नासाको एउटा खवर !!

नासाको एउटा खवर !!

नासाको एउटा खवर !!

आज नासाको एउटा खवर पढें | हवल टेलीस्कपले ठूलो काम गरेछ | दुई खरव प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ | म भने निकै अलमलमा परें | टेलीस्कपले प्रकाशको फोटो खिचेको हो | हबलटेलीस्कपले फोटो खिच्दै गर्दा उपर्युक्त ग्यालेक्सी मरेको अरबौँ वर्ष वितेको हुनसक्छ | मृत्युपछि फोटो खिच्ने कला हवलसंग छ | १ प्रकाश वर्ष टाढाको तारा मर्यो भने हवलले एकवर्षपछि मात्र थाहा पाउँछ ! तैपनि वैज्ञानिकले भने पछि हामीले लुरुक्क विश्वास गर्छौं | सायद यही विज्ञानवाद हो | विज्ञानवादी बन्नका लागि विज्ञानमा विश्वास गरे पुग्छ | नेपाली र भारतीयहरूका लागि नासाको नाम नै पर्याप्त हुन्छ | धेरै हुँदानभएका कुरा पनि जोडेर नासाको नाम जोडेर आउँछन् |
स्टिफेन हकिन्सले लेखे “मान्छेको भेजाको शक्तिले पृथ्वीको अस्तित्व रहेसम्म हाम्रो ग्यालेक्सी तर्न सक्दैन | यसको यसको अर्थ हो – दुई अरव प्रकाश वर्षको ग्यालेक्सी भएको विश्वास मात्र हो | विज्ञानले बोलेपछि गरिएको अन्धविश्वास हो | किनभने आजका वैज्ञानिकहरूले भनेका हुन् | बैज्ञानिकको कुरामा विश्वास नगर्नु प्रतिगमन हो | धर्ममा विश्वास गर्नु अन्धविश्वास हो | नासाले लेखेका कुरामा विश्वास गर्नु सत्यमा विश्वास हो | मान्छेहरू यसै गरी बाँचिरहेका छन् |
बैज्ञानिकहरूले “क्वान्टम-फिजिक्स” हुन्छ भनेपछि अविश्वास गर्नुको कुनै कारण छैन | डार्क-म्याटर होस् वा नहोस् ? प्रश्न गर्न मिल्दैन | एक प्रकाशवर्षको दूरी नाप्न प्रकाशलाई एकवर्ष लाग्छ भन्ने कुरा हामी पत्याइरहेका छौँ | विज्ञानका नाममा हाम्रो मष्तिस्कले एकवर्ष बासी ताराको ज्ञान पचाउन थालेको छ | मान्छेको माइन्ड विज्ञानका नाममा जेजस्तो सुकै पत्याउने गरी तयार गरिंदै छ | ग्यालेक्सी, युनिभर्स र मल्टीभर्सको सपना देखाएर विज्ञानप्रति विश्वासको व्यापार गरिंदैछ |
मैले मेरा भौतिकशास्त्री दाईलाई सोधें “दाई ! यो दुई खर्व प्रकाश वर्ष टाढाको ग्यालेक्सी जानेर मान्छेलाई के प्राप्त हुन्छ ? दाई अलमलिनु भयो | कक्षाकोठाको विद्यार्थीले यस्तो प्रश्न गरेको भए उत्तर सजिलै दिन मिल्थ्यो तर एउटा दर्शनशास्त्रीका लागि उत्तर चित्त बुझ्दो पनि हुनुपर्छ | सायद, हामीले दुई खर्व वर्ष पुरानो भूतको फोटो देखाएर मान्छेको बुद्धिमा विज्ञानले भने पछि जस्तो सुकै कुरामा आँखा चिम्लेर विश्वास गर्नुपर्छ भन्ने विश्वासको अभ्यास गराइरहेका छौँ | यसबाट एउटा एस्तो बखत पनि आउने छ, मान्छेहरूले विज्ञानमा अविश्वास गर्ने छन् | एस्तो अविश्वासलाई मन्थर पार्न “ब्लेक-ट्युव”को उठान गरिंदै छ | सायद, मान्छेले निकट भविष्यमा नै ट्युवमा सवार भएर दुई खरव प्रकाश वर्ष टाढाको सम्भवत: मृत ग्लेयाक्सीमा टुरिस्ट बन्ने छौँ ? विचार गरौँ, आजको मितिमा म प्रकाशको गतिले तेतातिर प्रस्थान गरें भने पुन: दुई खरव वर्ष लाग्ने छन् !
बाँदरबाट मान्छे कसरी बन्यो भन्ने विवाद टुंगिएको छैन | आजको मितिमा कुनै पनि अर्धमानव अवस्थामा छैन | वांदर पनि पूर्ण छ मान्छे पनि पूर्ण छ | फेरी मान्छे र बाँदर विचको अवस्था खै ? चाल्स डार्विनका पांचबटा नियमहरूको टुप्पो कसरी समात्ने हो ? हार्वड स्पेंसरको विकासवादको अन्त्य भएको हो | बाँदरहरू होमोसेपियन बन्ने क्रममा भेटिन्नन् | विज्ञानिकहरूसंग यस्तो कुरा सोध्नु हुँदैन किनभने यस्तो प्रश्न सोध्ने मान्छे “नास्तिक” हुन्छ | अर्थात् विज्ञानसंग विज्ञानको विकास सोध्नु, अर्थसङ्गत खोज्नु विज्ञान विरुद्ध होला नहोला तर विज्ञानका व्यापारीहरूको हित विपरित अवश्य ह्हो |
