने माइण्ड-सेट | झुक्याएर शक्ति प्राप्त गर्ने माइण्ड सेट | सित्तैवादको माइण्ड-सेट | यी सबैको अन्त्य कसरी गर्न सकिन्छ ? यसमा काम गर्न जरूरी छ | नेपाल बन्छ तर माइण्ड-सेट वदलिनु पर्छ | कुरा ठूला होइन | काम ठूलो गरौँ | मान्छेहरू विश्वास गर्छन् | अनि, प्रत्यक्ष होस् वा अप्रत्यक्ष दूवैले सम्मान प्राप्त गर्ने छन् |
अहिले मभित्र एउटा डर छ | भित्री त्रास छ | आन्दोलन आयो | नेपाल जल्यो | मान्छेहरूको असहिष्णु व्यबहार उदाङ्गो भयो | लुटेराहरू जुर्मुराए | असलहरूले रोक्न सकेनन् | असल भन्नेहरू बोइलर कुखुरा ठहरिए | देख्न, सुन्न र बोल्न राम्रा | व्यबहारमा काँचा | भीड बोलाए | नियन्त्रण गर्न जानेनन् | देश अराजक बन्यो | भविष्य जोखिमपूर्ण छ | टोले गुण्डाहरू | जातिवादी गुण्डाहरू, भाषावादी गुण्डाहरू, क्षेत्रवादी गुण्डाहरू, धर्मपरिवर्तन गराउने गुण्डाहरू सक्रिय हुने छन् | सित्तैवादको मीठो स्वादमा पल्किने छन् | अनि, अनन्त द्वन्दमा हामी फस्ने छौँ | कमजोरहरूमा सबै खेल्छन् | धेरै राष्ट्रहरू हाम्रो कमजोरीमा खेल्ने छन् | माइण्ड-सेट परिवर्तन गरौँ | अगतिलो भविष्यवाणी असफल होस् |
यो गनगन पढ्ने हिक्मत गर्नुभएकोमा धन्यवाद | तपाईंलाई सुनको माला | मलाई फुलको माला | कथा मानेर पढ्नेहरू यथास्थितिवादमा रमाउने छन् | कर्म मानेर पढ्नेहरू काममा लाग्ने प्रयत्न गर्लान् | म निराश छैन | निराशाको पक्ष पोषण गर्दिन | तर माइण्ड-सेट परिवर्तन गर्न सजिलो हुँदैन | किनभने माइण्ड-सेट नै स्वार्थले भरिएको छ | वाहिर केही बोल्छ, भित्र केही गर्न प्रेरित गर्छ | सोच्ने केही | बोल्ने केही | गर्ने अर्को | अव यो माइण्ड-सेट कमजोर हुनैपर्छ |
जय नेपाल

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *