संस्कृत शिक्षाको विरोध !!
म – तपाईंले वेद पढ्नु भएको छ ?
उहाँ – छैन
म – मनुस्मृति पढ्नु भएको छ ?
उहाँ – छैन
म – संस्कृतको कुनै किताव पढ्नुभएको छ ?
उहाँ – छैन
म – केही संस्कृत जान्नुभएको छ ?
उहाँ – छैन
म – तपाईंको मातृभाषा के हो ?
उहाँ – म मगुराली हुँ |
म – तपाईंका बालबालिकाले मगुराली बोली बोल्छन् ?
उहाँ – बोल्दैनन्
म – मगुराली भाषा पढ्छन् ?
उहाँ – पाठ्यपुस्तक नै छैन
म -पाठ्यपुस्तक तयार पर्न पहल गर्नुभयो ?
उहाँ – छैन, सरकार वाहुनवादी छ |
म – छोरी कहाँ पढ्छन् ?
उहाँ – अंग्रेजी विद्यालयमा |
म – अंग्रेजी पढेर मगुराली भाषा जोगिन्छ ?
उहाँ – कस्तो कुरा गरेको ? यो विश्वभाषा हो |
म – अंग्रेजी पढेर मगुराली भाषा जोगिन्छ ?
उहाँ – खै ?
म – संस्कृत भाषाको विरोध गरेर मगुराली भाषा जोगिन्छ ?
उहाँ – खै ?
म – छिमेकीले पढ्ने संस्कृतको विरोध गरेर मगुराली जोगिन्छ ?
उहाँ – खै ?
म – संस्कृतको विरोध किन गरेको ?
उहाँ – खै, सबैले गर्नु भनेको छ |
म – संस्कृतको विरोध गर्न कसले भनेको हो ?
उहाँ – हाम्रो नेताहरू भन्नुहुन्छ ?
म – न बुझी विरोध गर्ने त ?
उहाँ – संस्कृत भनेको वाहुनवाद हो रे नि ?
म – तपाईंका छोराछोरिलाई संस्कृत पढ्न कसैले कर गरेको छ ?
उहाँ – छैन, किन गर्ने ?
म – सरकारके इच्छा लागेकाले संस्कृत पढ्न पाउने भनेको हो
उहाँ – अनिवार्य रे, थोपरिएको नि त ?
म – सरकारी निर्देशिका पढ्नुभएको छ ?
उहाँ – छैन | किन पढ्ने ?
म – अनि, संस्कृतको विरोध किन ?
उहाँ – किनभने “उहाँ” भन्नुहुन्छ ?
यो संवाद वास्तविक हो | यो संवादले सबै आदिवासी-जनजातिको प्रतिनिधित्व गर्दैन | केवल केहीलाई प्रतिनिधित्व गर्छ | “उहाँ” अर्थात् बाइबल अर्थात् डलरको रस अर्थात् नेपालको मौलिकताको विनाश र सगरमाथा माथि क्रसको लक्ष हो | जसले संस्कृतको वहानामा नेपाली संस्कृतिको विनाश गर्ने लक्ष लिएका छन्, उनीहरूको जीवनशैली, चिन्तन शैलीसंग यो ठ्याक्कै मिल्न भए सबै खुसी हुनुपर्छ |
राजनीतिमा असफल भएर मानसिक रूपमा विमार भएका, विदेशीको डलर खाएर नेपाली जनता बीच द्वन्द मच्चाउन उत्सुक आइएनजीओ/एनजीओ जीवि र केही पूर्वाग्रहले भरिएको मानसिकता भएका आदिवासी-जनजातिका स्वयम्भू नेताहरूले काल्पनिक इतिहास प्रस्तुत गर्दै संस्कृतभाषाको पठनपाठनको विरोध गर्न प्रयोग गरेको शक्ति आ-आफ्नो मातृ भाषाको पाठ्यपुस्तक बनाउँन र नेपाल सरकारसंग तेसको स्वीकृति लिएर पठनपाठनतिर लगाएको भए तेसमा मेरो समर्थन हुन्थ्यो |
संस्कृत भाषामा लेखिएको वेद विश्वको सबैभन्दा प्राचीन लिखित साहित्य हो, संस्कृत नै प्राकृत र पाली भाषाको माउँ हो, बौद्ध तथा जैन धर्मका अधिकांश पुस्तकहरू संस्कृतमा लेखिएका छन् भन्ने जान्दाजान्दै संस्कृतप्रति पूर्वाग्रह राखेर संस्कृत-भाषाको विरोध गर्नेहरू नेपथ्यबाट संचालित छन् भन्ने कुरामा शंका गर्नु पर्दैन | एनजीओ र आइएनजिओका जागिरेहरूले संस्कृतको विरोध गर्नुलाई मैले उनीहरूको असली धर्मं ठान्छु |
ऐच्छिकरूपमा संस्कृत पढ्ने/पढाउने व्यबस्थाप्रति असहमत हुनु र तेसका लागि क्रमबद्द्ध रूपमा विरोधका नाममा विरोध गर्नुको औचित्य उनीहरूले सातजन्ममा पनि प्रस्तुत गर्न सक्दैनन् | पुन: कुरो तेही टुंगिन्छ – विरोध गर्दा बाइबलको पुस्तकबाट डलर रसाउँछ |
घरघरमा बाइबल र अंग्रेजी बोकेर पुगेका र नेपाली शरीरमा युरोपेली सफ्टवेयर भएकाहरूको विरोध गर्न नसक्ने तर आफ्नै छिमेकीले संस्कृत पढ्छु भन्दा नाइटोको बल लगाएर विरोध गर्नेहरूसंग सहमत हुनै सकिंदैन | संस्कृतको विरोध गर्नुको सट्टा आफ्नो भाषा, संस्कृति, सभ्यता जोगाउन उत्प्रेरित हुनुहोस् |
संस्कृतझैं बेलायत, जर्मन, अमेरिकाका विश्व विद्यालयहरूमा तपाईंका मातृभाषा पढाउने विभागहरू खोल्नका लागि जग हाल्नुस् | त्यो जगमा मैले पनि एउटा इँटा थप्ने छु | होइन भने संस्कृतको विरोध गरेर तपाईंले आफ्नो भाषाको लागि के गर्नुहुँदैछ भन्ने प्रश्न जनस्तरबाट उठ्ने पक्का छ | म पनि चाहन्छु तपाईंहरूलाई डलरे भनेर लाग्ने गरेको आरोप झुट्टो सावित होस् |

