संस्कृत वारे ८ हरफ
विश्वमा ७१५१ बटा भाषा छन् | एतिनै सङ्ख्यामा भाषाहरू सधैंका लागि लोप भैसकेका छन् भने करिव ८०० भाषाहरू लोपोन्मुख छन् र सन् २०५० सम्म करिव ३७० भाषाहरू सधैंका लागि लोप हुने अनुमान गरिएको छ |
आधुनिक भाषाशास्त्रीहरूले संस्कृत भाषालाई करिव ५००० वर्ष पुरानो मानेका छन् भने परम्परागत भारतवर्षीय विद्वानहरूले संस्कृतलाई देवभाषा अर्थात् देवताहरूको भाषाका रूपमा ग्रहण गर्छन् | आजको इतिहासमा विश्वको कुनै पनि कुनामा संस्कृतजति प्राचीनभाषा जीवित छैन | दोश्रो सबैभन्दा प्राचीन जीवित भाषा पनि भारतवर्षकै “तमिल”हो भएको विश्वास गरिन्छ भने चिनीया भाषा पनि प्राचीन भएको विश्वास गरिन्छ तर संस्कृतजति होइन |
आजको मितिमा प्राचीन रोमन, ग्रीकेली भाषाका जानकारहरू त छन् तर यी दूवै भाषालाई मातृभाषाका रूपमा बोल्ने एकजना मान्छे पनि छैन | सन् २०२१ को जनगणनाअनुसार नेपालमा संस्कृत बोल्नेहरूको सङ्ख्या १३५४६२ रहेको र २०२२ को रिपोर्टअनुसार भारतमा मातृभाषा नै संस्कृत भएको जनसंख्या २४८२१ रहेको भेटिन्छ | यसैगरी २०११ मा विश्वभरी संस्कृत बोल्नेको सङ्ख्या २३६०८२१ भने सन् २०२४ मा यो जनसंख्या बढेर करिव १५ लाख पुगेको अनुमान गरिएको छ |
उपर्युक्त डाटाहरू अध्ययन गर्दा विश्वभरी नै संस्कृतभाषाप्रति अभिरुचि भनेको बुझ्न सकिन्छ | हिन्दू, जैन तथा बौद्धहरूमा संस्कृतभाषा जान्नेहरू बढी छन् तर विदेशीहरूमा पनि संस्कृत जान्ने र पढ्ने रहर जागेको छ | नेपालमा पनि वि.स. २०६३ एता संस्कृत पढ्ने/पढाउने जनसंख्या ह्वात्तै बढेको छ | सबैभन्दा महत्वपूर्ण कुरा, विश्वभरी हरेक दिन २८ संस्कृतभाषामा लेखिएका नवीन कृतिहरू लोकार्पण गरिन्छन् | करिव ८ बटा अन्यभाषाबाट संस्कृतमा अनुवाद गरीएका पुस्तकहरू बजारमा आउँछन् र हरेक दिन गरिव ७० हजार संस्कृतभाषाका पेजहरू वेभसाइटमा अपलोड गरिन्छन् भन्ने अनुमान छ |
हामी नेपालीहरूको गौरव हो कि हामी हिन्दू, जैन तथा बौद्धहरूसंग संस्कारको प्राचीनतम भाषाको मौलिक अधिकार प्राप्त छ | केही घृणावादीहरूले संस्कृतभाषाप्रति बिष बमन गरे पनि संस्कृत आफैमा अमृतभाषा भएको कारण आलोचकहरूले समेत क्रमशः आलोचना र निन्दाका लागि भए पनि यसको अध्ययन गर्दैछन् | यो हामी नेपाली तथा भारतेलीहरूका लागि निकै गौरवको कुरा हो |
आफ्नो भाषा सबैलाई प्रिय हुन्छ | सबैले आ-आफ्ना भाषाको प्रवर्धन गर्न काम गरौँ तर संस्कृत भाषाको गुण कुनै पनि भरपेली भाषाहरूले विर्सनु हुँदैन | नेपाली भाषाका ७०% शब्दहरू संस्कृतका छन् | मैथिली, भोजपुरी, हिन्दीजस्ता अनेकौं भाषाहरू संस्कृतभाषाको अभावमा जीवित रहन सक्दैनन् | संसारका ७०० भन्दा बढी भाषाहरूले संस्कृतका शब्दहरूमा उभिएर भाषाको पद प्राप्त गरेका छन् | आज सबैलाई अंग्रेजीले डोमिनेट गरे पनि संस्कृतको सांस्कृतिक तथा धार्मिक महत्व कम भएको छैन | घृणावादीहरूले आत्महत्या गरे पनि संस्कृतको गौरव कम हुँदैन |
हामी हिन्दू, बौद्ध तथा जैनहरूको कर्मकाण्ड र आध्यात्मिक साधनाको भाषा नै संस्कृत भएकोले हरेक दिन यसको जीवन्त प्रयोग भइरहेको छ | आफ्नो गौरवलाई हामीले चिन्नुपर्छ र विश्वका लागि चिनाउने प्रयत्न गर्नुपर्छ | संस्कृत मृतभाषा हो भनेर पहिलो कार्यपत्र प्रस्तुत गर्ने अक्सफोर्डका विद्वान आफै अचम्ममा परेका छन् कि संस्कृत पुन: कसरी विस्तार हुँदैछ !
संस्कृत जीवन्त भाषा हो भन्ने तत्थ्यहरू सिद्ध गर्न उपरोक्त प्रमाणहरू पर्याप्त छन् | तर संस्कृत नै आफ्नो जरोकिलो भएका हामी भारतवर्षका निवासी र भारतवर्षमूलका विदेशी वा संस्कृतभाषालाई माया गर्ने विदेशी सबैले संस्कृत भाषाको विस्तारमा अझै बढी ध्यान दिनु पर्ने छ | संस्कृत भाषामात्र नभएर एउटा जीवन्त संस्कृति र सभ्यता पनि हो | यो सभ्यताको विकास, विस्तार र प्रवर्धनको गहन जिम्म्वेदारी बोध सबैमा हुनुपर्छ |
