आधुनिक गुरुकुलको आवश्यकता र परियोजना
आज विश्वमा गुरुकुल शिक्षा र त्यसको पद्यतिका विषयमा चासो बढेको छ | एसको अर्थ हो- पश्चिमा शिक्षा पद्यतिको विकल्प खोजिंदै छ | पश्चिमा शिक्षा पद्यति पश्चिमा देशहरूमा उम्दा होला तर अरू ठाउँमा अफाप हुँदै छ | वेरोजगारी, स्वेच्छाचारिता, क्षेत्रीय, जातीय तथा व्यक्तिगत स्वार्थ पूर्तिको बलियो साझेदार वनिरहेको छ |
वैदिक संस्कृतिले विकसित गरेको “गुरुकुल शिक्षा”ले मानिसलाई बौद्धिक, भावनात्मक तथा क्रियात्मकरूपमा “सहृदयी; बनाउँछ | व्यक्तिलाई समग्रको अंगका रूपमा विकसित गर्छ | “सबै सुखी होउन्, सबैको कल्याण होस्, सबै निरोगी होऊन् र चराचरका प्राणीले दुख भोग्न नपरोस्” उच्च नैतिकवल भएको व्यक्तित्व निर्मित गर्छ |
आधुनिक शिक्षाले क्रमश: मानिसलाई “रोबोट” बन्ने दिशातिर उन्मुख गरिरहेको छ | धार्मिक, सामाजिक, सांस्कृतिक मान्यताहरूले नियमन गरेको मानवीय व्यक्तित्वलाई “विज्ञान”को नाममा स्वच्छन्दतावादतिर प्रेरित गरिरहेको छ | बैज्ञानिक भनिएको पश्चिमा शिक्षा प्रणालीले मान्छे “मान्छे” होइन “बयोलोजिकल-एनिमल”मा रुपान्तरित हुँदैछ |
“बयोलोजिकल-एनिमल”मा रुपान्तरित हुँदै गरेको मान्छेले नितान्त पशुझें व्यक्तिगत स्वतन्त्रता र इम्पोर्टन्सको आवरणमा पुन: पशुलेझैं आहार, विहार, निन्द्रा, सेक्स र प्राकृतिक संसाधनहरूमा एकाधिकार जमाउनेतिर उन्मुख हुँदैछ | देवम् भूत्वा देवम् यजेत् अर्थात् देवता बनेर देवताको आराधना गर्नु भन्ने वैदिक शिक्षा विवस भएर “दैत्यम् भूत्वा दैत्यम् यजेत् अर्थात् दुष्ट बनेर दुष्टकै आराधना गर” परिवर्तित हुँदैछ |
आफ्ना सन्तानलाई आधुनिक शिक्षादीक्षा दिन आफ्नो धनसम्पति र ऊर्जा खर्च गरेका अभिभावकहरू अहिले दुखित छन् | किनभने उनका सन्तानहरूले “करियर”को नाम दिएर अमेरिका, बेलायतमा चाकरी गरिरहेका छन् | किनभने आधुनिक शिक्षाका नाममा प्राप्त गरेको सिकाइमा व्यक्तिगत-करियर, व्यक्तिगत सुख, प्राइवेसी, कम्पिटिशन, न्यु-क्लिएर फेलिमी छ, सार्वजनिक सुख, आमावुवा वा पारिवारिक सुख, सहजता, सामुहिक चेतनाको अभाव छ |
उपरोक्त त्रासदी नेपालीको मात्र होइन विश्वभरीको हो | हामी एस्तो त्रासदीपूर्ण शिक्षाको विकल्प चाहन्छौं | तर विकल्प के हो ? एसको उत्तर थिएन | २०% अमेरिकीहरूको विवाह विवाहको मितिले सरदार ९ महिमा मात्र टिक्छ | ३७% अमेरिकी बालबालिकाहरू ११ वर्षको उमेर नपुग्दै यौनाचार गर्छन् | ६७% अमेरिकी र बेलायती आमाबुवाले मर्ने बेलामा आफ्ना सन्तानको मुख देख्न पाउन्नन् | र सबै भन्दा अचम्मको कुरा – ९०% अमेरिकीहरू खुसी छैनन् |
यदि आधुनिक शिक्षा पद्यति सबैभन्दा कारगर थियो भने मानवको मानवीय पक्ष एतिबिध्न किन कमजोर बन्यो ? प्रकृतिले निर्माण गरेको सीमानारहित विश्व किन तुच्छ सीमानाहरूमा विभाजित भयो ? किन गरिव नेपालीहरूलाई जीविकोपार्जनका लागि अमेरिकाका फाँटहरूमा खेतिगर्न वा भेडा चराउने स्वतन्त्रता “भीजा”को विभेदमा पर्यो ? उत्तर एउटो छ – आधुनिक शिक्षा पद्यति र तेसको अनुदार मूल्यपद्यति |
उपरोक्त प्रश्नको जवाफ आधुनिक शिक्षाविद्हरूसंग छैन | तर वैदिक गुरुकुलीय शिक्षा पद्यतिले हजारौं वर्षपूर्व समाधान दिएको थियो | अंग्रेजहरूले विकसित गरेको शिक्षा प्रणालीप्रतिको अन्धविश्वास र श्रद्धाले गुरुकुलीय शिक्षा पद्यतिको महत्व बुझ्न सकेन | अथवा भनौं, नकारात्मक प्रोपोगन्डा रचेर गुरुकुलीय शिक्षा पद्यतिप्रतिको विश्वास समाप्त पारियो | जसले गुरुकुलीय शिक्षा पद्यतिको निन्दा गर्छ र पश्चिमा शिक्षा पद्यतिको गुणगान गर्छ उही “शिक्षाविद्” बने |
शिक्षाविद् र गुरुकुलीय पद्यति
हिजो केही शिक्षाविदहरूसंग शैक्षिक बहस हुँदै गर्दा मैले भने “नेपालको आफ्नै प्राचीन गुरुकुल पद्यति”लाई नेपालको आधुनिक शिक्षाको इतिहासमा समावेश गर्नेतिर शिक्षाविद् तथा इतिहासकारले ध्यान नपुर्याएकै हो त ?”
मेरो प्रश्नले केही हौसिए भने केही तर्सिए | एकजना मिडिया टाइकुन शिक्षाविद्ले भने “नेपालमा शिक्षाको कुनै इतिहास नै छैन | तेस बखत केवल कर्मकाण्ड सिक्ने/सिकाउने कुरामात्र शिक्षा भित्र पर्थ्यो | आधुनिक शिक्षाको आधार पश्चिमाहरूले तय गरेका हुन् | गुरुकुल पद्यति प्रगतिशील छैन |”
मेरो मन खिन्न भयो मैले भने ” ३२४० वर्ष पहिला चाँगुनारायणको मन्दिर बनाउने, सिंजाली सभ्यताको जग बसाउने, मन्दिर, पाटीपौआ, ताम्रपत्र, हजारौंहजार संख्यामा रहेका हस्तलिखित पुस्तकहरू (दुंगा, छाला, फलाम, ताडपत्र, लोक्ताको कागज) र नक्षत्र-विज्ञान, बास्तुविज्ञान, चिकित्साआदिमा काम त भएकै थिए | आजको विश्वले यो कुरा स्वीकार गरेकै छ | अनि, शिक्षा प्रगतिशील थिएन भन्नुको के हो अर्थ ?
उहाँले स्पष्ट पार्नु भयो ” यी सबैमा विज्ञान छैन | आधुनिक जीवनशैली र पद्यतिहरूका विशेषता छैनन् | महिला-बालबालिकाप्रति सम्मान छैन | पढेर आत्मनिर्भर हुँदैन | संस्कृत भाषा नै स्वीकार्य छैन र प्रजातान्त्रिक छैन | तेसैले प्रगतिशील छैन | गुरुकुल वास्तवमा जङ्गलकालीन शिक्षा पद्यति थियो | अहिलेको लागि उपयुक्त छैन |”
मैले अन्त्यमा सोधें “मान्यवर, हजुरले कुनै शिक्षाविषयमा लेखिएको प्राचीन वा आधुनिक संस्कृतका ग्रन्थहरू पढ्नुभएको छ ? पक्कै पनि हजुरजस्तो विद्वानले गुरुकुल शिक्षा पद्यतिलाई नकार्ने आँट संस्कृतमा लेखिएका मूल ग्रन्थहरूमा अनुसन्धानपछि गर्नुभएको होला ?
मैले जानेबुझे अनुसार गुरुकुल पद्यतिको जिकर वेद, उपनिषद, पुराण, शिक्षा, कल्पआदिमा प्रसस्त भएको छ | आज पनि गुरुकुलहरूको अस्तित्व छँदैछ | हजुरले यी सबै विषयको अध्ययन/अनुसन्धनपछि नै यो निष्कर्ष निकाल्नु भएको होला | म तपाईंको भनाईमा विश्वास गर्न सक्छु !!
“मलाई संस्कृत आउंदैन |” उहाँ कुराको बिट मार्दै उठ्नुभयो | मैले कुरा बुझें | विदेशी शिक्षा पद्यतिको बर्चश्व नकार्न सकिन्न | विदेशीहरूले हाम्रो इतिहासमा हालीमुहाली गरिरहेको कुरा पनि नकार्न सकिन्न | तर विद्वानहरूको विद्वतता मैं “पश्चिमा पद्यति नै सबै थोक हो भन्नेजस्तो पूर्वाग्रहको जडता” देख्दा उहाहरूलाई विद्वान होइन, पश्चिमा शिक्षानीतिको “नेपाली दलाल” भन्न मन लाग्छ | जीवन्त इतिहास हुँदाहुँदै नकार्ने बौद्धिक जडता सृजित गरी आफ्नो बर्चश्व स्थापित गराउन सफल पश्चिमा शिक्षानीतिकारहरू सफल छन् |
विश्वास गर्नुस्, अव पश्चिमा शिक्षापद्यति निर्विकल्प रहने छैन | हामी पश्चिमा शिक्षा पद्यतिको सशक्त विकल्प का रूपमा “गुरुकुल शिक्षा”मा प्रस्तुत गर्दैछौँ | यो पद्यति जीवित थियो तर अव आधुनिक शैलीमा पुन:जागृत हुँदैछ | अनुसन्धान चलिरहेको छ |
यस अनुसन्धानमा तपाईंको पनि सहभागिताको खाँचो छ |

