gsharan icon

नकारात्मकताको भूमरीमा नेपाली जनता

नकारात्मकताको भूमरीमा नेपाली जनता

नेपाली समाजमा जसरी नकारात्मकता विकसित भैरहेको छ, मलाई एसले निकै चिन्तित बनाएको छ | नेपाली जनताले आफुले भोट दिएर जिताएका नेताहरूप्रति पटक्कै विश्वास गर्दैनन् | राष्ट्र-सेवक कर्मचारीहरूमा पनि जनताको विश्वास छैन | सबै ब्यापारीहरू जनताका नजरमा ठगसरह नै हुन्छन् | एस्तो नकारात्मक सोच निकै दुखदायी छन् | एस्तो सोचले न सम्वन्धित व्यक्तिको भलो गर्न न देश र जनताको नै |
नेपाली जनता सचेत छन् र सचेत राजनीतिको बहस गर्छन् | तर भोट दिने बेलामा अचेत भएर भोट दिन्छन् | उनीहरूको संचेतना पार्टीको लागि समर्पित हुन्छ | मनभित्र सम्वन्धित राजनैतिक दलप्रति पश्चाताप भए पनि भोट भने तिनै पार्टीलाई दिन्छन् | एस्तो वेहोसी जनतामा मात्र भेट्न सकिन्छ | असलमा, हामी नेपाली जनताहरू वेहोसीमा वाँच्न अभ्यस्त भैसकेका छौँ |
नेपालको राजनैतिक परिवेश नै विवादित छ | आज राजनीति शब्दको अर्थ नै छल बनेको छ | नेपालमा भएका हरेक परिवर्तनहरूले एउटा तवकालाई महालाभ पुर्याउने काम गर्छ | अहिले केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा “सेवा” गर्न चुनिएका “जनप्रतिनिधि”हरूको चासो विकासमा होइन कमिसन र सुविधा बढाउनेतिर रहेको तत्थ्य छर्लंग छ |
सरकारी संयन्त्रले आफ्नो बचाउँ गरिरहेको छ | सर्वसाधारण जनताले अझैं चारवर्षसम्म सरकारलाई बोकेर हिड्नुपर्छ | किनभने भोट दिने सुविधा जनतासंग छ तर आफुसंग विश्वास घात गरिरहेका प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार छैन | जति निरङ्कुश, भ्रष्टाचारी र जनमत विरोधी भए पनि खप्नैपर्छ |
वि.स. २००७ देखि अहिलेसम्म ७ बटा राजनैतिक प्रयोग भैसकेका छन् | ती मध्ये अहिलेको परिवर्तन पनि सोच्नै नसक्ने गरी गन्हाउँन थालेको छ | तर सरकारमा वस्नेहरूसंग अधिकार छ | उनीहरूले आफु गन्हाएको न सुन्न चाहन्छन्, न बुझ्न चाहन्छन् र देख्न नै चाहन्छन् | उनीहरू दुर्गन्धित अवस्थालाई नै सुगन्धित भनेर प्रचारप्रसार गर्न बाध्य छन् |
ई प्रतिनिधिहरू २००७ देखि २०७६ सम्मका प्रयोगहरू किन सफल भएनन् र अहिलेको प्रयोग किन सफल हुन्छ ? भन्ने प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्नु भन्दा प्रश्नकर्ताहरूलाई नै तह लगाएर आफ्नो बचाउँ खोजिरहेको छ | र हरेक विगत र अहिलेको सरकारले पनि यही गरिरहेको छ | उदाहरणका लागि यो सरकार धर्मनिरपेक्षताका विषयमा जनताको अभिमतलाई गालीगलौज गर्छ | राजसंस्थाका विषयमा कुरा गर्नेलाई “अपराधी” ठान्छ | हिन्दूराष्ट्रको मांग गर्नेहरूप्रति असहिष्णु ब्यबहार गर्छ |
जनतामा राजनीति र राजनीतिज्ञप्रति घृणाको भाव जगाउने काम सबैभन्दा इनै नेताहरूबाट भएको स्पष्ट छ | किनभने नेपालको नेतृत्वले सधैं विदेशीलाई रिझाउनका लागि राजनीति गर्छ नकि नेपाली जनताको भलोको लागि | हरेक सरकारले विदेशीहरूलाई रिझाउन अनेकौं सन्धिहरूमा हस्ताक्षर गरे जसको नेपालीका लागि कुनै आवश्यकता नै थिएन | आइएलओजस्ता सन्धिहरूले नेपाली-नेपालीहरू बीच केवल र केवल एकआपसमा घृणा फैलाउने काम गरे | आज पनि नेपाल-आमाका सन्तानहरू “नाक थेप्चे चुच्चे”को विवादमा छन् | धन्न, नेपालीहरूको मौलिक संस्कृति मिलेर बस्ने भएकाले नेपाल अफगानिस्तान बन्नबाट जोगिएको छ |
तर प्रगतिशील र समाजवादीहरू आफ्नो गल्ति सच्याउनुको सट्टा उल्टै नेपाली जनतालाई दोष दिएर विदेशीहरूको प्यारो बन्ने गर्छन् | सबैसंग असल सम्वन्ध बनाउनु पर्छ तर आत्मसमर्पण गरेर लाडे बन्नु नेपाली राजनीतिज्ञको पर्याय बनेको छ | एसको जरोमा “विदेशबाट आयात गरिएका राजनैतिकवादहरूलाई निर्विकल्प ठान्ने मानसिकता हो | जवसम्म हामीले आफ्नो लागि राजनीति गर्दैनौं न हामीले विकास गर्न सक्छौं न संस्कार विकास नै गर्न सक्छौं |
एउटा साधारण मान्छेले पनि बुझ्न सक्ने तत्थ्य के हो भने परिवर्तन तेतिबेलामात्र सफल हुन्छ जव सर्वसाधारणले परिवर्तनको स्वामित्व लिन्छन् | नेपालमा ठीक उल्टो छ | नेताहरूले परिवर्तनको स्वामित्व लिन्छन् जनता तेसको विरोधमा उभिन्छन् | देशको ९% जनसंख्याको प्रतिनिधित्व गर्ने ब्राह्मण, १९% जनसंख्यालाई प्रतिनिधित्व गर्ने क्षत्री र ८२% जनसंख्याको प्रतिनिधित्व गर्ने हिन्दूहरूलाई गालीगलौज गर्नेहरूको समर्थनमा अहिलेको राजनैतिक नेतृत्व उभिएको देखिन्छ |
आफुले चुनेर पठाएका नेताहरूले आफ्नै धर्म, संस्कृति तथा संस्कार विरुद्ध विषवमन गर्नेहरूसंग समाज सकारात्मक हुन्छ भन्ने कल्पना गर्न मिल्दैन | हो, मैले हिन्दू जनसंख्याको कुरा गरेको हो | जनताले नेताहरूलाई विकासका लागि दिन्छन् फर्केर आफ्नै धर्म-संस्कृति विरुद्ध शत्रुतापूर्ण ब्यबहार गर्नका लागि होइन | अहिलेको संविधानले धर्मनिरपेक्षताको जुन ब्याख्या गर्न बाध्य भएको छ, तेसैको परिणाम हो | संबिधान भित्रको “धर्मनिरपेक्षता” नेताहरूको विदेशी रुझान र जनताको संस्कृति प्रेम बीच गरिएको बाध्यकारी सम्झौता हो | नेतृत्वप्रति नकारात्मकताको विकासको जरो यहींबाट फैलिन्छ |
चुनाव पद्धतिमा चलेका हरेक राष्ट्रमा आफ्नो राजनैतिक एजेण्डालाई समर्थन गर्नेहरूलाई कार्यन्वयनको तहमा नियुक्त गरिन्छ तर सिस्टमलाई पंगु बनाउने, बहुमत जनताको मन दुखाउने काम हुँदैन | बेलायतमा ब्रेग्जिटप्रति जनता विभाजित छन् तर सिस्टमबाट वाहिर कसैले केही काम गर्दैन | बेलायती प्रधानमन्त्री होस् वा अमेरिकी राष्ट्रपति अथवा मोदी नै किन न होऊँन् सबैले आफ्नो राष्ट्र र स्वार्थलाई प्राथमिकता दिएर काम गरेका छन् | उनीहरुले आफ्ना जनताका लागि काम गरिरहेका छन् | तेसैले निडर छन्, आत्मविश्वासले भरिएका छन् |
देशले परिवर्तन खोजेको छ तर राजनैतिक नेतृत्व तेस्तो परिवर्तनका लागि तयार छैन भन्ने तत्थ्यहरू तत्थ्यहरूले पुष्टि गरिरहेका छन् | बढ्दो भ्रष्टाचार, बढ्दो वैदेशिक रोजगार, विदेशी ऋणको भारी, घाटाबजेट आयात मुखी राजश्व – ई सबैले जनतालाई निराश बनाएको छ | जनताले जुन विषयमा परिवर्तन खोजिरहेका छन्, ती झन् बलियो भएका छन् | जनताजुन विषयवस्तु जस्ताको तस्तै रहोस् भन्ने चाहना राखेका छन् ती विषयहरूमा सरकारले हात हालेर जनताको चित्त दुखाउने काम गर्छ | हालै सरकारले गूठीका सम्वन्धमा तयार पारेको “विधेयक”लाई लिनुपर्छ |
यो विधेयक पक्षमा सरकार छ र विपक्षमा सरकार | अनि, सरकारप्रति कसरी सकारात्मकता बढ्छ ? यदि यो विधेयक (आमसंचारमा आएका तत्थ्यहरू सत्य हुन् भने) सरकार अलोकप्रिय हुने निश्चित छ | नेपाली जनताहरू तेस्तो राजनीतिका पक्षमा छन् जसले विकास, प्रगति तथा स्वसंस्कृतिको सुरक्षा गर्दै विकासको पथ बलियोसंग कोरोस् | भारतीय, चिनी, अमेरिकी, रुसी राष्ट्रपतिहरूले झैं आफ्नो देशलाई प्राथमिकतामा राखेर अडान लियोस् |
आशा गर्छु, राजनैतिक नेतृत्वले ई कुराहरूमा मनन गर्नेछ | आफ्ना जनताको कुरा सुन्ने छ र विदेशीका लागि होइन आफ्ना जनताको लागि काम गर्ने छ | स्मरण रहोस्, बलियो जग नभएको जग, राम्रोसंग न गाडेको किलो र जरा देखिएको रूखको आयु छोटो हुन्छ | आफ्नो जरोकिलोमा उभिएको सरकार तथाकथितहरूका लागि अलोकप्रिय भए पनि सर्वसाधारण जनताका लागि निकै प्रिय हुन्छन् | मोदी एसका प्रमाण हुन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *