विश्वको पहिलो आधुनिक मानवतावादी
आधुनिक मानवतावादी सिद्धान्तको पहिलो सिद्धान्तकार नेपाली हुन् भन्दा अमेरिकी, युरोपेली तथा भारतेलीले विश्वास गर्लान् तर नेपाली राजनैतिक शक्ति र यही राजनैतिक शक्तिका वरिपरी घुमिरहेका बुद्धिजीविहरूले अस्वीकार गर्ने छन् | आजभोली मानवतावादीका वारेमा चर्चा हुने गरेको छ, नितान्त फेस-सेविंगका लागि हो भनेर बुझ्नु उचित हुन्छ |
नेपाली रजौटा जयपृथ्वी वहादुर सिंहले सन् १९२७ मा प्रकाशित गरेको मानवतावाद (The Humanism) नै विश्वको पहिलो मानवतावादी अवधारणा हो | तर पस्चिम र पश्चिमेलीहरूले मात्र सिद्धान्त निर्माण गर्छन्, नेपालीले सक्दैनन् भन्ने स्कूलमा दीक्षितहरूका लागि यो ऐतिहासिक तत्थ्य स्वीकार्य छैन | नेपालका कसपू (कम्म्युनिस्ट, समाजवादी र पूँजीवादी)खेमाले सिंहको योगदानलाई सिद्धान्त: स्वीकार गर्दैन | मुखले सिधै प्रतिवाद गर्न नसके पनि भित्रीतहमा राजा जयपृथ्वी वहादुर सिंहप्रति कुनै सद्भावना छैन |
आज मानवतावादी चिन्तन, अमेरिकी, युरोपेली, भारतीय तथा नेपालीआदिमा विभाजित छ | युरोपेली र अमेरिकीहरूका लागि मानवतावाद भनेकै अमेरिकी वा युरोपेली विद्वानहरूले प्रतिपादन गरेको र उपर्युक्त देशहरूले स्वीकार्य गरेको प्रतिमानमा आधारित मानवतावादमात्र मानवतावादी हुन्छ, अन्य हुनै सक्दैन | स्वीट्जरल्याण्डको जेनेवामा रहेको मानवअधिकारवादी संस्थाले “एप्रोभल” नगरिकन यदि कुनै समाजवाद देशले मानवतावादको अभ्यास गर्छ भने त्यो मानवतावाद हुँदैन | उदाहरणका लागि मुस्लिम समुदायमा बालबालिका र “महिलाहरूको लिंगको टुप्पो काट्नु र योनि सिकाउनु” मानवाधिकारको उलंघन होइन तर हिन्दूहरूले आफ्ना बालबालिकालाई चुडाकर्म गर्दा कान छेड्नुचाहिं चरम “अमानवीय अभ्यास” हो -किनभने जेनेभाले यसै भन्छ |
श्रीसिंहले अगाडी सारेको मानवतावादी सिद्धान्त पूर्णतया “मानव बुद्धि र भावना” अनुकुल छ | सिंहले धर्म, धार्मिकताको आलोचना गरेका छैनन् न धर्मका कमसल अभ्यासहरूको प्रसंशा नै गरेका छन् | सिंह मानववादका सवालमा नास्तिकझैं लाग्छन् तर मानवतावादका सवालमा धार्मिक, सांस्कृतिक तथा सामाजिक व्यबहारप्रति उदार दृष्टिकोण राख्छन् | सी, डब्लु रोजले १९४१ मा अमेरिकी मानवतावादी सङ्घ स्थापित गर्दा श्रीसिंहले स्थापित गरेको मानवतावादी संस्था १४ वर्ष पुरानो भैसकेको थियो | यो तत्थ्यलाई नेपाली बुद्धिजीवी र राजनैतिक नेताहरूले “कसपू” साम्यवादी, समाजवादी र पूँजीवादीको “झोलावाद”बाट वाहिर निस्केर स्थापित गर्ने प्रयत्न गर्नुपर्छ |
कार्लिस लेमन्टले सन् १९४९ मा मानवतावादी दर्शनशास्त्रको प्रकाशन गर्दा श्रीसिंहको “मानवतावाद” चर्चित भैसकेको थियो | भारतीयहरूले सिंह नेपाली भएको हुँदा वास्ता गरेनन् भने नेपालीहरू “कसपू”को गहिरो नशामा डुवेको हुँदा श्रीसिंहको सैद्धान्तिक योगदानलाई बुझ्न सकेनन् वा बुझेर पनि “कसपू”को खाडलबाट वाहिर निस्कन सकेनन् – यो कुरा इतिहासले समीक्षा गर्ला तर भारतीय र नेपालीहरूले “माल भएर पनि चाल” नभएका भने अवश्य हुन् | आज पनि नेपाली बुद्धिजीवि र राजनैतिक नेतृत्व सिंहको योगदान भन्दा कार्लमाक्स, लेलीन, माओ, मार्टिन लुथर, हब्सआदिका तुलनामा सिंहलाई फुच्चे देख्छन् | जव कि उपर्युक्त “कसपू”को नेपाल र नेपालीहरूको उत्थानमा “शून्य” योगदान छ |
राजा जयपृथ्वी वहादुर सिंहको मानवतावादी दृष्टिकोण अन्य मानवतावादी सिद्धान्तहरू भन्दा बढी खँदिलो छ किनभने युरोपेली र अमेरिकीहरूले “मानवतावाद”मा आफ्नो कपीराइट र ठेक्का ठान्छन् भने सिंहको मानवतावादी युनिभर्सल (सर्वे भवन्तु सुखिन) भन्ने वैदिक मन्त्रसंग सम्बन्धित छ | विदेशीहरूले मानवतावादलाई भाषा, संस्कृति, धर्म, संस्कारआदिका आधारमा भिन्नभिन्न मानेका छन् तर सिंहको मानवतावादले मान्छेको स्वतन्त्रता, शिक्षा,स्वास्थ्य, जीवन तथा सम्मानको अपेक्षा गर्छ | सिंहले आफ्नो मानवतावादी सिद्धान्तलाई नेपाल र नेपालीका लागि मात्र सीमित राखेका छैनन् | समस्या के हो भने “कसपू”हरूले मानवतावादलाई आफ्नो अनुकुल अर्थमा मात्र प्रयोग गर्छन् | सिंह यो दोषबाट मुक्त छन् |

