यथार्थवाद भित्रको आदर्शवाद
नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं “आलोचना”को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली नेता ओली भन्दा पनि विपत्ता बुझ्ने, जान्ने र विश्वका सबै समस्याहरूको समाधानको लागि आफु सक्षम रहेझैं प्रस्तुति गर्छन् |
तर यस्ता आदर्शवादीहरूले आफ्नो विचारको आरम्भ कुनै व्यक्ति, समाज वा धार्मिक विश्वासप्रति घृणा व्यक्त गर्दै गर्छन् | जुन देश, समाज, संस्कृति तथा भूगोलबाट आफ्नो अस्तित्व प्राप्त गरेका छन्, तेसै अस्तित्वदाताप्रति कृतघ्न भएर प्रस्तुत हुन्छन् | नेपाली माटोको आत्मासंग घृणा गर्छन् | जातीय, भाषिक, नश्लीय भूगोलआदिका आधारमा यदि कूनै अल्पसमुहले चासो व्यक्त गरिरहेको छ भने देश र समाजको लागि त्यो चासो अत्यन्त घातक भए पनि समर्थन गर्छन् र सम्पूर्ण दोष “बहुसंख्यक”मा थोपरे घृणावादीलाई “गाईझैं सोझो” प्राणीका रूपमा प्रस्तुत गर्छन् |
यस्ता आदर्शवादीहरूले समाजको उन्नयन भन्दा पनि आफु चर्चामा रहने माध्यमहरू खोज्छन् | हिन्दूवादी, साम्यवादी, समाजवादी, आस्तिकता, नास्तिकता, राष्ट्रीयता, अधिकार तथा कर्तव्यहरूको बहस प्राचीनकालदेखि नै चलिरहेको छ | राजा ज्ञानेन्द्र, प्रम ओली, देउवा, मोदी, ट्रंपआदि यसै बहसका पात्र हुन् | तर ट्रंप, मोदी तथा पुटीनले आफ्नो राष्ट्र, जनता तथा परिवेशलाई महत्व दिंदा उपर्युक्त आदर्शवादीहरूलाई बडो कष्ट हुन्छ तर आफ्नै देशको अहित गर्ने घृणावादी चिन्तन र अभियानहरूप्रति उनीहरू सधैं सकारात्मक हुन्छन् | उनीहरूलाई लाग्छ, घृणावादीको मतियार हुँदामात्र “चर्चा”मा भइन्छ र नेपालको हकमा यस्तै भैरहेको छ |
समालोचनात्मक चिन्तनको पक्षधर हुनु राम्रो हो र हुनुपर्छ तर आफ्ना अनुयायीहरूलाई कोशीमा हाम फालेर आत्महत्या गराउने “योगमाया” वा पुँजीवादीको नाममा आफ्नै लाखौं जनताको ज्यान लिने लोटपोट वा “मैले आफ्नो लिंग तरुनीको योनिमा राखेर सफा गर्छु” भन्ने तथाकथित राजनैतिक नेताका विषयमा चुइक्कसम्म नबोल्ने तथाकथित यथार्थवादीहरूले आफ्नो तुलना ज्याँ पाल सात्रेआदिसंग गरेको पढ्दा र सुन्दा अचम्म लाग्छ | ट्रंप र मोदीको काम गराईको आलोचना गर्नेहरूले आफ्नै देशका राजा पृथ्वीनारायण शाहबाट घृणा गर्छन् | घृणावादलाई आफ्नो बैचारिक चिन्तनको मौलो बनाएका तथाकथित बुद्धिजीवि भन्दा बुद्धिको एउटा पाटो समातेर समाजलाई तान्न र उकास्न चाहनेहरू धेरै श्रेष्ठ हुन्छन् |
समालोचनाको दृष्टिकोणले समाजलाई असल, निष्पक्ष र असल नियत दिन्छ भने आलोचनात्मक त्यसमा पनि घृणावाद समर्थक चिन्तन र चिन्तकहरूलाई सार्थक मान्ने परम्परा विकसित हुँदैजाँदा समाज र देशले ठूलो क्षति वेहोर्नुपर्छ | कुनै पनि प्रकारका हिंसाहरू अनुचित हुन् | उदाहरणका लागि नेपालका तथाकथित यथार्थवादीहरूले सुदूरपश्चिमको छाउपडीको कठोर आलोचना गर्छन् तर मुस्लिम समुदायका महिलाहरूले “तीन-तलाक, जन्म निरोधकहरूको प्रयोगमा रोक”जस्ता विषयमा चुइक्क बोल्दैनन् | तार्कीक दृष्टिकोणले हेर्दा यदि तीन तलाक मुस्लिम समुदायको सांस्कृतिक व्यबहार हो भने छाउपडीको आलोचना किन ? यदि कुर्वानी मुस्लिमहरूको संस्कृति हो भने बलिप्रथाको विरोध किन ? नेपालका यी परबुद्धिजीविहरूले यदि घृणावादीको आदिवासी, जनजाती, मधेशी, मुस्लिम वा महिला”को ट्याग लागेको छ भने उनको घृणावाद “अधिकार” मान्छन् र महिमामण्डित गर्छन् तर यदि त्यही घृणावाद बाहुनक्षेत्री वा व्यक्त भयो भने नाइटोको बल लगाएर बिरोध गर्दै “कर्तव्य पालन” गर्न सुझाउ दिन्छन् !
विश्वमा कुनै पनि देश वा समाज एस्तो छैन जहाँ समस्या नहोस् | एउटा धर्म, एउटा जाति, एउटा समुदाय र भूगोलको पुरानो परिभाषा वदलिएको छ | सबैको संरक्षण हुनुपर्छ – आजको सैद्धान्तिक नारा यही हो तर अंग्रेजीको बढ्दो प्रभावले नेपालीको आलोचना गर्न उत्प्रेरित गरिरहेको छ | नेपालीलाई गालीगलौज गर्ने, अल्पसंख्यकलाई नेपाली विरुद्ध उचाल्ने तर नेपालीलाई विस्थापित गरेर आफ्नो मौलिक भाषाको सट्टा अंग्रेजीलाई महत्व दिने – उपर्युक्त आदर्शवादीले अंग्रेजीसंग मिलेर अधिकारको संरक्षण होइन घृणावादको आगो बाल्छन् | प्रश्न अधिकारको होइन नियतको हो | कुनै पनि तथाकथित यथार्थवादीहरूले नेपालका ८१% हिन्दू जनताको आस्था, विश्वास र इतिहासका पक्षमा बोलेको लेखेको, वहस गरेको सुन्नुभएको छ ? उपर्युक्त घृणावादी पात्र को को हुन् ? आफै चिन्नुहुन्छ |

