संस्कृतको संस्कृति

संस्कृतको संस्कृति

संस्कृतको संस्कृति

म संस्कृतको ज्ञाता होइन | मलाई संस्कृत मन पर्छ तेसैले संस्कृतका पक्षमा बोल्छु, लेख्छु | मेरा पिता जी र मेरा दीक्षा गुरू दूबै संस्कृतका साधक हुनुहुन्थ्यो | मैले आफ्नो बाल्यकाल बटुकहरूका वीचमा बटुक बनेर विताएको थिए | एउटा प्राकृतिक गुरूकुल नै मेरो पहिलो शिक्षा थियो |
आज ई सबै कुरा इतिहास बनेका छन् | मेरो कार्यक्षेत्र दर्शनशास्त्र र मनोविज्ञानमा समेटिएको छ | अल्पज्ञानी पनि संस्कृतले नै हाम्रो नेपालीपनको रक्षा गर्छ भन्ने मेरो विश्वास हिजोभन्दा आज बलियो भएको छ | नेपालमा संस्कृतको विकास होस् र संस्कृतिको निर्यातक बनोस् भन्ने मेरो ईच्छा बलवान हुँदैछ |
वुवाको उत्तराधिकारमा मैले धेरै हस्तलिखित पुस्तकहरू प्राप्त गरेको छु | धेरै पुस्तकहरू आमासंग मागेर लगे | ती कहिलै फर्किने छैनन् | केही मसंग छन् तर चाँदीकीराले खाएर दिक्क परेको छ | कहिले कपुरमा र कहिले निमका पात ओढाएर राखेको छु |
हाम्रा पूर्खाले वनारस गएर संस्कृत पढ्थे | पछि, मुस्लिमहरूले काशिनाथको मन्दिर ध्वस्त बनाएपछि भारतीयहरू पनि नेपालमा (हालको पर्वत जिल्लालाई उत्तरको काशी भनिन्थ्य्यो भन्ने कुरा स्व.डा. प्रपन्नाचार्यले उल्लेख गरेका छन्) आएर संस्कृत पढ्थे |
एसको प्रमाण हो – भारतमा विलुप्त भैसकेका कतिपय प्राचीन संस्कृत ग्रन्थहरू नेपालमा छन् भने वेलायतका पुस्तकालयहरुमा समेत नेपालीले लेखेका पुस्तकहरू राइछाई छन् भन्ने कुरा मैले सुनेको छु | स्वदेश र विदेशमा रहेका अनुसन्धाताहरूले तत्थ्यको तत्थ्य खोज्नुपर्यो | बेलायत निवासी दिवाकर आचार्य, दुर्गा प्रसाद पोख्रेल, धनन्जय ढकाल, नारायण गाउलेजस्ता संस्कृतका विद्वानहरूले यो विषयमा चासो लिनुहुन्छ भन्ने मैले निवेदन गर्छु |
नेपालको अमूर्त तथा मूर्तइतिहासका प्रमाणहरूले संस्कृतलाई नेपालको प्राचीनतम भाषाका रूपमा प्रमाणित गरेको छ | तर यो लोकभाषा नै थियो भन्नचाहिं सकिन्न | चाँगुनारायण मन्दिरका शिलालेखले यो प्रमाणित गरेको छ कि तेस बखतका नेपालीहरूले अभिलेखहरू राख्न होस् वा सार्वजनिक कार्यक्रम होस् संस्कृत भाषाको प्रयोग गर्थे भन्न मिल्छ |
नेपाल संस्कृत विश्व विद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. काशिनाथ न्यौपानेका अनुसार आज पनि नेपालको पुरातत्व विभागमा ५० हजार संस्कृतका अप्रकाशित हस्तलिखित पुस्तकहरू सम्पादन, अनुवाद तथा प्रकाशनको पर्खाईमा छन् | यो भनाईले नेपाल संस्कृतभाषाको केन्द्र नै रहेछ कुनै वेला भन्ने सिद्ध गर्छ |
डा. न्यौपानेको भनाई साँचो हो होइन भने बुझ्न म आफै माइतीघरमा रहेको पुरातत्व विभागका कर्मचारीले “सही हो” भन्दै सत्यापन गरेका छन् | केद्रीय पुस्तकालय कीर्तिपुर, नेपाल पुस्तकालय हरिहर भवन र केशर पुस्तकालय समेत व्यक्तिगत रूपमा सङ्ग्रह गरिएका हस्तलिखित संस्कृत साहित्यको लेखोजेखो गर्न वांकी नै रहन्छ |
आज जसरी अंग्रेजी भाषा प्रयोग गर्नेहरूले आफुलाई मोडर्न मान्छन् तेस्तै परिवेश तेसवखतको हुनुपर्छ | विडम्वना नै मान्नुपर्छ – अंग्रेजीले नेपालका अन्य स्थानीयभाषाहरू खर्लप्प निल्न लाग्दा “मोडर्न”हरू चिन्ता गर्दैनन् तर संस्कृतबाट सधैं आफुलाई खतरामा रहेको देख्छन् !
नेपालमा भने राजा वीरेन्द्रको पहलमा संस्कृत विश्वविद्यालयको स्थापना गरेर सन् १९८६ मा भएको थियो | यो एउटा राम्रो आरम्भ थियो | तर संस्कृत विश्वविद्यालयको स्थापनालाई तेसवेलाका राजनैतिक दलहरूले स्वागत गर्न सकेनन् बरू “राजतन्त्र टिकाउने “षड्यन्त्र” विरोध गरे |
नेपालमा दलीय राजनीति गर्नेहरूको विडम्वना के हो भने इनीहरूले सधैं राजाका कामहरूको आलोचना मात्रै गरे | उनीहरूले थालनी गरेका असल कार्यहरूको प्रसंसा गर्न नसक्नु उनीहरूको हीनताबोध हो | आफ्नै देशको मौलिक भाषाको विरुद्ध उभिनु अनुचित थियो |
विदेशीहरूले आइएनजीओ/एनजीओका फलैचाहरू प्रयोग गरेर संस्कृतको जरो काट्ने काममा नेपाली जनजाति-आदिवासी तथा धर्मपरिवर्तन गरेर इसाई बनेका समुहलाई खुवै प्रयोग गर/गरिरहेका छन् | राजनैतिकदलहरू पनि जानेर वा नजानेर इनैका मतियार बन्न पुगे | शिक्षा राजाले आरम्भ गरे पनि प्रजाले आरम्भ गरे पनि सबैका लागि हुन्छ भन्ने कुरा आत्मसात् गर्न सकेनन् |
राजाले त संस्कृत विश्वविद्यालयको आरम्भ गरेर “राजतन्त्रलाई बलियो काम गरे रे” तर २०४६ पछि नेपाल संस्कृत विश्वविद्यालयले भोगिरहेको दुर्दशा निकै दयनीय छ | दलीय आस्थामा आबद्ध विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले मिलेर विविलाई “खुला” राख्नु भन्दा “बन्द” राख्ने कार्यलाई महत्व दिए |
हाल १६९७ विद्यार्थी सङ्ख्या भएको यो विवि थलिएको छ | एसका प्राज्ञिक कामहरू काकताली र दलीय झगडाहरू “असली काम” बनेका छन् भन्दा अनुचित हुँदैन | विविसंग सम्बद्ध सज्जनहरूको वन्दना गर्छु र दुर्जनहरूको निन्दा | एस भन्दा धेरै नबोलौं, न लेखौं | संस्कृत विविको उत्थान देख्न र भोग्न पाइयोस् | यो विवि संस्कृत सिक्न, अनुसन्धान गर्न चाहने विश्वभरीका विद्यार्थीहरूको तीर्थस्थल बनोस् |
अहिले पनि संस्कृत विश्वविद्यालयमा पढ्ने छात्रछात्राहरूलाई शास्त्री देखि लिएर आचार्यसम्म छात्रवृत्तिको ब्यबस्था गरिएको छ | जो-सुकैले पनि संस्कृत पढ्न पाउँछन् | हिन्दू, जैन, बौद्ध, किराती, वोन, मुस्लिम, इसाई तथा नास्तिकहरू र आदिवासीहरूका लागि संस्कृतको ढोका खुलै छन् | संस्कृत र संस्कृतिप्रति घृणा गर्नेहरूका लागि अध्ययन/अध्यापन भन्दा घृणावादप्रति प्रेम हुन्छ |
संस्कृत विश्वविद्यालयले कुनै काम नै गरेको छैन भन्ने मूर्खता म गर्दिन तर वदलिँदो परिवेशमा यदि विविले आफुलाई रुपान्तरित नगरेर दलीय दलदलमा नै रहिरह्यो भने हामी नेपालीहरूको दूर्भाग्य हुनेछ | हामीले आफ्नै नाइटोमा कस्तुरी छ भन्ने बुझ्नुपर्यो | संस्कृत र संस्कृतिका क्षेत्रमा काम गर्नका लागि यो सबैभन्दा उपयुक्त समय हो | आफ्नो व्यक्तित्व, विविको व्यक्तित्व र संस्कृतिको समग्र विकासको यो अनुकुल परिस्थिति फुत्केर जानुहुँदैन |
त्रिभुवन विविको संस्कृत विभाग पनि विरामी छ भन्ने सुनेको छु | माफ गर्नुहोला भर्ना भएका विद्यार्थीहरूलाई नियमित पढाइन्न भनेको सुन्दा मन उदास भयो | ५० हजार संस्कृतका हस्तलिखित अप्रकाशित पुस्तकहरू पुरातत्व विभागमा छन् भन्ने जान्दाजान्दै विभागहरूले अर्कालाई दोष दिएर उम्किन सक्दैनन् |
नेपालमा विद्यालयस्तरदेखि नै संस्कृत पढ्ने/पढाउने ब्यबस्था छ | उच्चशिक्षा परिषदले “संस्कृतधार”का लागि कक्षा १० सम्म छुट्टै ब्यबस्था गरेको छ | वेदविद्याश्रममा संस्कृत पढ्ने ब्यबस्था छ तर सरकारीस्तरबाट होइन | आफ्नो धर्म, संस्कृति तथा संस्कारलाई माया गर्ने दानी-विद्वानहरुको सहकार्यमा ई चलिरहेका छन् |
नेपालमा विद्यालयस्तरमा संस्कृत पढाउने गुरुकुल, वेदविद्याश्रम तथा विद्यालयहरूको सङ्ख्या ३०० हाराहारीमा रहेको छ र तेसमा करिव ६५०० विद्यार्थी अध्ययनरत छन् भन्ने मैले सुनेको छु | वेदविद्याश्रम र गुरुकुलहरू जनस्तरमा संचालित छन् |
क्षमा गर्नुहोला, नेपाली विविहरूमा गएर उच्चशिक्षा हासिल गरिरहेका वा गरेका “विद्वान”हरूले भन्दा वेदविद्याश्रममा पढेका विद्यार्थीहरूले नेपालको मौलिक संस्कृति थामिरहेका छन् | नामकरण देखि लिएर मृत्युसंस्कार पर्यन्तका संस्कारहरू, चाडवाडहरूका अवसरमा गरिने पूजापाठहरू, कर्मकाण्ड तथा जनताका दैनिक-संस्कृतिको जगेर्ना गर्नेहरुमा वेदविद्याश्रमको उल्लेखनीय देन छ | सबैमा हार्दिक नमन गर्छु |
सधैं कक्षा छलेर कार्यक्रममा पुग्ने र संस्कृतको दुर्गति भयो भनेर कुर्लने प्रवृतिरहेसम्म सजिलो छैन | असलमा. काम गर्नेहरू पछि परेका छन् र “पुच्छर”हरू अगाडी बढेका छन् | यिनै पछि पारेकाहरूले संस्कृत थामेका छन् भन्न मिल्छ |
हाम्रा सरकारहरू सधैं आफ्नो धर्म, संस्कृति तथा भाषाहरूप्रति सधैं असहिष्णु रहे | ई राजनीतिज्ञहरूको दिमागमा कसैले “तिम्रो धर्म, संस्कृति, भाषा, आहारब्यबहारमा अन्धविश्वास, अप्रगतिशीलता छ” भनेर कोचिदिएको छ | अव एस्तो ह्याँगोभेर वाहिर निस्किनुपर्छ | उहाँहरूले स्वीकार गर्नुपर्छ कि हाम्रा जे-जति संस्कृतिहरू छन् तिनको विकास र विस्तार संस्कृतभाषाको जगमा भएको छ | नेपालमा विदेशीहरू अंग्रेजी पढ्न होइन संस्कृत पढ्न आउने हुन् |
विगतमा नेकपाले संस्कृत विरुद्ध अपराध गरेको छ | गुरुकुलका बटुकहरूको टुप्पी काटेको, विविको पुस्तकालयमा आगो लगाएको संस्कृतका शिक्षकलाई झुन्ड्याएर मारेको अपराध जनताको मनभित्र गढेर बसेको छ | अहिलेको अनुकुल परिस्थितिको उपयोग गर्दै संस्कृत र संस्कृतिको विकासमा सक्दो सहयोग गरौँ | संस्कृतभाषाको जतिधेरै विकास हुन्छ तेतिनै धेरैलाभ नेपालका हिन्दू, बौद्ध, जैन धर्मावलम्बीहरूलाई हुन्छ भन्ने कुरा आत्मसात् गरौँ |
हाम्रो नेतृत्व विकासको अर्थ विनाश होइन भनेर बुझेको छ | नेपालबाट नेपाली संस्कृति नै मास्ने हो भने कस्तो नेपाल रहला ? संस्कृत नष्ट भएपछि क्रमशः संस्कृति नष्ट हुन्छन् | संस्कृति नष्ट भएपछि सभ्यता नष्ट हुन्छ | संस्कृतमा संस्कृति अर्थात् हाम्रा चाडवाडहरू टिकेका छन् | चाडवाडहरूसंग मिथक-कथाt जोडिएका छन् | इनै कथाहरूले मन्दिर, चैत्य, गुम्वा, विहार, पाटी-पौवा निर्मित भएका छन् | संस्कृत नष्ट हुनु भनेको रूखको जरो काट्नु हो | विदेशीहरूलाई हाम्रो सभ्यता जोगाउने दायित्व छैन | हामीले आफ्नो कर्तब्य बुझ्नुपर्छ |
मैले एउटा सुन्दर सपना देखेको छु कि एउटा नया गुरुकुलको निर्माण भएको छ | तेहा पढ्ने पढाउने सबै अध्यापक र विद्यार्थीहरू एकचित्त भएर पठनपाठनमा लागेका छन् | उनीहरूको पहिलो कार्यसूचिमा ती ५० हजार पुस्तकहरूको सम्पादन, अनुसन्धान र प्रकाशन भएको छ | यो कार्यसूचि पढेपछि अमेरिका, बेलायती, भारतीय र युरोपेली विद्वानहरूको समेत यहा आगम भएको छ |
हाम्रा प्राध्यापक र विद्यार्थीहरू अनुसन्धानका लागि आएका ती विद्यार्थी तथा अध्यापकहरूलाई मार्गदर्शन गरिरहेका छन् | संस्कृत र अंग्रेजी भाषामा समान दखल भएका गुरुकुलीय विद्यार्थीहरू साच्चिकै गजवका छन् | कुनै राजनीति, न कुनै आडम्बर, न कुनै पूर्वाग्रह सबैको एकै धेय छ – नेपाललाई विश्वको केन्द्र बनाउने |
हामीले स्वीकार गरे पनि नगरे पनि नेपालमा बोलिने भाषाहरूमा संस्कृतभाषा राइछाई छ | नेपाली, मैथिली, भोजपुरी, मगाही, थारुआदि भाषाबाट संस्कृत निकाल्नेहरू भने ई भाषा मर्छन् | तेस्तै नेवारी, गुरुन्ग्सेली, मगरआदि भाषाहरूमा पनि संस्कृत छ | हामीले संस्कृत सिक्नैपर्छ पर्छ किनभने एसले हाम्रो मातृभाषाको सुरक्षामा मदत गर्छ |
अर्को कुरा, संस्कृत एउटा जीवित भाषा हो | आज पनि विश्वमा हरेक दिन संस्कृतमा लेखिएका आठबटा पुस्तक प्रकाशित हुन्छन् | रेडियो टेलिभिजनबाट संस्कृतमा समाचार बोलिन्छन् | दुईवटा दैनिक समाचार पत्र निस्किन्छन् | विश्वका करिव ६०० बटा विविहरूमा संस्कृतको पठनपाठन हुन्छ | विश्वमा करिव दुई करोड मान्छेले संस्कृत भाषा जानेका छन् | करिव ३०० जना मान्छेको मातृभाषा संस्कृत नै हो भने हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक भाषा पनि संस्कृत नै हो |
एसका लागि हामीलेआजका मितिदेखि विदेशी प्रतिमानको दलीय राजनैतिक प्रतिबद्धताप्रति होइन देशको आफ्नो मौलिकताप्रति प्रतिबद्ध भए पुग्छ | संस्कृतको विकास र प्रवर्धन गर्दा नेपालका अन्य भाषाहरूको पनि विकासमा जोड दिनुपर्छ | हामी अघि बढौं अरूलाई पनि अगाडी बढ्न मदत गरौँ | सह: वीर्यं कारवावहै: |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *