महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन

महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन

महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन

धर्म र धार्मिकता नितान्त व्यक्तिगत विषय हुन् तर यही व्यक्तिगत विषयहरूउपर कसैले प्रहार गर्यो भने धार्मिक विश्वास तुरुन्त सामाजिक रूपमा रूपान्तरण हुन्छ र समाजले प्रतिक्रिया दिन्छ | राजनैतिक आस्थाका कारण नेपाल वा भारतलाई “धर्मनिरपेक्ष” भने पनि यहाँको चरित्रपूर्ण रूपमा वैदिक तथा बौद्ध संस्कृतिसंग घुलमिल छ | संविधानमा लेख्दैमा कुनै पनि राष्ट्र धर्मनिरपेक्ष वा सापेक्ष हुनै सक्दैन | विश्वको सबैभन्दा ठूलो आध्यात्मिक मेला “महाकुम्भ” यसको उदारहण हो |
महाकुम्भमा ६४ करोड मान्छे जुटाउन भारतीय संस्थापन पक्षले धेरै मेहेनत गरेको छ | भारतका प्रधानमन्त्री स्वयंले कुम्भको संज्ञान लिएर यसलाई विश्वको सबैभन्दा ठूलो मानव भेलाका रूपमा सन् २०१७ मा समावेश गर्न सफल भएका छन् | प्रवासी भारतीयहरूसंग निरन्तर संवाद गरेर महाकुम्भको संदेशलाई विश्वव्यापी बनाएका थिए | विपक्षीले पनि व्यबस्थापनको उचित प्रबन्ध होस् – यसका लागि निरन्तर सरकारको आलोचना गरिरहेका थिए | विपक्षीहरूको आलोचनाबाट जोगिन पनि तेहाको सरकारले निकै मेहनत गरेको थियो |
भारतको केंन्द्र सरकार, उत्तर प्रदेश सरकार दुवैको समन्वयमा ४५ दिनसम्म चलेको महाकुम्भले IRs. 17,310 crore (around $35 billion) को अर्थतन्त्र उत्तरप्रदेश सरकार र भारतसरकारका लागि परिचालित गरेको छ | हामीले ध्यान दिनुपर्छ कि नेपालको लागि २०२४ को बजेट $13.71 billion USD थियो | नेपालको बजेटको तुलनामा इलाहावादको कुम्भमेलाले चलायमान गरेको बजेट लगभग तीनगुणा छ | साथै, भारतले विश्वको सबैभन्दा ठूलो मानवीय सङ्गमको उचित व्यबस्थापन गरेर उल्लेखनीय काम गरेको छ | हामीले विर्सनु हुँदैन कि कुम्भमेलामा आएका मान्छेहरूको सङ्ख्या अमेरिकाको सम्पूर्ण जनसंख्याको दोब्बर हो भने सम्पूर्ण युरोपको तेब्बर हो | नेपालको जनसंख्याका तुलनामा २० गुणा धेरै हो |
उपरोक्त महाकुभ्ममा भारतीय प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिहरू र मुख्यमन्त्रि लगायत अनेकौं पक्ष-विपक्षका नेताहरूले कुम्भमा स्नान मात्रै गरेनन् अपितु सोसल-मिडियामा आफ्नो फोटो समेत शेयर गरे | नेपालबाट पनि विभिन्न पार्टीका नेताहरू महाकुम्भको स्नान गर्न पुगे | कसैले चूपचाप स्नान गरेर फर्किए भए गगनथापाजस्ता केही उच्चस्तरीय नेताहरूले आफुले स्नान गरिरहेको फोटो साझा गरे | कुम्भमा स्नान गर्ने नेपाली तथा भारतीय नेताहरूमध्ये सबै “धार्मिकरूपमा कट्टर” थिए भन्न मिल्दैन | केहीले आस्था र विश्वाससंग दुब्की लगाएका होलान् त केहीले मन नपर्दा पर्दै पनि “भोट”का लागि पनि हिन्दू देखिनु पर्ने बाध्यताले स्नान गरे होलान् | जोहोस्, भारतीय संस्थापन र विपक्ष दूवैले भारतीय संस्कृतिलाई चलायमान गराएर “अर्थ”मा रुपान्तरित गर्न व्याबहारिक रुपमा नै काम गरे | यो सबै कुरालाई भारतको धर्मनिरपेक्ष संविधानले कहीं पनि कसैलाई पनि अवरोध गरेन |
भारत सरकारले धर्मनिरपेक्ष संबिधानले दिएको अधिकार प्रयोग गरेर महाकुम्भको आयोजना गर्यो र सफल भयो | मोदीयोगीहरूलाई भारतको धर्मनिरपेक्ष संबिधान हिन्दूहरूको कुम्भपर्वलाई अन्तर्राष्ट्रियकरण गर्न, विश्वका हिन्दुहरूको आस्थास्थलका रूपमा चिनाउन र त्यसको व्यबस्थापन गर्न रोकेन र सबैभन्दा राम्रो कुरा कुनै पनि विपक्षीदलले कुम्भमा सरकारको सक्रिय उपस्थितिको आलोचना अवश्य गरे तर कुम्भप्रवन्धनको आलोचना गरेन | सरकारले कुम्भको आयोजना गरेर “धर्मनिरपेक्षता”को उलंघन गरेकोमा आलोचना गरेनन् बरू प्रसंशा गरे | विश्वका सरकारहरूले पनि प्रसंशा मोदियोगीको दिल खोलेर प्रसंशा गरे |
नेपाल र भारतको इतिहास, संस्कृति तथा सभ्यता वैदिक हिन्दूत्वसंग अभिन्न छ | नेपाल र भारतमा क्रमशः ८१% र ८०% हिन्दुहरू बस्छन् | संबैधानिक रूपमा दूवै धर्मनिरपेक्ष छन् | धर्म, संस्कृति, परम्परा तथा आस्थाहरूका सवालमा नेपाल र भारत दूवैमा समानता छ | नेपाल र भारतमा असंख्य तीर्थस्थलहरू दुवै देशका जनताका लागि श्रद्धेय छन् | स्वभाविक रूपमा हिन्दूहरूको जनसंख्याका अनुमातमा तीर्थस्थल, मन्दिर, नदीहरू धेरै छन् | प्राचीनकालमा नेपाल भनिने काठमाडौंलाई त झन् मन्दिरैमन्दिरको शहर भनेर चिनिन्छ | हरेक घरमा मन्दिर छन्, गुठी छन् | तराईदेखि हिमालसम्म मन्दिर नभएको, तीर्थस्थल नभएको ठाउँ हुँदैन | हरेक पँधेरो, पाखो, चौपारी, बेनीसंग वैदिक संस्कृति, जैन संस्कृति, बौद्ध संस्कृति वा रैथाने संस्कृतिहरुको नातो छ |
भारतले धार्मिक पर्यटनका माध्यमबाट ५६ करोड़ जनसंख्यालाई चलायमान गर्न तेहाका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, उच्चअधिकारी, मुख्यमन्त्री सबैले गङ्गामा पहेलो कपडा लगाएर स्नान गर्दैगर्दा मन्दिरै मन्दिरको शहर काठमाडौंमा निवास गर्ने र आफुलाई हिन्दूनै भन्ने नेपालका राष्ट्रपति, प्रधानमन्त्रीहरू चूपचाप रहे | कुम्भमा पुगेर स्नान गर्नु त कता हो कता कुम्भको स्नान गर्न आएका श्रद्धालुलाई समेत शुभकामना दिएनन् | नेपाली जनताका तर्फबाट सदाचारका रूपमा दुईशब्द प्रकट गर्नबाट जोगिए | मैले बुझ्न सकेको छैन : नेपालको धर्मनिरपेक्ष संविधानले उहाँहरूलाई रोकेको हो कि आफ्नै मनले रोकेको हो भन्न सक्दिन |
मैले फेरी दोहोर्याएर भन्छु धर्म र धार्मिकता व्यक्तिको व्यक्तिगत विषय हो | तर ८१% हिन्दू जनसंख्या भएको नेपालका राष्ट्रपति, प्रधानमन्त्री नेपाल र नेपालीका प्रतिनिधि हुन् र सार्वजनिक व्यक्तित्व पनि | यदि म नेपालको प्रधानमन्त्री वा राष्ट्रपति हुँदो हुँ त महाकुम्भका जान्थे | गङ्गामा डुवुल्की लगाउने थिएँ | चन्दन धारण गर्ने थिएँ र भारत र विश्वका मिडियाका सामु उभिएर कुम्भका आएका जनताहरूलाई नेपालका तीर्थस्थलहरू भ्रमण गर्न निम्तो दिने थिएँ | तेहाका प्रधानमन्त्री, राष्ट्रपति र अन्य नेताहरूसंग संयुक्त फोटो खिचाएर भारतीय जनतालाई नेपालका तीर्थस्थलहरू भ्रमण गर्न निम्तो दिने थिएँ | मेरो निम्तो स्वीकार गरेर कुम्भमा आएका तीर्थालुहरू मध्ये केवल २% जनताले पनि नेपालको तीर्थयात्रा गर्नुको अर्थ झन्डै १ करोड १० लाख तीर्थयात्रु नेपाल भित्रिनु हो | इकोनोमी बुझेका नेताहरूले देशको प्रगतिको लागि व्यक्तिगत स्वार्थ त्यागेर देशको लागि भलो गर्थे |
नेपालको सीमानाबाट केवल ३४० किलोमिटर टाढा रहेको प्रयागको त्यो भेला र त्यहाँ उपस्थिति विश्वका मिडिया, जनतालाई नेपाल बोलाउन त्यो भन्दा प्रखर र अनुकुल समय कहिलै आउने छैन | कुम्भस्नानका लागि प्रयाग जाने कार्य पूर्णतया धार्मिक भएकोले भारतीय सरकारहरूको निमन्त्रण, कुटनैतिक दायित्वहरू र अन्य प्रोटोकलको पनि अपेक्षा पर्दैनथ्यो | धार्मिकयात्राले नेपाल र भारतका विचको धार्मिक सम्वन्धलाई अझैं असल र घनिभूत बनाउन काम गर्थ्यो | नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चअधिकारीहरूले सजिलै गर्न सकिने नेपालको पर्यटनको विज्ञापन गुमाएका छन् | नेपाली नेतृत्वहरूलाई तथाकथित आधुनिकताको भूत बढी नै चढेको छ | अहंकारको यस्तो भूतले नेपाल र र नेपालीलाई रुग्ण बनाइरहेको छ | सरकारको नेतृत्व गर्नेहरूले धार्मिक पर्यटनलाई महत्व दिन सक्नुपर्छ | समयले र आवश्यकताले यही भन्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *