महायोगी गोरखनाथ

महायोगी गोरखनाथ

महायोगी गोरखनाथ

महायोगी महाशिव भगवान् गोरखनाथ (गोरक्षनाथ) र धर्मचक्र प्रवर्तक आर्य गौतम बुद्ध दूवैलाई उहाँहरुको जन्मजयन्तिका अवसरमा सादर नमन | सनातन धर्म, संस्कृति तथा परम्पराका यी दूवै खम्बामा नेपालको मौलिकता जोगिएको छ | नेपालीको पहिचान जोगिएको छ |
दूवैले सिकाएको सनातनको बाटो सजिलो छैन तर हिड्नेहरूको आफ्नो र विश्वको कल्याण हुन्छ | हिड्ने प्रयत्न गर्नेहरू धन्यवादका पात्र हुन् |
नेताले बुद्धलाई सम्झिन्छन् तर नेपालका राष्ट्रगुरु श्रीगोरखनाथको नाम पनि लिंदैनन् | किन होला ? बुद्धिमानले आफै कुरा बुझ्नु | मेरो शुभकामनामा उभौली-साकेला समेत जोडेर स्वीकार गर्नु होला |
घृणावादीलाई कुनै पनि प्रेमपूर्ण आग्रहले छुंदैन किनभने घृणावादको आरनमा घृणामात्र अर्चापिन्छ | घृणावादको अचानोमा बुद्ध र गोरखनाथ दूवै परेका छन् | गोरखनाथलाई अस्वीकार गरेर बुद्ध खोज्नेहरू र बुद्धको अस्तित्व अस्वीकार गरेर गोरखनाथ खोज्नेहरूको धर्मनै “घृणावाद” हो भनेर बुझ्न आजको दिन महत्वपूर्ण होस् |
आज गज्जवको संयोग परेको छ – अंग्रेजी मितिको हिसावले आज जर्मन विद्वान अर्थशास्त्री तथा मार्क्सवादका जनक कार्लमार्क्सको (५ मे) जन्म दिन पनि परेको छ | कार्लमार्क्सले आरम्भ गरेको राजनैतिक दर्शनको विश्वभरी अद्भुत प्रभाव पारेको छ |
नेपालको नेतृत्वतहमा मार्क्सवादी चिन्तनका धेरै शुभचिन्तकहरू छन् | नेपाली मार्क्सवादीहरू भौतिकवादी मार्क्सवादभित्र बुद्ध, महामुनि कपिल तथा कणादलाई समाहित गर्ने प्रयत्न गरिरहेका छन् र मार्क्सवादको आरनमा हालेर बुद्ध, कपिल तथा कणाद सबैलाई प्रगतिवादी बनाउने सपना देखिरहेका छन् | कतिपयले त आफुले बुद्धको बाटो समाएको घोषणा नै गरिसकेका छन् |
विश्वभरीबाट तिरस्कृत भएको मार्क्सवाद बोकेर हिड्नेहरूको क्षणिक भलो होला तर आम नेपालीले भने गरिवी, अशिक्षा, भ्रष्ट्राचारबाट उन्मुक्ति प्राप्त गर्न मार्क्सवादलाई भोट दिएका छन् आफ्नो मौलिक संस्कृति तथा पहिचानका सवालमा नेपालीहरू श्रीगोरखनाथ र बूढसंग नै छन् भन्ने ठहर छ |
पूनर्जन्ममा विश्वास नगर्ने, कर्मफलमा विश्वास नगर्ने कार्लमार्क्सको जन्म दिनमा शुभकामना दिनुको कुनै औचित्य नै छैन | नेपाली राजनीतिमा जातीयता र घृणावादको सम्बाहक बनेको मार्क्सवादले आफ्नो आम नेपालीको कल्याण गर्ने छैन |
महाशिव गुरुगोरखनाथको जीवन अहिंसक छ, कल्याणदायी छ भने बुद्धले दु:ख मुक्तिका लागि संसारलाई क्षणभंग मान्ने र देख्ने अभ्यास सिकाएका थिए | कार्लमार्क्सले युद्ध, हिंसा र शक्ति आर्जनको बाटो देखाएका थिए | यहुदी, इसाई तथा मुस्लिमहरूको अर्काको अस्तित्व स्वीकार नगर्ने जिन कार्लमार्क्सले अङ्गीकार गरेका छन् | कार्लमार्क्सका चिन्तन र त्यसको व्याबहारिक प्रयोगको तुलना बुद्ध तथा गोरखनाथसंग गर्नु “अपराध” हुन्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *