टुंडालको संदेश

टुंडालको संदेश

टुंडालको संदेश

जव काम-वासनाको भारी बोकेका मानिसहरू पशुपतिनाथ, चाँगुनारायण, गुह्वेश्वरी, कृष्णमन्दिर, दत्तात्रेयआदिमा पुग्छन् उनीहरूको पहिलो नजर ती मन्दिरको छानाका कामाचरणमा निमग्न टुंडालहरूमा पर्छ | तेस बखत धेरैजसोले मन्दिरका स्वामी देवीदेवताहरूको अस्तित्व भुल्छन् | चर्चा-परिचर्चा र ध्यानको विषय केवल टुंडालका मूर्तिहरू हुन्छन् | केहीले पशुपतिनाथबाट फर्केपछि पनि आफ्नो मानसिकतामा केवल कामाचरणमा व्यस्त टुंडालहरू लिएर आउंछन् |
मैले धेरैजसो मन्दिर घुम्नजाने विदेशीहरूले मन्दिरका ती टुंडालहरूको वर्णन गर्न बुद्धि खापएको पाएको छ | ती मध्ये केही नेपाली र भारतीयहरू पनि छन् | कसैको सम्भोगबाट बनेको आफ्नो शरीर र सम्भोगमा प्रयोग हुने इन्द्रीयहरू निर्जीव मूर्तिहरूमा देखेर चर्चाको विषय बनाउने हामी सच्च्चिकै दयाका पात्र हौँ | टुंडालहरूले केवल हाम्रो मानसिक विश्वको प्रतिनिधित्व गर्छन् र संसारबाट मोक्षतिर प्रेरित झस्काउने काम गर्छन् |
अमरकोशले कामदेवका चौधबटा नाम उल्लेख गरेका छन् | ती मध्ये एउटा नाम मनसिज हो | मनसिज संस्कृत शब्द हो जसको अर्थ – मनभित्रबाट जन्मिने, उत्पन्न हुने, प्रकट हुने, निस्कने भन्ने बुझिन्छ | काम उर्जा हो र कामुकता मानसिक रोग हो | पश्चिमा विश्वले कामजस्तो प्राकृतिक विषयलाई मार्केटिंग गरेर “मस्तिष्कमा” स्थापित गर्न सफल भएको छ | टुंडालहरू चर्चाको विषयबन्नुको मुख्य कारण नै मनको काम मस्तिष्कमा चढ्नु हो |
पशुपति होइन पशुपतिको छानोमा रहेका कामाचरणरत मूर्तिहरू चर्चापरिचर्चाका विषय बन्छन् | किन ? कामशास्त्रको रचना नै एस्तै मानसिकताको उत्तर प्रदान गर्न गरिएको हो | जव हाम्रो आफ्नो शरीर नै आमाबुवाको कामाचरणबाट उत्पन्न भएको छ भने हरेक बखत मन र शरीरमा कामुकताको झोला बोकेर हिड्नुको कुनै औचित्य छैन | टुडालहरूको संदेश स्पस्ट छ – कामुकताको भारी सधैंभरी वोक्नुको कुनै औचित्य छैन |
तेसै भएर मनुस्मृतिकारले लेखेका छन् “मांसभक्षण, मदिरापान, मैथुनकर्ममा कुनै दोष हुँदैन तर तेसबाट मुक्ति नखोज्नुमा ठूलो दोष हुन्छ | जसले यी विषयहरूबाट निबृति खोज्दैनन् तिनको जीवन निस्फल हुन्छ (५/५३) | विश्वका धेरै प्राणिहरू मासुमा आश्रित छन् | मद्यपान पनि विश्वमा छ नै | सम्भोग नगरी सृष्टि चल्दैन | तर सधैं यिनै विषयहरूलाई सुख वा खुसीको साधन ठानेर मानसिक र शारीरिक रुपमा बोकेर हिड्नु मानसिक रोग हो | आजको विश्वमा एस्तो मानसिक रोग फैलिँदो छ |
कामशास्त्रको मुख्य प्रयोजन धर्म, अर्थको समुचित प्रयोग गर्दै मोक्षमार्गका लागि सहजीकरण गर्नुहो | कामाचरण जीवनको सबैभन्दा महत्वपूर्ण कर्म हो तर अविवेकी भएर वा नैतिकता विहिन भएर एसको प्रयोग गर्दा धर्म, अर्थ, काम र मोक्ष चारैबटा पुरुषार्थको विनाश हुन्छ |
लिंग र योनिको घर्षणलाई मात्र आनन्दको विषय ठान्नु र तेसैको लागि मरिहत्ते गर्ने मानसिकतालाई कामशास्त्रले पूर्णतया निरुत्साहित गर्छ | किनभने लिंग र योनिको घर्षणलाई मात्र आनन्दको विषय ठान्ने मानसिकतामा पुरुष “लिंगको रूपमा र महिला केवल योनिको रूपमा” बुझ्ने समस्या हुन्छ | एस्तो हुँदा हरेक व्यक्तिले मनोबैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा शारीरिक समस्याहरूको सामना गर्नुपर्छ |
जुन व्यक्तिले केवल वासनाको (काम) ऐनामा शास्त्रहरूलाई बुझ्ने र पढ्ने प्रयत्न गर्छ उसले शास्त्रको वास्तविक मर्म बुझ्न सक्दैन | विवेकी मानिसले धर्म र अर्थसंगै कामाचरणको प्रयोग गरेर सिद्धि प्राप्त गर्न सक्छन् | – का.सू. ७/२/५९/

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *