सौताको रीसले : भाषाको कुरा 

सौताको रीसले : भाषाको कुरा 

सौताको रीसले : भाषाको कुरा 

मेरो भाषा अंग्रेजी होइन | म अंग्रेजी विरोधी पनि होइन | म नेपाली भाषासंग हुर्किएको हुँ | मलाई अंग्रेजी जान्ने रहर हुँदाहुँदै पनि नेपालीसंग औधि माया छ | मेरो लागि अंग्रेजी भनेको सरकारले र अभिभावकहरूले थोपरेको विदेशी बोली हो | मान्नुस्, नमान्नुस् भाषाको रूपमा अंग्रेजीको ठूलै ठाउं होला तर एसको विस्तारसंग मर्ने नेपाली भाषाहरूको भरथेग कसैके गर्न सक्दैन |
म ती भाग्यमानी नेपाली मध्ये पर्दिन जोसंग जन्मसंगै दूई-तीनवटा भाषाहरू मातृभाषाका रूपमा प्राप्त गर्छन् | जनजातिहरूले आफ्नो मातृभाषा बाहेक नेपाली जान्दछन् | मधेसकाहरू नेपाली भोजपुरी वा मैथिली, थारुआदि भाषामा पोक्त हुन्छन् |जतिधेरै भाषाहरू जान्यो उति जाति |
पहाडी बाहुनक्षेत्री वा दलित हुनुमा सबैभन्दा खल्लो लाग्ने यही हो | संगै पढ्ने गुरुङ् वा मगर साथीले दुईबटा भाषा बोल्छ, आफुलाई भने नेपाली बाहेक केही आउंदैन | मेरो विचारमा नेपालमा भएका सबैभाषाहरूको बैकल्पिक कोर्ष हुनुपर्छ | उदाहरणका लागि लम्जुंगमा गुरुङहरूको बाहुल्यता छ | तेहा नेपाली सम्पर्कभाषा भयो, गुरुङभाषाको एउटा पेपर कक्षा १ देखि नै हरेक विद्यालयमा बैकल्पिक राखिनुपर्छ | यसो गर्दा कक्षा १० सम्म पुग्दा गैर-गुरुङ भाषीलाई पनि गुरुन्ग्सेलो राम्ररी आउँछ |
कसैले माने पनि नमाने पनि अहिलेको नेपालको संपर्क भाषा नेपाली नै हो | विदेशी र विदेशीका पछि लाग्नेहरूले एसलाई खस भाषा भन्छन् | खसभाषामा ७०% संस्कृतका आगन्तुक शब्द छन् | केही भाषा विज्ञहरूलाई यो बास्तविकता पचेको छैन | तै भएर नेपालीलाई “कमजोर” बनाउन निकै प्रपन्च रचिने गरेका छैन | अहिले त छन् संघिएताको नाममा पर्वतको महाशीलाले अंग्रेजीलाई गाविसस्तरमा अनिवार्य गर्ने भनेर चरमविकासवादी बन्न खोजेको छ | एस्तो निर्णय न देशको हितमा छ न जातिको |
अंग्रेजीकरणले देश र समाजको विकास हुन्छ भन्ने अबैज्ञानिक मान्यताले सरकार र अभिभावकहरूलाई नराम्रोसंग रोगी बनाएको छ | यो विरामी मानसिकताको पोषकका रूपमा शिक्षाविद् पनि दोषी छन् | अझैं सङ्घीय ब्यबस्थामा स्थानीयतहबाट नेपाली भाषा त विस्थापित हुने परिवेश सृजित हुँदैछ भने स्थानीयभाषा पनि विस्थापित हुने स्थिति देखिंदैछ |
मैले छूचो भएर बोल्नैपर्छ – विदेशीहरूको चलखेलमा पारेर नेपालीभाषालाई निचो देखाउने प्रयोजनले स्थानीयभाषाहरूलाई प्रमोट गर्ने एजेन्डा तयार भएको हो | स्थानीय भाषाहरूको इमानदारीपूर्वक विकास गर्दा देश निकै फाइदा हुन्छ | तर विदेशीहरूले थोपरेको नेपालीभाषाप्रतिको घृणावादी चिन्तन एजेन्डाका मात्र स्थानीय भाषाको विकासको कुरा गर्दा मजस्ता व्यक्तिहरू चिन्तित भएका छौँ |
नेपालका आफ्ना रैथाने भाषाहरू छन् | नेपालीलाई रैथाने भाषा होइन भन्ने, संस्कृतलाई आफ्नो दुश्मन ठान्ने मनोवृत्ति नेपाली होइन | सबैले बुझेको कुरा हो – यो घृणावादी सोचको जरोकिलो र यसका सम्बाहकहरू अरू कहींबाट संचालित छन् | मधेसी, पहाडी तथा हिमाली सबै जनताका धार्मिक संस्कारहरूको आधार संस्कृत हो | उपत्यकाका नेवारहरूको (बौद्ध) धार्मिक भाषा संस्कृत हो, तिब्बलीहरू संस्कृतबाट आफ्नो धार्मिक यात्रा आरम्भ गर्छन् तर संस्कृतको विरोध गर्छन् | यो विरोधाभाषले भाषा र बाहुनक्षेत्री विरोधी आवाज फुटवाद हुन् भनेर बुझिन्छ |
नेपालमा करिव १२३ भाषाहरूको अस्तित्व छ भनिन्छ | यी सबै भाषाहरू नेपाली होइनन् | यदि सबै भाषालाई नेपाली मानिने हो भने अंग्रेजीलाई पनि “नेपाली भाषा” नै मानिनुपर्छ | कुनै पनि नेपालीके अंग्रेजी भाषालाई नेपाली मान्न सक्दैन | किनभने सबैलाई थाहा छ यो नेपालको रैथाने भाषा होइन | मैले नाम लिन्न तर तर राजनैतिक मूढ़ेबलका माध्यमबाट अमुकभाषालाई नेपाली मान्न बाध्य बनाउने उद्योग चलिरहेको छ | यो मूढ़े आन्दोलनले नेपाली भाषाहरूप्रति मात्र होइन फलाना-फलाना नेपाली जातिहरूविच नै घृणाका बीजहरू रोप्दैछ |
उचित र उपयुक्त तवरले शिक्षाको व्यवस्था मिलाउन सकिन्छ भने विश्वको जुनसुकै भाषा सिक्नु हुन्छ | तर नेपाली भाषाको कुरा गर्दा केही अतिवादीहरूले “कुनलाई नेपाली भाषा मान्ने ?” भन्ने प्रश्न गर्छन् | सोध्ने र पढ्ने सबैले बुझेकै कुरा हो – यो बूझ पचाएको अवस्था हो | वरू, भन्न सक्नुपर्छ, नेपाली भाषाका साथमा हाम्रो स्थानीयभाषाको विकास हुनुपर्छ | कुनै पनि बाहुनक्षेत्रीले अन्य भाषाको विकास गर्नुहुँदैन भनेर विरोध गर्ने छैन | बरू, काठमाडौँ उपत्यकाभित्र कक्षा १ देखि नै १२ सम्म एउटा नेवारीभाषाको पेपर मेरो बच्चाले पढ्न पाउनुपर्छ |
अहिले नेपाली भाषाप्रति शत्रुतापूर्ण ब्यबहार गरिंदा नेपाली भाषामात्र होइन अन्य स्थानीय भाषाहरूलाई पनि अंग्रेजीले विस्थापित गर्ने अवस्था आएको छ | शिक्षाविदहरू भने कुरा चपाएर बोलिरहेका छन् | आफ्नो गोजीको हिसावको लेखाजोखा गरिरहेका छन् |
दक्षिण अफ्रिकेली महाद्वीपका २३ बटा देशहरूको आधिकारिक राष्ट्रिय संचारको भाषाका रूपमा अंग्रेजीले मान्यताप्राप्त गरेको लाभाग ७० देखि १४४ वर्ष वितिसकेको छन् | यदि अंग्रेजी भाषा थोपरिंदा देशको विकास हुने हो भने दक्षिण अफ्रिकेली देश “इंग्ल्यान्ड, युरोपझैं विकसित” हुनुपर्ने हो तर यी देशहरूको वास्तविकता कसैसंग लुकेको छैन |
सुडान, केन्या, नाइजेरिया मा सन् १९२० देखि अंग्रेजी नै राष्ट्रीय भाषाका रूपमा मान्यताप्राप्त छ र तेहाका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छन् तर खोई यी देशहरू “अमेरिका” बनेका ? नेपाली सरकारहरूले यो कुरा बुझ्नुपर्छ | देशको विकास अंग्रेजीकरण गरेर हुँदैन बरू आफ्नै भाषाहरूलाई अझैं बलियो र मान्य बनाएर हुन्छ |
जातिवादी आन्दोलनका पक्षधरहरूले बुझ्नुपर्छ नेपाली भाषा कमजोर हुँदा अंग्रेजी बलियो हुन्छ | अंग्रेजी बलियो हुँदा लिम्वु, गुरुन्ग्सेली, तामांग, मैथिली, भोजपुरी बलियो हुँदैनन् | सौताको रीसले पोइको काखमा …..भन्ने नेपाली भनाई चरितार्थ नहोस् |
