गुरुकुलको चिन्ता

गुरुकुलको चिन्ता

गुरुकुलको चिन्ता

एउटा गुरुकुल विषयक गोष्ठीमा उपस्थित वरिष्ठ विद्वानहरूले गुरुकुल असफल हुनुको कारण वारे पनि परिचर्चा गर्नु भयो | उहाले भन्नुभयो, हामीहरू हिन्दूहरू आफ्नो बोलाई र गराई मा निकै फरक गर्छौं | भन्ने वेलामा वैदिक संस्कृति एस्तो महान छ, उस्तो महान छ भन्ने तर गर्ने बेलामा आफ्ना छोराछोरी तथा आफन्तहरूलाई चर्चद्वारा संचालित देशका महंगा विद्वालयहरूमा भर्ना गर्न मरिहत्ते गर्ने | नसके विदेश नै पठाएर भए पनि अंग्रेजी पढाउने !!
असलमा, मान्छे जवसम्म चालीस कट्दैन तव सम्म सामाजिक तथा सांस्कृतिक चेतनाको समग्र विकास हुँदैन जस्तो लाग्यो | उपरोक्त सन्दर्भमा भारतेली विद्वान डा. अम्बेडकरका शिष्य के. जमाना दास लेख्छन् ” जसले आफ्ना घरका कुकुर-विराला सम्मलाई अंग्रेजी बोल्न र लेख्न प्रोत्साहित गर्छन्, तिनैले गुरुकुल चलाउन दान दिन्छन् र माला लगाउँछन् | यदि उनीहरुले आफ्ना बालबालिका गुरुकुलमा पठाउने हो भने के विग्रंथ्यो ?”
यिनले भनेका कुरा गलत छन् भन्न मिल्दैन | ब्यबहार परिवर्तन नगरी गुरुकुलको प्राचीन शिक्षा प्रणालीको पुन्रोद्धार हुँदैन | त्याग र प्रेरणा दूबैको आवश्यकता छ |
नेपालीहरू पनि एस्तै हिपोक्रेसीबाट ग्रत्त छौँ | गुरुकुल शिक्षा पद्यतिको जरो भनेको आजकोजस्तो कक्षा उक्लने र अध्यापकहरूले पढाउने प्रणाली नै होइन | प्राडा. काशीनाथ न्यौपानेले भन्ने भयो “माथिल्लोतहको विद्यार्थीले तल्लोतहको विद्यार्थीलाई पढाउने” र “८ वर्षको उमेरदेखि नै तोकिएको शिक्षा दिंदा पूर्णव्यक्ति सरहको ब्यबहार गर्ने” प्रणाली गुरुकुल हो | एसको अर्थ विद्यार्थीलाई माया, सम्मान तथा खेलकुद गर्ने अवसरबाट बन्चित गर्नु होइन अपितु उसको वास्तविक क्षमताको सम्मान गर्दै अध्यापनको अवसर प्रदान गर्नुहो |
अव प्रश्न उही उठ्छ – के हामी आफ्ना बालबालिकालाई गुरुकुल पद्यतिमा पठाउन तयार छौँ ? यदि होइन भने सेवानिवृत्त भएका प्राध्यापक/ उच्चअधिकारी, ब्यापारीहरूको मनको लड्डुको रूपमा गुरुकुल उदाउने छ तर गतिशील हुने छैन | तर हामीले जङ्गलमा बसेर पढ्ने गुरुकुलको कुरा गरिरहेका छैनौँ | आधुनिक गुरुकुलको उपक्रम भनेको वैदिक ज्ञान देखि मङ्गल ग्रहमा उडेर जान मिल्ने आधुनिक रकेटसम्मको ज्ञानको बाटो खोल्नेमा रहेको छ |
आधुनिक शिक्षा प्रणालीले रोबोटिक शिक्षा दिन्छ भने गुरुकुल पद्यतिले भावनात्मक, मानवोचित तथा नैतिक मानवको निर्माणको ग्यारेन्टी गर्छ | आचार्य देवो भव: जस्ता उपनिषदीय आदेशले यो कुरा स्थापित गरेकै छन् | ब्यबहारमा ल्याउने कामको थालनी हुँदैछ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *