वात्स्यायन र बौद्ध भिक्षु
“नहि भिक्षुकाः सन्तीति स्थाल्यो नाधिश्रीयन्ते” – भिक्षुक माग्न आउँछन् भनेर अन्न नै रोप्न छोड्नु हुँदैन – कामसूत्रकार वात्स्यायनको यो सूत्रले तत्कालीन बौद्ध भिक्षुहरूको आतंक देखाउंछ | नि:सन्देह वात्स्यायनको समय र बौद्धहरूको स्वर्णकाल संगै थियो |
राजा अशोकले राज-आज्ञा दिंदै “यदि कुनै ग्रामीण वा गृहस्थले श्रमणहरूलाई भोजन गरायेन भने उसको सम्पूर्ण अन्न राजाको हुने छ | श्रमण भिक्षुहरूलाई राजाले भोजन गराउने छ” (भट्ट) भन्दै आफ्ना नागरिकहरूलाई बौद्ध भिक्षुहरूलाई भोजन गराउनु अनिवार्य गरेका थिए |
उल्लेख गर्नु पर्दैन कि अशोकको समय पूर्णतया कृषि केन्द्रीत अर्थ व्यबस्था थियो र कृषकहरूको भूमिका अधिकार नभएर जमिन्दार वा राजामा थियो | कृषकहरू केवल रैती थिए | कृषकले उत्पादन गरेको अन्न मध्ये राजाले अधिकतम ३०% र रजौटाले २०% लिन्थे | बाँकी रहेको ५०% अन्नमा हरेक कृषकले आफ्नो परिवार पाल्नुका साथै घर व्यबहार चलाउनु पर्थ्यो |
सित्तैमा भोजनको व्यबस्था हुने भए पछि त्यस लाखौंलाख मान्छेहरू संघमा समावेश भए | ठाउँठाउँमा विहार र महाविहारहरूको व्यबस्था गरियो साथै एउटा विहारबाट अर्को विहारमा जाने क्रममा वा भिक्षुहरूले भिक्षा माग्न आएको क्रममा कृषकले दान दिनै पर्ने कानुनी बाध्यता सृजित गरियो | सित्तै खान र बस्न पाउने भएपछि भिक्षुहरूको सङ्ख्या बढ्यो अर्कोतिर कृषकहरूलाई भिक्षु खुवाउनु पर्ने बाध्यता भयो |
बौद्धपाली साहित्यहरूमा भिक्षुहरूको ताँती देखेर गाउँबाट कृषक पलायन भएका अनेकौं गाथाहरू छन् | दूर्भाग्यवस, कृषकहरूलाई दोषी देखाइएको छ | राजदण्ड र आफ्ना बालबालिका पाल्नु पर्ने बाध्यताका विच कृषकहरू पिल्सिएका थिए | राजा अशोकले कृषकको पीडा बुझेनन् | धेरै कृषकहरू त भोकै मर्नु भन्दा भिक्षुक बनेर जिउन थाले | काम गर्न जाँगर काटिएर भिक्षु बनेका लाखौं मान्छेको जत्थालाई कसैले पनि पाल्न सक्ने अवस्था थिएन | भिक्षुहरूको ताँती देखेपछि कृषकहरूसंग पलायन गर्ने विकल्प थिएन |
यसै बेला, महान् आचार्य कुमारील भट्टको आगमन भयो | उनले बौद्ध पलायनवादका विरुद्ध मीमांसाको कर्मयोगको उपदेश दिन थाले | कर्मयोगको यो दर्शन जनताविच एतिविध्न ग्राह्य भयो कि भारतवर्षबाट अशोकको राजआज्ञा सहित बौद्धभिक्षुहरूको आतंकमात्र होइन बौद्ध-पलायनवादको पनि अन्त्य भयो | भगवान् बुद्ध स्वयंले भने आफ्नो जीवनकालमा भिक्षुवादलाई प्रश्रय दिएका थिएनन् |
त्यसपछि श्रीपाद शंकराचार्यले बौद्धहरूकै शैलीमा बौद्ध-पलायनवाद, निराशावाद विरुद्ध प्रहार गर्नुभयो | सन्यासलाई ७५ वर्षपछि वा ब्रह्मचर्य आश्रम (गुरुकुलपछि) ग्रहण गर्ने नियम बनाई दिनुभयो | बौद्धहरूले हिन्दूहरूलाई दोष दिन्छन् तर भिक्षु-संस्कृतिलाई प्रवर्धन गरेर कर्मयोगको निराकरण गर्दै अल्छीहरूको फौजबाट दिक्क भएका भारतवर्षीय समुदायले बौद्ध-धर्मपरित्याग गरेको स्वीकार गर्दैनन् | श्रीलंका, म्यामार, कम्बोडिया, भियतनामआदि देशमा हिन्दू जनसंख्या थोरै भएको हुँदा, त्यहाँ बौद्ध आज पनि सशक्त छ | सत्य यही हो | भारतवर्षबाट बौद्धहरू आफ्नै कर्मका कारण नष्ट भएका हुन् |
एउटा कुरा म निश्चित पूर्वक भन्न सक्छु, भिक्षुक बन्ने परम्परा वैदिक सनातन धर्ममा केवल उमेरको ७५ वर्षपछि मात्र छ | तेस भन्दा पहिला जोगी बन्ने, भिक्षुकका रूपमा माग्दै हिड्ने, गृहस्थ जीवनको निन्दा गर्ने परम्परा जैन तथा बौद्धहरूबाट सिकिएको हुनुपर्छ, जैन तथा बौद्धबाट नक्कल गरिएको हुनुपर्छ | सिद्धार्थले ज्ञान प्राप्तिका लागि गुरू थपेका सबै तत्कालीन वैदिक विद्वानहरू गृहस्थ भएको तत्थ्य त्रिपिटकहरूले बोलेको कुरा हो |
श्रीधर राणा र तिनका घृणावादी चेलाहरूलाई यो प्रसंगले पोल्ने छ | बुद्धले उपदेश नै नदिएको हिन्दू सनातन धर्मप्रतिको घृणावाद सिद्ध हुने छैन |

