सेतो घोडा

सेतो घोडा

यो कथा होइन : ११६
स्थान : आफ्नै निवास, समय : ३:४६
एउटा सेतो घोडा चौरमा घाँस चलिरहेको थियो | हरियो चौर आकर्षक देखिन्थ्यो | घोडा पनि निस्फिक्री थियो, सायद घाँसको आनन्द लिइरहेको थियो | सफा आकाशको आनन्द फरक हुन्छ |
त्यसपछि तेहा रातो र कालो दुई घोडा देखिए | ती दूवै घोडाहरू सेतो घोडातिर निकै आक्रामक देखिए | हेर्दाहेर्दा ती दूबै घोडाले आक्रमण गरे |
सेतो घोडा आफ्नो ज्यान जोगाउन दौडन थाल्यो | अघिअधि सेतो घोडा पछिपछि रातो र कालो घोडा | सेतो घोडा चौरबाट वाहिर निस्कन चाहन्थ्यो तर चौरका किनारामा थुप्रै मान्छे थिए | तिनको हातमा ढुङ्गा थिए र सेतो घोडातिर फर्केर प्रहार गर्थे |
निराश भएको सेतो घोडाले बल्लबल्ल नजिकैको खोला तर्यो तर रातो र कालो घोडाले खेदिरहेका थिए | खोलाको पल्लो किनारापछि घना जङ्गल थियो तर अचम्म, त्यो घना जङ्गलको किनारामा पनि मान्छेहरू हातमा ढुङ्गा लिएर बसिरहेका थिए |
त्यो सेतो घोडाले मान्छेहरुले प्रहार गरेका ढुङ्गाहरूको कष्ट सहेर पनि घना जङ्गलभित्र पस्यो | दूवै घोडाहरू जङ्गलको किनारामा रोकिए | मान्छेहरूका हातबाट ढुङ्गाहरू हराए |
————
मैले बुझे रातो र काला घोडाहरूले सेतो घोडालाई निरन्तर घेरिरहेका छन् तर त्यो घेराउबाट जोगिने काम सेतो घोडाकै हो |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *