रैथाने गाईको संरक्षण खोई ?
जम्मा जम्मी ११०-१३९ किलो वजन, एक मिटर अग्लो र लामो भएर पनि आफ्नो वजनका तुलनामा धेरै बढी दूध दिने नेपालको रैथाने अछामी गाईको सङ्ख्या केवल ८०० को हाराहारी मात्र रहेको NARC and NARSI ले दिएको छ |
यो गाई आफ्नो वजनका अनुपातमा धेरै दूध दिने गाईको श्रेणीमा पर्छ | तर आज भोली स्थानीयहरूले केवल दानका लागि प्रयोग गर्ने र ब्राह्मणहरूले पनि थोरै दूध दिने भएकोले तिब्बतेलीहरूलाई बेच्ने गरेको रिपोर्टले बताएको छ | तिब्बतेलीहरूले निश्चय नै मासुकै लागि प्रयोग गर्ने होलान् भन्ने अनुमान गरेको छु |
टेनेसा विविका देवेन्द्र प्रसाद भण्डारीले पनि यी जातहरूप्रति नेपाल सरकार र स्थानीयहरूले गरेको उपेक्षाप्रति दुख व्यक्त गरेका छन् | एसै गरी रामपुरका प्राध्यापक रामचन्द्र आचार्यले पनि “जथाभावी ब्रिडीङ्ग” गराउंदा अछामी गाईको अस्तित्व नै गुम्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय भएको नातामा यो गाईको दूध, गोवर, गहत र दूधमा अन्यका तुलनामा धेरै औषधीय गुण हुने अनुसन्धानमा प्रस्तुत गरेका छन् |
एसको दोष भने नै सानो काठ हुनु र जर्सीको तुलनामा थोरै दूध दिनु हो | मान्छे लोभी हुँदै गएपछि कसको के लाग्छ र ?
गाईलाई राष्ट्रिय पशु पनि भन्ने तर स्थानीय रैथाने गाईको संरक्षणमा पटक्कै चासो नराख्ने सङ्घीय, प्रदेश र स्थानीय सरकारको घोर गैर जिम्मेवारी हो | साथै स्थानीयहरूको पनि यी गाईहरूको सुरक्षा गर्ने जिम्मेवारी हुन्छ नै | स्थानीयवासीलेले यी गाईको संरक्षणका लागि गौशाला स्थपित गर्न व्यक्तिगत र स्थानीय सरकारको तहमा पहल गर्नुपर्छ | यही नै उचित बाटो हो |
यो गाईको विषयमा प्रत्यक्ष जानकारी राख्ने अछामका कोइ मित्र हुनुहुन्छ भने जानकारी उपलब्ध गराई दिनु होला | लुलु, अछामी, पहाडे गाईहरू लोप हुनु भनेको नेपाल र नेपालीको पहिचान नै गुम्नु हो |
गाई-तिहार : रैथानेजातको खै-खोज खवर ?
गतवर्ष मुक्तिनाथ दर्शन गर्न जाने क्रममा मुक्तिनाथ मन्दिरकै वरिपरी लुलु गाईको दर्शन भएको थियो | मैले बडो अभिरुचि पूर्वक तिनको विषयमा जानकारी लिएको थिएँ र फोटो पनि खिचेको थिएँ |
तेस्तै तीनवर्ष अगाडी अछाम जाँदा तेहाको नौमुठी गाईको दर्शन भएको थियो | नौ मुठी दूध दिने हुँदा नौमुठी भनिएको हो भन्ने वाहेक तेसको विषयमा अन्य जानकारी छैन |
एसैगरी, हुम्ला र जुम्लामा मात्र पाइने काठेगाई मैले प्रत्यक्ष देखेको छैन | नेटमा काठे गाईको फोटो र तेसका विषयमा खोज्द खासै जानकारी पाइएन | पछि, मैले, यो काठेचाहिं नेपालको पर्वतीय क्षेत्रमा पाइने होचोकदको गाई नै होला भनेर अनुमान गरें | सच्याउनु होला |
उपरोक्त तीनप्रकारका गाईहरू खाट्टी नेपाली प्रजातिका हुन् | नेपालको पहाडी भागमा पाइने सबैजसो गाईहरू अलि सानो जिउदालका हुन्छन् | प्रकृतिले नै एस्तो बनाएको हो | अरू पनि रैथाने गाई होलान् तर मेरो अल्पज्ञानले एत्ति देख्यो |
लुलु, काठे, र नौमुठे यी तिनै प्रकारका नेपाली गाईहरूको अस्तित्व अहिले संकटना छ | विदेशी नश्लका गाईहरूले निरन्तर यिनलाई विस्थापित गरिरहेको छ | गाईजस्तै देखिए पनि “जर्सी” गाई दूध दिने पशु हो तर गाई नै होइन भनेर बुझ्ने र बुझाउने नै कोइ छैन |
नेपालमा लुलु, काठे तथा नौमुठेजस्ता कतिथरी रैथाने गाईका जात छन् ? तिनको कति संख्या छ ? तिनको संरक्षणको लागि के-कस्तो गरिएको छ र गर्न आवश्यकता छ भन्ने विषयमा पनि वहस हुनुपर्छ | र दूधको नाममा महँगो विदेशी “जर्सी” मात्रै किन ? सोध्नु पनि पर्छ |
नेपाल सरकारले पनि तोकेर भन्नुपर्छ कि नेपालको राष्ट्रिय जनावर गाई हो भने त्यो रैथाने हो कि जर्सी ? निश्चय नै लुलु, नौमुठे र काठे (अरू रैथाने जातका गाई भए) नै नेपालको राष्ट्रीय पशु हुनुपर्छ |
गौशाला खोलेर गाईको सेवा गर्नेहरूले “जर्सी”को सेवा गर्नुको कुनै तुक छैन | ऋषिमुनिहरूले कैली गाईको चर्चा गरेका छन् | भारतीय जात र नेपाली रैथाने जातमा मात्रै शास्त्रले गाईको जुन बनावट वर्णन गरेको जिउडाल मिल्छ | जुरो नहुने र कंठी नहुने गाई नै हुँदैन |
गौ-रक्षाको नाममा गौशाला खोलेर “जर्सी” पाल्नु भनेको दूधको ब्यापार हो | धर्मका नाममा ब्लेक-म्यालिंग हो | सच्चा गौ-सेवीले नेपालका रैथाने गाईको संरक्षण गर्नुपर्छ | संरक्षणमा खटेका गौशालाको भने जयहोस् | गौ-रक्षाका नाममा जर्सी पाल्नेहरुले नौटंकी वन्द गर |
नेपाली जनताले बुझ्नुपर्छ – दूध, गौमूत्र, गोवरआदिमा औषधिको गुण केवल नेपाली र भारतीय जातका गाईहरूमा पाइन्छ | किनभने यिनले जडिबुटी खान्छन् |
दूध, गौमूत्र र गोवरबाट बनाएको औषधि यदि “जर्सी” को हो भने एस्तो काम फर्जी हो, नक्कली हो | “जर्सी” दूध खान योग्य हुन्छ तर गोवर र मूत्रमा कुनै औषधीय गुण हुँदैन | जङ्गल तथा प्राकृतिक चरणक्षेत्रमा चरेर पेट भर्ने गाईमा मात्र “सम्पूर्ण औषधीय गुण” हुन्छन् |
आज गाई पूजा गरेर गाईको टांग मुनि छिर्दै गर्नेहरूले आज गाईको नाममा खर्च गर्ने दक्षिण “लुलु, काठे, नौमुठे”को संरक्षणका लागि दान दिनुपर्छ | शहरमा “जर्सी” पुज्नु पर्ने बाध्यता होला तर दक्षिणाचाहिं “रैथाने गाईको संरक्षण”मा दिए कस्तो होला ?
नेपाल सरकारले पनि नेपालका रैथाने गाई नै राष्ट्रिय जनावर हुन् भन्ने स्पस्ट कानुन बनाउनु पर्यो र रैथाने गाई पाल्ने किसानहरूलाई “आर्थिक सहयोग” दिने ब्यबस्था गर्नुपर्यो |
विद्यालयका पाठ्यक्रमबाट “जर्सी”को फोटोको सट्टा लुलु, नौमुठे, काठेआदि नेपालका रैथाने गाईको फोटो राख्नु पर्यो | बालवालिकाले केवल “जर्सी” मात्रै गाई हो भन्ने ज्ञान जानु नेपाल र नेपालीको लागि दूर्भाग्य हो | विद्यालयमा पढाउने गुरूहरूले एसतिर ध्यान दिनुपर्यो |
गावो: विश्वस्य मातरम् अर्थात् गाई विश्वकी आमा हुन् भन्ने तर गाईको संरक्षणमा एक थोपो पनि विचार नगर्ने, अग्रसरता नलिने हो भने हामो गाई-तिहार हात्तिको नुहाई जस्तै हो |
नेपालका समस्त सनातनी तथा हिन्दू जागरणको काममा लागेकाहरूले नेपालका रैथाने गाईहरू मै नेपालका “पहिचान र जरोकिलो हुन्” र हामी सबैले यिनको संरक्षण गर्नैपर्छ भन्ने ज्ञान दिनु प्रसारण गर्नुपर्ने देखिएको छ |
अहिले न नेपाली गाई सुरक्षित छन् न नेपालमा मात्र पाइने “शालीग्राम” नै | नेपाली रैथाने गाईहरू, नेपालको रैथाने श्यामतुलसी र नेपालको रैथाने शालीग्रामको संरक्षणमा हामी सबै नेपालीको ज्ञान पुगोस् |
गाईबस्तुको गोवर पुजेर गौ-वर्धन अर्थात् गाई-वस्तुको वृद्धि हुँदैन | यो एउटा संस्कृतिको संरक्षण होला तर गौवंशको रक्षा पटक्कै हुँदैन |