भाषा विद्वानहरूले स्पस्टसंग बोल्न/लेख्न सक्नुपर्छ कि अंग्रेजी भाषा ज्ञानको नाममा नेपालीभाषाहरूको घांटी निमोठेर (अंग्रेजी बोल्ने जनशक्ति बढ्दैमा) देशको विकास हुँदैन |
मनोबैज्ञानिक खोजले सिद्ध गरेकै कुरा हो कुनै पनि भाषामा पोख्त हुन् छ महिना भए पुग्छ तर मातृभाषामा पोख्त हुन् तीन महिना भए पुग्छ | छ महिमा राम्रो परिश्रम गर्दा सिक्न/सिकाउन सकिने अंग्रेजी भाषाका लागि आफ्नो मौलिकभाषाको बलिदान दिनु कुनै पनि हालतमा जायज होइन |
अंग्रेजी भाषामा पोख्त हुनु राम्रो हो तर आफ्नो मातृभाषामा पोख्त हुनु तेस भन्दा धेरै राम्रो हो | मेरो विचारमा नेपालका सबै रैथाने भाषाहरूमा ऐच्छिकको ब्यबस्था हुनुपर्छ | र बाहुनको छोरीले म गुरुग्सेली भाषा बढ्छु भन्ने चाहेमा कक्षा १ देखि १२ सम्म नै एउटा पेपर दिने ब्यबस्था हुनुपर्छ | यसरी स्वेच्छिक विषयको रूपमा हरेक वर्ष एउटा पेपर दिंदैगर्दा १२ कक्षासम्म पुग्दा हरेक विद्यार्थी समन्धित स्वेच्छिक विषयमा राम्रो गरी बोल्न – लेख्न सक्ने हुन्छ |
तर संचारभाषाको रुपमा नेपाली राख्नु उचित हुन्छ | अंग्रेजी, संस्कृत, गुरुङ, मगर, मैथिली, तामांगआदि भाषाका स्वेच्छिक पेपरहरू कक्षा १ देखि १२ बजेसम्म नै पढ्ने/पढाउने ब्यबस्था अनिवार्य मिलाउनुपर्छ |
बरू आउनुहोस्, नेपाल र नेपालीको रैथाने शिक्षा पद्यति “आधुनिक गुरुकुल”का विषयमा छलफल गरौँ र नेपाललाई शिक्षामा आत्मनिर्भर बनाउन आफ्नो उत्तरदायित्व स्वीकार गरौँ |
भाषा विद्वानहरूले स्पस्टसंग बोल्न/लेख्न सक्नुपर्छ कि अंग्रेजी भाषा ज्ञानको नाममा नेपालीभाषाहरूको घांटी निमोठेर (अंग्रेजी बोल्ने जनशक्ति बढ्दैमा) देशको विकास हुँदैन |
मनोबैज्ञानिक खोजले सिद्ध गरेकै कुरा हो कुनै पनि भाषामा पोख्त हुन् छ महिना भए पुग्छ तर मातृभाषामा पोख्त हुन् तीन महिना भए पुग्छ | छ महिमा राम्रो परिश्रम गर्दा सिक्न/सिकाउन सकिने अंग्रेजी भाषाका लागि आफ्नो मौलिकभाषाको बलिदान दिनु कुनै पनि हालतमा जायज होइन |
अंग्रेजी भाषामा पोख्त हुनु राम्रो हो तर आफ्नो मातृभाषामा पोख्त हुनु तेस भन्दा ५० गुणा राम्रो हो | मेरो विचारमा नेपालका सबै रैथाने भाषाहरूमा ऐच्छिकको ब्यबस्था हुनुपर्छ | र बाहुनको छोरीले म गुरुग्सेली भाषा बढ्छु भन्ने चाहेमा कक्षा १ देखि नै एउटा पेपर दिने ब्यबस्था हुनुपर्छ | यसरी स्वेच्छिक विषयको रूपमा हरेक वर्ष एउटा पेपर दिंदैगर्दा १० कक्षासम्म पुग्दा हरेक विद्यार्थी समन्धित स्वेच्छिक विषयमा राम्रो गरी बोल्न – लेख्न सक्ने हुन्छ |
तर संचारभाषाको रुपमा नेपाली राख्नु उचित हुन्छ | अंग्रेजी, संस्कृत, गुरुङ, मगर, मैथिली, तामांगआदि भाषाका स्वेच्छिक पेपरहरू कक्षा १ देखि नै पढ्ने/पढाउने ब्यबस्था अनिवार्य मिलाउनुपर्छ |
अंग्रेजी थोपर्न हुँदैन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *