किन एस्तो ?

किन एस्तो ?

किन एस्तो ?

आज भोली अचम्मको ट्रेन्ड चलिरहेको छ | विदेशी विद्वानहरूको नक्कल गर्दै जैन तथा बौद्ध अध्येताहरूले पनि “बुद्धको समय भन्दा पहिला कुनै पनि उपनिषद, सूत्र, साहित्य लेखिएका थिएनन्” भनेर लेख्न थालेका छन् |
सन् २०१७ को मार्च ५ का दिन एकजना मुस्लिम पत्रकार राजा अलिमले सी.एन.एनको लागि बनाएको एउटा वृत्तचित्र (विश्वासी) प्रसारण गर्यो | जसमा उनले हिन्दू इतिहासको अपमानजंक रूपमा प्रस्तुत गरेका थिए | यो रिलिज हुँदासाथ तेसको विरोध भयो | धेरैले त्यो वृत्तचित्रलाई काल्पनिक र आपमान जनकभनेर आलोचना गरे | २७ मार्च २०१७मा अमेरिकी हिन्दूहरूले अमेरिकाभरी विरोध जनाए | यो पनि अंग्रेज इतिहासकारले लिएको बाटो नै थियो | केवल अंग्रेजी साहित्य पढेको भरमा अवधारणा बनाएर इतिहासकार बन्दा धेरै गल्ति हुन्छन् |
आजभोली हिन्दूहरूको आलोचना गर्नेहरूको बाढी नै आएको छ | किनभने हिन्दूहरूले खोमेनीले रसदीका विरुद्ध फतवाजारी गरेझैं वा पोपले जिउंदै निर्णय दिएझैं गर्दैनन् | सहिष्णुताको सीमा नाप्न उक्साउने र पुन: तेसमा हिन्दूहरूले प्रतिक्रिया दिए, झन् असहिष्णुको बिल्ला भिराएर कट्टरवादीसंग तुलना गर्नु अनुचित हो | सहिष्णुताको सीमा नाप्नु हुँदैन |
अंग्रेजहरूले केवल हिन्दूहरूको मात्र होइन विश्वभरीका सभ्यताहरूलाई जिसस भन्दा पुरानो भएको स्वीकार्न नै चाहेका थिएनन् | चीन, मेक्सिको, अफ्रिकाको इतिहाससंग उनीहरूले घृणित खेल खेलेकै छन् | सबैथोकमा विरोध गर्ने साम्यवादीहरूले इतिहासका सवालमा अंग्रेजहरूसंग समहति गरेका छन् | यो एउटा अच्चम्मको कुरा हो |
अंग्रेजहरूले सकेसम्म ई.पू. ४००० वर्षभन्दा पूर्व कुनै पनि धर्म, संस्कृति तथा सभ्यताको अस्तित्व स्वीकार्न नगर्ने अघोषित सिंडीकेट बनाएका छन् | एस्तो सिण्डिकेटको जडमा बाइबलको सृष्टि सवन्धि विश्वास हो जुन ई.पू. ४००० तिर आरम्भ हुन्छ |
हामीले न इसाईको विरोध गर्नु छ न मुस्लिमहरूको | हाम्रो चासो एत्ति हुनुपर्छ कि एकै स्रोतबाट निस्केका यहुदी, इसाई र मुस्लिमहरूका बीचमा रहेको जस्तो घृणावादबाट सनातनी, जैन तथा बौद्धहरूलाई जोगाउनुपर्छ | असलमा, उनीहरूले आफुविचमा रहेको आपसी धार्मिक घृणाकै चस्मामा सनातनी, जैन र बौद्धहरूलाई पढ्ने गरेका छन् | पिलिया लागेको रोगीले जताततै पहेलो देखेझैं उनीहरू हिन्दू बौद्ध र जैनवीच पनि उस्तै सम्वन्ध देख्छन् | उनीहरूको यो विभेदकारी सोचको सिकार नेपाली समाज हुँदैछ | आफ्नो जरोकिलो नै उखेल्ने इतिहासप्रति नतमस्तक भएर विवाद, असमझदारी र घृणावादतिर उन्मुख हुँदैछ |
एसले गर्दा “हिन्दु”हरूलाई खराव र विभेदकारीको बिल्ला भिराएर प्रगतिशील भनौं वा विभेदकारीहरूको “प्रिय” बन्ने लिगलिगेमा अगाडी बढिरहेका छन् | यही नै हाम्रो दुर्भाग्य हो | हिन्दू चिन्तन उदार छ भन्दैमा सधैं थिचोमिचो सहिरहन्छ र सहिष्णु हुने ठेक्का कायम राख्ने छ भन्ने सोच वनाउनु उचित हुँदैन |
बाइबल इसाईहरूको प्रमुख धर्मग्रन्थ हो र सबैलाई थाहा छ कि यो जिससको जन्मपछिका १५ सयवर्षसम्म विविध व्यक्तिहरूले फरकफरक समयमा लेखेका हुन् | तर जिससलाई समयको मानक मान्ने अन्तराष्ट्रीय बलमिचाईलाई हामीले मान्नैपर्छ भन्नु मानसिक दरिद्रता हो |
यही दरिद्रताको नक्कल गर्दै इतिहासका प्रमाणिक पात्र बुद्ध र बौद्ध धर्मको इतिहासलाई वैदिक इतिहास भन्दा पनि पुरानो भएको प्रमाणित गर्न खोज्नु बडो खतरनाक प्रबृत्ति हो | एस्तो फोस्रो विद्वताले हिन्दू, जैन तथा बौद्धहरू बीच फाटो ल्याउने काम गर्ने छ | एस्तो प्रबृत्तिलाई समय मै बौद्धिक प्रतिवाद गर्नुपर्छ | धर्म फरकफरक भए पनि सनातनी, जैन तथा बौद्धहरू कत्तिपनि फरक छैनन् – सत्य यही हो |
जैन, बौद्ध, शिखहरूको श्रोत वैदिक संस्कृति नै हो भन्ने जान्दाजान्दै विभेदकारी इतिहास बनाउन खप्पिस पूर्वाग्रही (सबै होइन) विदेशीहरूको प्रभावमा परेर बौद्ध, जैनहरूको संस्कृतिलाई “अनार्य” स्रोतको भन्नु नितान्त गलत हो | श्रमण र ब्राह्मण परम्परा दुवैको श्रोत वैदिक संस्कृति नै हो तर धार्मिक विश्वास फरक रहेकोले श्रमण र ब्राहमण परम्परामा भिन्नता हुनुनै पर्थ्यो |
श्रद्धा र इतिहासको फरकफरक धार हुन्छ | धर्मका सवालमा बैदिक, बौद्ध जैन सबैका आ-आफ्ना मान्यताहरू छन् | तेस विषयमा कुनै प्रकारको द्वन्द छैन | तर विदेशी र विदेशी भक्त स्वदेशीले लेखेको काल्पनिक इतिहास (जैन, बौद्ध तथा शिख)हरूलाई फरक-फरक इकाईमा नाप्ने इतिहास गलत छ | मैले भनिसकें – यी एकै धर्म मान्न हुँदैन तर श्रोतचाहिं फरक हो भन्नेहरूको बौद्धिकप्रतिवाद हुनैपर्छ |
अंग्रेजप्रति किन एतिबिध्न भक्त भएको हो नेपाली बौद्धिक समाज ? एउटा पिटर डेलाले बौद्ध संस्कृतिको श्रोत मोहनदोजड़ो हो भन्दैमा उसकै पछि लागेर जीवन्त इतिहासप्रति अविश्वास फैलाउने धुर्त्याई किन गर्नु ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *