एलोपेथ र आयुर्वेद सहकार्य गर !!
आधुनिक चिकित्साको विश्वासनीयता बढी छ किनभने परीक्षण विधि र रोग-निराकरण गर्ने क्षमतामा अन्य चिकित्साविधिहरूले यसका तुलनामा सफलता प्राप्त गरेका छैनन् | निश्चित मानदंड अन्तरगत विज्ञानको सहयोग लिएर एलोपेथिक चिकित्सा पद्यति निर्विवाद स्वीकारको विषयवस्तु बनेको छ र एसले तेस्तो क्षमता देखाएको पनि छ |
तर मान्छेलाई “सब्जेक्ट”का रूपमा परिभाषित गर्ने र केवल रसायनिक संरचनाका आधारमा विस्तार भएको यो प्रणालीमा “मान्छेको मानवीय पक्ष अर्थात् मूल्यगत पक्ष जसका आधारमा मान्छेले आफुलाई बुद्धिमान” प्रमाणित गरेको छ, एसले बौद्धिकता, अनुभूति, बुझाई आदि मानसिक तथा बौद्धिक पक्षलाई महत्व दिंदैन |
आधुनिक विज्ञानको घोडा चढेर तीब्रगतिमा अगाडी बढिरहेको एलोपेथिक चिकित्साविधिले अन्य चिकित्सा-विधिहरूलाई निकै पछाडी छोडिसकेको छ | अन्यलाई पछाडी छोड्नु कत्ति पनि अनुचित होइन तर अन्य चिकित्सा विधिप्रति अविश्वास तथा अश्रद्धा उत्पन्न गराएर तिनको विकासमा समेत अवरोध उत्पन्न गरेको छ |
आज कोरोनाले विश्व आक्रान्त छ तर विश्वका सरकारहरू, बुद्धिजीविहरू र सरोकारवालाहरू “आधुनिक मेडिकल साइन्स”ले औषधि निर्माण गर्ला भन्ने भाग्यवादमा उभिएका छन् | सरकारहरूले आँखा चिम्लेर अनन्त बजेट छुट्याएका छन् | तर अन्य चिकित्साविधिप्रति एकसुको इन्भेस्ट गरेका छैनन् | विज्ञानप्रति विश्वास हुनु गलत होइन तर एउटा विज्ञानप्रति अन्धविश्वास र अर्को प्राकृतिक विज्ञानप्रति स्वाभाविक अश्रद्धाले एउटा अपूरणीय क्षति भएको छ |
एलोपैथीआदि कुनै पनि औषधिहरू पूर्ण छैनन् | एलोपैथी अन्यका तुलनामा जतिधेरै प्रभावकारी छ तेसै तुलनामा साइड-इफेक्टको क्षमता पनि राख्छ | अधिकतम उपयोगी हुनुको अर्थ १००% उपयोगी तथा फलदायी हुनु होइन | केही एस्ता क्षेत्रहरू छन् जसमा आयुर्वेद १००% सफल छ | यही सफलतालाई आधार मानेर करोनाको उपचारमा आयुर्वेदको संलग्नता सुनिश्चित हुनुपर्छ |
हजारौं वर्षदेखि प्रकृतिसंग जोडिएर चिकित्सा गरिरहेको आयुर्वेदप्रति सरकारहरूको चरण लापरवाहीपन आधुनिक एलोपेथिक विज्ञानप्रतिको अन्धविश्वास हो | करोनाको कहरले आधुनिक विज्ञानमा आधारित एलोपेथी र प्राचीनकालदेखि नै समुदायको स्वास्थ्य सेवा गरिरहेका आयुर्वेद बीच सहयोगात्मक समबन्ध स्थापित गर्न मदत गर्न सक्छ |
आयुर्वेदले कोरोनाको औषधि पत्तो लगाए पनि अलोपेथीले औषधि खोजे पनि भलो मानव-समाजकै कल्याण हुनेछ | मान्छे प्राकृतिक प्राणी हो भने करोनाजस्तो विषाणुको औषधि पनि प्रकृतिमै हुनुपर्छ र छ | आयुर्वेद र एलोपेथ दूवै मिलेर कोरोनाको औषधि खोज्नेतिर ध्यान दिनुपर्छ | किनभने आजका मितिसम्म एलोपेथि करोनाका अगाडी फेल नै भएको छ |
एलोपेथले जतिसुकै अभिमान गरे पनि आजका मितिसम्म करोनाको उपचारमा एलोपैथी औषधिले होइन, संक्रमितको भाग्यले साथ दिएकोले निको भएका छन् | आयुर्वेदले त अवसर नै प्राप्त गरेको छैन | हालै केही आयुर्वेदाचार्यले आफुले कोभिड-१९ निको पार्ने घोषणा गरे तर आधुनिक चिकित्सा पद्धतिप्रतिको अन्धविश्वासले ती आवाजहरू दवे | उनीहरूले बोलेको कुरा सत्य हुनसक्छ भनेर परीक्षणको मौका दिनु पर्थ्यो | परीक्षणको अवसर नै नदिई खारेज गर्नु हदैसम्मको बेइमानी हो र सरकार आफैले संचालन गरेको आयुर्वेद प्रणालीप्रति विश्वासघात हो |
उप्रान्त, नेपालको रैथाने आयुर्वेद र आधुनिक विज्ञानका आधारमा विकसित र विश्वासनीय ठहरिएको एलोपेथले करोनाको कहरको अवसरलाई सहकार्यको संस्कृतिलाई अगाडी बढाउनुपर्छ | आयुर्वेदाचार्य (मैले डाक्टर भन्न मन पराउन्न | आयुर्वेदाचार्यले हाम्रो औषधि विज्ञानको प्राचीनता र मौलिकतालाई प्रतिध्वनित गर्छ) आधुनिक चिकित्साकहरूले सहकार्य गर्नुपर्छ | मेरो आग्रह र बुझाई एत्ति हो |