ईश्वर छ कि छैन – मलाई पटक्कै थाहा छैन | थाहा नहुनुको अर्थ ईश्वर नहुनु होइन | मैले अमेरिका देखेको छैन तर मैले नदेख्नुको अर्थ अमेरिका नहुनु हैन | मैले मेरो पाँचौं पुस्ता पहिलेका जिजुवुवा-जिजुआमालाई देखेको छैन तर उनीहरू थिए | अब्जरवेवल युनिभर्समा विश्वास गर्ने तर ईश्वरको अस्तित्ववारे कुरा गर्दा, आत्माको अमरत्व वारे कुरा गर्दा निमोठिएको कुरा गर्ने ! एउटा सिक्काका दुईबटा पाटा हुन् | एकातिर मान्छेले “एक प्रकाश वर्ष टाढाको सूर्यसम्म बुझ्न सक्दैन” भन्ने अर्कोतिर दुई अर्व टाढा छ भन्ने विश्वास दिलाउन हबलस्कापका फोटाहरू देखाउनु – मेरो लागि चित्त बुझ्ने तत्थ्य होइन | कमसेकम यस्तो खोजले मानव समाजका लागि कुनै उपहार दिने छैन |
धार्मिकतालाई बुझ्ने र बुझाउने वैदिक र पश्चिमा दृष्टिकोण फरक छ तर विज्ञानका विषयमा एस्तो छैन | विज्ञान सबैका लागि एकसरह हुन्छ | विज्ञानका क्षेत्रमा पश्चिमाहरूले धेरै काम गरेका छन् | समस्या के हो भने निर्जीव तथा विवेकहीन विज्ञानसंग राजनैतिक शक्ति जोडिएको छ | व्यापारीहरूको स्वार्थ जोडिएको छ | धार्मिकता सद्गुण हो भनेर बुझ्दा विज्ञानलाई मदत मिल्छ तर धार्मिकता अन्धविश्वास हो भनेर बुझ्दा मानवीय स्वभावको अपमान हुन्छ | मानवीय भावनाको अपमान गर्ने बैज्ञानिक जडवस्तुसरह हुन्छ | हरेक व्यक्तिलाई “सब्जेक्ट” ठान्ने चिकित्सक मान्छेरहन सक्दैन | मान्छे भएर पनि मान्छे रहन्न | यो विज्ञानको आलोचना होइन सीमा हो | विज्ञान आफैमा समस्या होइन र समाधान पनि होइन | उपभोक्ताको उपभोग्य साधन हो | साधनलाई साधनकै रुपमा बुझ्नु पर्छ | साध्यका रूपमा विश्वास गर्न थाल्दा समस्या उत्पन्न हुन्छ | दुई अर्व प्रकाश वर्ष टाढाको ग्यालेक्सी मानवीय उपयोगको वस्तु हुने वा साधनका रुपमा प्रयोग हुन सक्ने अवस्था आउने छैन |
धर्म शब्दलाई सद्गुणको रुपमा प्रयोग गर्नुपर्छ | मैले इसाई, मुस्लिम वा यहुदीहरूको कुरा गरेको होइन | विज्ञानको आलोचना हुनुपर्छ जसले त्यसमा विकृतिहरूले प्रवेश नपाउँन् | धर्म (इसाई. मुस्लिम, बौद्ध, जैन)ले विश्वलाई १४ पटक खरानी बनाउने शक्तिभएका बमहरूको आविष्कार गरेको थिएनन् | धर्मबाट प्राकृतिक विश्वलाई कुनै जोखिम छैन | जोखिम बैज्ञानिकहरूका आविष्कारहरूबाट छ | जव विज्ञान राजनैतिक शक्तिको दास बन्छ, जव विज्ञानले आफ्नो बाटो छोडेर (मानव र प्रकृतिको कल्याण छोडेर) २ खर्व परका ग्यालेक्सीको सपना दिन्छ, प्रश्न उठ्नैपर्छ | रह्यो, धर्मका वारेमा, आजको मितिमा सबैभन्दा प्रश्न नै धार्मिक (सद्गुणीले होइन)ले भोग्नु परिरहेको छ | रह्यो, विज्ञान जीवन्त छ र दर्शन मृत्य भयो भन्ने कुरा – मैले निर्माण गरेको बन्दुकले तमलाई नै मार्न सक्छ | “तिमी मेरा आविष्कारकर्ता हौँ” भनेर मलाई जोगाउने प्रयत्न गर्दैन | यदि मान्छेसंग दर्शन नहुँदो हो त विवेकहीन विज्ञानले आविष्कार गरेका बमहरूले विश्व खरानी भैसक्थ्यो | मान्छेभित्र जीवन्त रहेको दर्शनलाई धन्यवाद दिनुपर्छ | अनि, स्टिफेन हकिन्सलाई सम्झनुस् जसले “मान्छे आफ्नो विनाशको कारण आफै बन्ने छ” भनेर मरे | विज्ञान जीवन्त त मृत केही छैन | त्यो न गतिशील छ, न गतिहीन नै | हाम्रो दृष्टिकोणले यसो भनेको हो | विज्ञान गतिहीन सत्य हो भने बैज्ञानिक (चेतना) गतियुक्त सत्य हो | चेतना विज्ञानको दास बन्नु हुँदैन नत्र २ अरव प्रकाश वर्ष टाढाको ग्यालेक्सीमा जीवनका लागि उपयोगिताको कल्पना गर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *