पर्वत की छोरी पार्वती

पर्वत की छोरी पार्वती

पर्वत की छोरी पार्वती

संस्कृतका प्रकाण्ड विद्वान महाकविले रघुवंश महाकाव्यको मंगलाचरणमा पार्वती परमेश्वरौ : (१/१) मा देवी पार्वतीको भगवान् शिवको परिवारका रुपमा गरेका छन् | कालिदासका शिवपार्वती परमेश्वर हुन् | तेसरी नै महाकविले कुमार संभवमा देवी पार्वतीको जन्मदेखि लिएर विवाह र कार्तिकेयको जन्मसम्मको सुन्दर बर्णन गरेका छन् |
महाकवि कालिदास (ई.पू. ४५०), रघुवंश महाकाव्यमा, वेदव्यासले महापुराणहरूमा, बाल्मिकीले रामायणमा र भोजपुरीका कवि तुलसीदासले समेत रामचरित मानसमा बखानेको पार्वतीको जन्मस्थल, तपस्यास्थल, विवाहस्थल र घरका विषयमा जेजस्तो वर्णन गरेका छन् त्यो पर्वतको भौगोलिक वातावारणसंग धेरै मिल्छ | पर्वतमा वसोवासयोग्य पहाडहरू छन् | सजिलै छुन सकिने हिमालय छन् | प्रसस्त अन्न फल्ने फाँट यही छन् | तीर्थस्थल, पर्यटकीयस्थल र आचार्यकुल पनि भएकै ठाउँ हो |
संस्कृतमा पार्वतीको शाब्दिक अर्थ “पर्वतबाट जन्म भए”को भन्ने हुन्छ | सबैले सबैभन्दा सजिलो बुझ्ने भाषामा भन्दा महादेवी पार्वती हामी पर्वतेहरूकी छोरी हुन् | पार्वती पर्वत-पहाडको छोरी हुन् | जसरी कालिदासले कुमार सम्भवमा, बाल्मिकी रामायणमा ऋषि बाल्मिकीले, स्कन्ध महापुराणमा ऋषि वेदब्यासले, मध्यकालीन भारतका भोजपुरी कवि तुलसीदासले र नेपाली आदिकवि भानुभक्त आचार्यले महादेवी पार्वतीको माइतीघर र शिवको घरको वर्णन गरेका छन् | ती सबैको केन्द्र विन्दू “पर्वत र पर्वतीय नै” रहेको देखिन्छ |
तेस्तै नेपालको वाराणसीका रूपमा परिचित पर्वत कै कुस्मामा वि.स. १८१० जन्मेका अत्यन्त विद्वततापूर्ण “कार्तवीर्योदय” मानक संस्कृत महाकाव्यका लेखक सुकृतिदत्त पन्तले लेखेका संस्कृत ग्रन्थहरूमा समेत पार्वतीका पिता हिमालय पर्वत जिल्लावासी भएकै सुगन्ध आऊँछ | देवी स्तोत्रमा महाकवि सुकृतिदत्त पन्तको एस्तो आग्रह देखिन्छ |
पर्वतको पूर्व पांग गाविसमा लगभग पांचहजार वर्ष प्राचीन पुरातात्विक सामग्रीहरू फेला परेका छन् | भने पर्वत जिल्लाको नाम समेत “पांग”का आधारमा राखिएको थियो भन्ने मैले पढेको छु | जनश्रुतिकाअनुसार महादेवी पार्वतीको जन्म नै पांगमा भएको थियो | | पांग नजिकै कर्नास पर्छ | कामनाशबाट करनाश बनेको हो | यहाँ महादेवले कामदेवलाई भष्म गरेका हुन् |
तेस्तै फलेवास तथा कुस्मामा देवी पार्वतीले शिवको तपस्या गरेकी हुन् | तपस्या सफल भएपछि विवाहचाहिं उप्जाउ, पानीको सुविधा भएको र अपेक्षित रूपमा न्यायो ठाउँ र फाँट विहादीमा हुनु स्वाभाविक देखिन्छ | घुमन्ते पत्रकार के. वी. मसालले समेत यही कुरा लेखेका छन् |
आदिशक्ति पार्वतीको जन्म “पर्वत मै भएको हो” भएको हो भन्ने तत्थ्य स्वत: सिद्ध कुरा हो | महादेवी पार्वतीको जन्मस्थान पर्वत हो र भगवान् शिव पनि घरज्वाईका रूपमा पर्वत मै निवास गरिरहेका छन् भन्ने तत्थ्य सिद्ध गर्न गारो छैन | शिवपुराण, स्कन्धपुराणआदिमा एसको लागि यथेष्ट प्रमाण छन् भने “पर्वतकी छोरी हुँ म पार्वती मेरो नाम” जस्तो लोकगीतका मध्यामबाट पनि नेपालीहरूले उठाएकै कुरा हो |
धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती क्षेत्र र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।
पार्वतीको जन्म पर्वतको हिमाली भागमा र विवाह पर्वतको “विहादी”मा भएको हो | असलमा, शिव-पार्वतीको विवाहस्थल भएकै कारण यो ठाउँको नाम विहादी रहन गएको हो भन्ने कुरा सुनेको भनि पर्वतको सेतीवेणीमा कल्पवास गरेर आफ्नो जीवन त्यागेका १०३ वर्षीय नरहरी आचार्यले मसंग चर्चा गर्नुभएको थियो भने पिताजीले समेत यही कुरा २०४५ सालमा मलाई बताउनु भएको थियो | विहादी अर्थात् शिवपार्वतीको प्रथमविवाह भएको ठाउँ “विवाहआदि”बाट अपभ्रंस भएर बनेको हो |
विहादीको ठूलो फाँटमा नै पर्वतका राजा हिमालयले शिव तथा पार्वती वीच विवाह गराएको अनुमान गर्न गारो छैन | मैले ठ्याक्कै ठाउँको नाम त विर्से तर “फलानो ….ओढारमा शिवपार्वतीको विवाहमा भतेर खाएर पाहुनाहरूले फालेका सुनका थालहरू थिए र पछि राजा ऋषभ देवले ती सबै लगेर यज्ञ गरेका थिए” भन्ने कथा सहित भन्ने कुरा पनि फोक्सिगे माइला पण्डितले भनेको कुरा मैले सुनेको थिएँ | स्मरण रहोस्, राजा ऋषभदेवको राज्यबाट कालिगण्डकी नदी बग्दछ भन्ने कुराको प्रमाण भागवतको पाँचौं स्कन्धमा उल्लेख गरिएको छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *