मैले एसो भने
“संस्कृत शव्दबाट संस्कृति बनेको हो | हामीले अंग्रेजी पढ्न निकै प्रयत्न गर्नुपर्छ तर संस्कृत पढ्ने तेती परिश्रम गर्नुपर्दैन | संस्कृत हामीले बोल्ने नेपाली, मैथिली, भोजपुरी, नेवारीआदिमा संस्कृत शब्दहरू राइछाई छन् | नेपाली बोल्नेले अंग्रेजी सिक्न गरिने प्रयत्नको २०% मात्र परिश्रम गरे संस्कृत सजिलैसंग बोल्न, लेख्न र पढ्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ | तर अंग्रेजी पढ्न भने पछि पर्नुहुँदैन | संस्कृतमा लेखिएका विषयवस्तुहरू विश्वलाई पस्कन अंग्रेजीले धेरै मदत गर्छ | आज धेरै विषयवस्तुहरू अंग्रेजीमा पस्के महत्व दिइन्छ |
मलाई थाहा छ, विद्वानहरूका सामु संस्कृत र संस्कृतिका विषयमा विचार राख्नु भनेको सूर्यलाई दियो देखाउनु हो | तर दियोको पनि आफ्नो अस्तित्व हुन्छ | दियोले चूप लगेर वस्न मिल्दैन | अहिले जसरी देशभित्र र वाहिरबाट संस्कृत र संस्कृतिमा प्रत्यक्ष आक्रमण भइरहेको छ, तेसले एस्ता सम्मेलनको महत्व र लक्षलाई अझैं प्रखररुपमा स्पस्ट हुन प्रेरित गरिरहेको छ | हामीले आफ्नो सुरक्षा र वर्धनका लागि स्वक्रियात्मक अल्प, मध्यम तथा दीर्घकालीन योजनाहरू वारे पनि सोच्नुपर्छ |
सबैभन्दा पहिले आफ्नो जरोकिलो अर्थात् नेपाली (मातृभाषा) र संस्कृत बलियो हुनुपर्छ | यी दुवै भाषामा दक्खल हुँदा अंग्रेजीको प्रयोग राम्रो र प्रभावकारी तवरले गर्न सकिन्छ | सबैभन्दा पहिले संस्कृत विद्वानहरूले अंग्रेजी झैं महत्व दिएर आफ्ना बालबालिकालाई संस्कृततिर उत्साहित गर्नुपर्यो | संस्कृतको कुरा गर्दैमा संस्कृत पढ्ने संस्कृतिको विकास हुँदैन |
नेपालीहरू जीवनशैली अर्थात् संस्कृतिको निर्माण संस्कृतबाट भएको हो | यो तत्थ्यलाई अस्वीकार गर्ने कोही छैन | तर धर्मपरिवर्तन र जागिरमुखी शिक्षाले नेपाली संस्कृतिमा निकै कुप्रभाव परिरहेको छ | हामीले नै अग्रसरता लिएर यी दूबै अतिवाद रोक्न हामीले प्रयत्न गर्नुपर्छ | अरूबाट होइन, आफैबाट आरम्भ गर्ने हो | परधर्मो भयावह: भन्दैमा धर्मपरिवर्तन रोकिन्न | धर्मपरिवर्तनकारीसंग हामीले शिक्षा लिनुपर्छ कि कसरी उनीहरूले बालबालिका, युवा-युवति, प्रौढ सबैलाई संचालित गरिरहेका छन् | आलोचनाले मात्र स्वधर्म र संस्कृतिको रक्षा हुँदैन | अहिले जसरी नेपालमा दीर्घकालीन योजना बनाएर नै धर्मपरिवर्तन गराइदै छ, निश्चय नै एसले भविष्यमा त्रासदीपूर्ण अवस्था निम्तिने छ | परधर्मो भयावह: सत्य हुँदैछ | संस्कृतज्ञ र संस्कृति प्रेमी यो सभाले यो कुरा बुझेकै छ |
यदि संस्कृत प्रेमी तथा संस्कृतका विद्वानहरूले मनन गर्ने हो भने तत्काल नै शिक्षामा हस्तक्षेप गर्ने नीति बनाउनुपर्छ | कक्षा १ देखि नै कमसेकम एउटा पेपर संस्कृत र संस्कृतिका विषयमा तयार गरेर शिक्षाविभागमा पेश गर्नुपर्छ | दोस्रो हस्तक्षेप हामीले आफ्नै परिवारमा गर्नुपर्छ | कमसेकम परिवारका बालबालिकाले संस्कृतको संस्कृति बुझेको हुनुपर्छ | तेस्रो हस्तक्षेप आफैले आफुमा गर्नुपर्छ – संस्कृतको ज्ञाता भएकोमा गौरवको भाव गर्नुपर्छ | अंग्रेजी एउटा भाषा हो जसले सिक्दा पनि हुन्छ | चौथो हस्तक्षेप, अनुसन्धानका क्षेत्रमा हुनुपर्छ | यो सबैभन्दा असजिलो काम हो | कर्मकाण्डका लागि होइन अनुसन्धानका लागि अनुसन्धान गरिनुपर्छ | हरेक अनुसन्धानलाई अर्थपूर्ण र स्वीकार्य बनाउने जिम्म्मा विविले लिनुपर्छ |
सबै थोक संस्कृतमा छ भन्ने अतिवादी सोच राख्नु उचित हुँदैन कि ? तर संस्कृतबाट निर्मित भएको हाम्रो सभ्यताको निरन्तरता दिने र एसको सुरक्षा तथा ब्यापक बनाउने जिम्मा हाम्रो नै हो | विदेशी सबै खराव हुँदैनन् | खरावहरुलाई चिन्नुपर्छ | असलहरूलाई स्वीकार्नुपर्छ | तर आफ्नो मूल अर्थात् जरो बलियो नभएको रुख स-सानो हावाको झोकाले पनि ढल्न सक्छ | सर्वप्रथम आफु बलियो हुनुपर्छ | आफ्नो विषयमा दक्षताप्राप्त गर्नुनै बलियो हुनु हो | सबैथोकमा विदेशीको नक्कल गर्नुको कुनै अर्थ छैन | नेपाली र भारतीय समाजमा विचलन आउनुको मुख्य कारणनै नक्कल हो |
संस्कृत सम्मेलनमा सहभागी विद्वानहरूको सङ्ख्या देखेर संस्कृत र संस्कृति दुबैको भविष्य राम्रो देखिएको छ | तर यो उपस्थिति “फाइभ-स्टार होटेल”को लागि भएको हो भने हामी नेपाली भन्दा बढी दुर्भाग्यशाली अरू हुने छैनौँ | फाइभ स्टार साधन हो, साध्य होइन | चिन्तनको दरिद्रता त्याग्न सके धेरै थोक हाम्रो लागि सजिलो हुन्छ |
आजभोली राजनीति र राजनैतिज्ञलाई (नेता) गालीगलौज गर्ने र हरेक खरावीहरूको दोष दिने फेसन नै चलिरहेको छ | कहिलेकाहीं त एस्तो पारा देखेर मन खिन्न हुन्छ | राजनीति हरेक मान्छेको नैसर्गिक अधिकार हो | तर राजनैतिक आस्थाका आडमा आफ्नो कर्तब्य निर्वहन नगर्नेहरू प्रति शून्यसहनशीलताको विकास पनि हामीले नै गर्नुपर्छ | प्राध्यापकहरू वीच राजनैतिक आस्थाका आधारमा बोलचाल नै वन्द हुने दुर्भाग्यशाली देश नेपाल हो | हामीले आफैसंग प्रश्न गर्ने वेला आएको छ – मेरो लागि राजनैतिक आस्था र कर्तब्य छान्नु पर्दा कुन् रोज्ने हो ?
वैदिक, जैन, बौद्ध, बोनआदिको धार्मिक तथा सांस्कृतिक भाषा संस्कृत हो भने हामीले संस्कृतमा भएका विषयवस्तुहरूलाई अनुसन्धानका माध्यमबाट वाहिर निकाल्नुपर्छ | तेसमा रहेका असल र कमसल दूबै पक्ष आजको भाषामा उजागर हुनुपर्छ | विश्वको सबैभन्दा ठूलो “अन्कोरबाटको विष्णु मन्दिर निर्माण गर्ने सक्ने” वास्तुशास्त्र वाहिर निस्कनुपर्छ | १ लाख ५० हजार भन्दा बढी महाकाव्यहरू लेख्न सक्ने क्षमता भएको पाठ्य-पाठन ब्यबस्था (गुरुकुल पद्धति) पुन: स्थापित हुनुपर्छ |
नि:सन्देह, संस्कृत साहित्यले निर्माण गरेको वैदिक संस्कृति विश्वको सवैभन्दा उत्कृष्ट सभ्यता हो | तर प्राचीन गौरवको गुण गएर मात्रै यो सुरक्षित रहन सक्दैन | जसको सभ्यता, संस्कृति र आधार हो उसैले एसको निरन्तरताको जिम्मा उसैले लिनुपर्छ | वैदिक संस्कृति अन्तर्गत विकसित भएका हरेक मत तथा सम्प्रदायहरू उत्तिकै महत्वपूर्ण छन् | संस्कृतको विकास हुँदैगर्दा यी पनि सुरक्षित हुन्छन् | तर जातीय छुवाछुत जस्ता अमानवीय तत्वहरूको वकालत गर्दा हामी कमजोर हुनेछौँ | धर्मपरिवर्तनकारीहरूले बोक्ने पनि यही मुद्दा हो |
के हामी आफ्नै शिक्षा ब्यबस्था, राज्य ब्यबस्था, अर्थ ब्यबस्था, सामाजिक व्यवस्था सोच्न सक्दैनौ ? अवश्य सक्छौं | एकै पटक विदेशी सिद्धान्तमा चलेको राज्यब्यबस्था विस्थापित हुँदैन तर आफ्नै राज्यव्यवस्था वारे वहस गर्नकसैले रोकेको छैन | आफ्नो इतिहासलाई गाली गरेर आरम्भ भएको हाम्रो संविधानका निर्विकल्प होइन | निर्विकल्प केवल ईश्वर हुन्छ |
–आदि आदि
मिति २०७५/१२/७-८-९ मा भारतीय राजदुतावासले आयोजना गरेको संस्कृत सम्मेलनमा कार्यपत्र “परधर्मो भयावह:” प्रस्तुत गर्दै सारांशमा मेरो प्रस्तुति | मैले सूचना पाएअनुसार उक्त कार्यक्रममा १५ बाट देशसहित नेपालका ५००+ संस्कृतका विद्वानहरूको उपस्थिति रहेको थियो भने करिव ५० बटा कार्यपत्रहरू प्रस्तुत भएका थिए

