अथ इन्टरनेटकथा !!

अथ इन्टरनेटकथा !!

अथ इन्टरनेटकथा !!

विश्वविद्यालयले भन्छ अनलाइन पढाउँ | विद्यालयहरूले भन्छन् बालबालिकालाई अनलाइन पढ्ने व्यबस्था गर | लकडाउनमा घर वसेर फुर्सदमा भएका गुरू, विद्वानहरू अनलाइनमा आफ्ना प्रवचन सुन्न आग्रह गर्छन्, आफुलाई पनि सुन्न मनपर्छ |
यी सबैका लागि इन्टरनेट चाहिन्छ | इन्टरनेट भएर मात्रै हुँदैन माथि भनिएका काम गर्ने सक्ने इन्टरनेट चाहिन्छ | अनि, घरमा इन्टरनेट छ भनेर सजिलैसंग पढाउने, पढ्ने, सुन्ने, हेर्ने जिम्मा लिन्छु | तर हरेक पटक जिम्मा लिएकोमा पछुतो मान्छु | नेपाल सरकार र निजी कम्पनीहरूको सम्पत्तिमा आफ्नो अधिकार छैन भनेर मुरमुरिनु वाहेक मसंग कुनै उपाय छैन |
यो इन्टरनेट पनि ठ्याक्कै नेपाल सरकारजस्तो छ कामको वखतमा कत्ति पनि काम नलाग्ने | छोराछोरीले अनलाइन पढ्न लोगिन गर्न खोज्दा पटक्कै जोडिन्न, गण्डकीमा भूमरी परेझैं घुमिरहन्छ | आफुले पढ्न/पढाउँन खोज्यो ज्यान गए जोडिन्न, जोडियो भने पनि फुत्तफुत्त वाहिर भागेर व्यर्थनै विद्यार्थीहरूलाई बोलाछु जस्तो लाग्छ |
देश-विदेशमा चलेका असल सत्संग, सेमिनार, कुराकानीसंग त् झन् यी इन्टरनेट प्रदाताहरूको घोषित शत्रुता नै छ किनभने अनलाइन सेमिनार आरम्भ हुनुका साथै इन्टरनेट कनेक्सन स्वर्गे हुन्छ | तेस वखत अगाडिको ल्यापटप वा मोबाइल फोनले ज्यान जोगाउन गारो हुन्छ | अस्ति बाबुले ल्यापटापकोको की-बोर्ड नै फोरेछ |
देशले विकास गरोस् वा नगरोस्, इन्टरनेट कम्पनिहरू मालामाल छन् | पैसा पुरा असुल्यो माल थोरै दियो | अनलिमिटेड भनेको नै काम पर्दा नेटले काम गर्नुहुँदैन भन्ने हो जस्तो लाग्छ |
विश्वास गर्नुस्, इन्टरनेटको यो असली चरित्रले अनलाइन क्लास पढ्ने ९९% विद्यार्थीहरूलाई मानसिक रोगी बनाउंदै छ | १०% विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिकाहरूले त रीसको झोकमा मोबाइल/ल्यापटप नै फोर्ने खतरा देख्छु | पछि पछुतो लगेर के गर्नु ?
मैले इन्टरनेटलाई भोगेको होइन इन्टरनेटले मलाई खेलाई-खेलाई भोगिरहेको छ | कस्तो आशिर्वाद वा श्राप दिनु पर्ला नेटप्रदाताहरूलाई एसो जानकारी पाए अनुग्रहित हुन्थे र चित्त बुझाउथें !!
अन्त्यमा, हे इन्टरनेट प्रदाता ! पैसा लिएका छौँ तर गतिचाहिं पटक्कै दिंदैनौं, लकडाउनमा फँसेकाको आँशु लाग्ला, होस् गर !! अनलाइन पढ्ने स-साना नानिवावुको श्राप लाग्ला हेक्का गर |
इति इन्टरनेट कथा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *