gsharan icon

के आयो ?

एउटा नेपाली नागरिकका रूपमा मैले धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिरहेको छु | सरकारहरू परिवर्तित भएपछि उत्तर प्राप्त हुन्छ कि भन्ने आश पनि क्रमसः मरिसकेको छ |
राजाको शासनलाई “पंचायत” थियो | धेरैलाई विकास, सदाचार तथा प्रगतिको वाधक ठानेर एसलाई फाले | जनताले आसा त गरे तर निरासा हात लाग्यो |
पंचायत गयो | प्रजातन्त्र आयो | हाल सत्तामा रहेकाहरूले नै प्रजातन्त्र बोकेर हिंडे | तेस बखत यो भन्दा राम्रो अर्को थिएन | सबैले यही भने |
गणतन्त्र आयो | पंचायत र प्रजातन्त्र दूबै खराव रहेछन् – भनियो | तर गणतन्त्र औषधि बन्न सकेन | नेपाल माटोमा बनेको नया संरचनाले जनतालाई होइन नेतालाई हित गरिरहेको छ |
न सुशासन आयो | न भ्रष्टाचार रोकियो | न जनताले विकासको अनुभूति गर्न सकिरहेका छन् |
किन देशमा बेथिति छ – राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, ब्युरोकेट्स र ब्यापारी कसैसंग जवाफ छैन |
सुगाले झैं “राम्रो हुँदै छ, पर्खनोस् भन्दा उनीहरूकै मन अमिलो हुन्छ | झूट बोल्नु परेकोले आत्मा रुन्छ | सत्तामा बसेपछि बोल्न मिल्दैन |
राजनैतिक परिवर्तनले युवा जनशक्तिलाई विदेश लखेट्ने नीति लिएको छ | भएका उद्योगहरू क्रमशः विलखबन्दमा पर्दैछन् |
“नेपालमा कुनै पनि उद्योग सफल हुनैसक्दैन” भन्ने मनोविज्ञानको बेपत्ता प्रसार हुँदैछ | धन भएकाहरूले उद्योगमा जोखिम देख्छन् |
मैले धेरै पटक अरूण सुमार्गीको जस्ता उद्योगीहरूको ट्रायल पढेको छु | उनीसंग कसरी धन आयो, उनी नै जानून | तर उनले नेपाल मै उद्योग संचालन गर्छन् |
भारतीय उद्योगीहरूले नेपालका धेरै ब्यांक टाट पल्टाएका छन् | नेपालमा टाट पल्टिए पनि भारतमा उनका उद्योगहरू संचालनमा हुन्छन् | ब्यांकले नेपालीलाई भन्दा तीनैलाई पत्याउँछ |
नेता, कर्मचारी र सर्वसाधारण नेपालीमा समेत “मारवाडी” मात्रै सफल ब्यापारी हुन्छन् भन्ने मनोविज्ञानले जरा गाडेको छ | एस्तो मनोविज्ञान भत्काउन सुमार्गीहरूले धेरै प्रयत्न गर्नुपरिरहेको छ |
किन नेपाली उद्योगपतिहरू सधैं आलोचनाको पात्र बन्छन् ? मैले आफैसंग धेरै पटक सोधेको छु | अजय सुमार्गीहरूले उद्योग संचालन गर्छन् | नेपालीहरूलाई रोजगार दिन्छन् | एउटा नेपालीके पनि सफलता पूर्वक उद्योग संचालन गर्छन्, भन्ने विश्वास रोप्दैछन् भने उनीहरूले गलत गरिरहेका छैनन् |
विदेशी र स्वदेशी कन्सल्टेन्ट राख्दैमा देशको प्रगति हुँदैन | नेपाल र नेपालीलाई माया गर्ने मन भएको उद्योगी चाहिन्छ | राजा ज्ञानेन्द्रले होस् वा सुमार्गी दूबैले देश मैं उद्योग संचालन गरिरहेका छन् |
हाम्रो मिडिया र राजनैतिक सोच अचम्मको छ | हाम्रा मिडियाकर्मीहरू पत्रकार कम र न्यायाधीश बढी छन् | मिडियाकर्मीले “फलानो” व्यक्तिका सवालमा धेरै पहिला नै फैसला सुनाईसकेका हुन्छन् – फलानो भ्रष्टाचारी वा सदाचारी |
मलाई लाग्छ, नेपालमात्र एउटा एस्तो देश हो जहाँका पत्रकारहरू वकिल र न्यायाधीश आफै हुन् | सरकार त पींध नभएको लोटा जस्तो छ | सांसदहरू पत्रपत्रिकामा प्रकाशित भएका “निर्णय र बहस” पढेर आफ्नो धारणा व्यक्त गर्छन् |
विगतका केही वर्ष एता त झन् विचरा न्यायाधीश आफै नै ट्रायलको सिकार भएका छन् | पत्रकार र सांसदको भेजामा भएको निर्णय विरुद्ध न्यायधीशले जाने आँट गर्नुहुँदैन | नत्र जागिर जान्छ |
ब्यापारीले व्यापार गर्ने नै नाफा प्राप्त गर्नका लागि हो | तर नेपालका राजनीतिज्ञहरू ब्यापारी भन्दा चर्का छन् | जनताले “नेता” सदाचारी हुन्छ” भन्ने कुरा ज्यान गए पत्याउन सक्दैनन् | सम्भवत: राजनीतिज्ञ आफैले आफैमा पनि विश्वास गर्न सक्दैन |
ब्यापारीले नाफा कमाउन जोखिम मोल्नुपर्छ तर राजनीतिज्ञले नाफा कमाउन कुनै पनि जोखिम मोल्नु पर्दैन | राजनीतिज्ञ र मिडियाले जोखिम मोलेर उद्योग गर्न चाहनेहरूको सम्मान गर्नुपर्छ |
कानुन विरुद्ध काम गर्ने जोसुकैले कानुनी प्रक्रियाअनुसार दण्ड पाउनुपर्छ | भ्रष्टाचार र झूटको पुरस्कार “दण्ड” नै हो | न्यायालयलाई यो अधिकार प्राप्त छ | मिडिया वा पत्रकारलाई होइन |
राजनीतिज्ञहरूले युवाहरूको पीडा बुझ्दैनन् | विदेश जान कसैको रहर हुँदैन | मिडियाकर्मी कर्मीले न देशका युवाशक्तिको कुरा बुझ्दछन् न ब्यापर गर्न चाहने नेपालीहरूको नै | राजनीति नै पेशा भएकाहरूले न युवाको कुरा बुझ्छन्, न उद्योगीको कुरा बुझ्छन् – उनीहरूले बुझ्ने कमिसन मात्र हो |
नेपालको विकास असलमा कमिसनका लागि भएको हो | नेपालमा जे-जस्तो विकास देखिएको छ, यो कमिसनका लागि प्रपन्च गर्दा काकताली परेको हो | सत्यले पोल्छ | राजनीति र ब्युरोकेट्सको खोलमा उभिएको असत्यले सबै कुरा पचाईसकेको छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *