विज्ञानको विरोधाभाष

विज्ञानको विरोधाभाष

विज्ञानको विरोधाभाष

आज विविसीमा एउटा विज्ञान चर्चा सुन्दै थिएँ | त्यसअनुसार यो विश्व निरन्तर फैलिरहेको छ | हरेक मिनट ४० प्रकाश वर्षका हिसावले यो फैलिँदो छ | यदि यो कुरा सत्य हो भने एक मिनट मै हामीले देखिरहेको ग्यालेक्सी ४० प्रकाश घन्टा टाढा पुग्छ र हामीले प्रत्येक मिनटमा त्यतिनै पुरानो ग्यालेक्सी देखिरहेका हुन्छौं |
आइन्स्टाइनको सिद्धान्तलाई मान्ने हो भने ब्रह्माण्डहरूमा प्रकाश भन्दा छिटो दौडन सक्ने अन्य कुनै उर्जा छैन | विज्ञानको विरोधाभाष यही छ | यदि कुनै पनि यदि ब्रह्माण्ड हरेक मिनट ४० प्रकाश घण्टा टाढा जाँदै छ र प्रकाश भन्दा अन्य कुनै पनि उर्जा दौडन सक्दैन भने विज्ञानको यो खोज मनुष्यका लागि बेकारको मानसिक तनावमात्र हो | यसको मानव जीवनमा काल्पनिक कथा भन्दा बढीको अर्थ छैन |
पहिलो कुरा प्रकाश भन्दा बढी कुनै गति हुनै सक्दैन भने प्रकाशको गतिभन्दा दुईगुणा बढी हिड्न सक्ने उर्जाले मात्र फैलिँदो ब्रह्माण्डलाई भेट्न सक्छ तर यो पनि असम्भव छ किनभने प्रकाश भन्दा दोब्बर गतिले ३ अर्व प्रकाश वर्ष टाढाको ग्यालेक्सीमा पुग्न डेढ अर्व वर्ष लाग्छ, तेस वेलासम्म सो ग्यालेक्सीले अर्को डेढ अर्व प्रकाशबर्षको यात्रा तय गरिसकेको हुन्छ | यस्तो सिद्धान्तले मान्छेको बुद्धिलाई अझैं खोज गर्ने प्रेरणा दिन सक्छ तर स्वर्गको अस्तित्व मान्दिन भन्ने तर मान्छेले हाम्रो ग्यालेक्सीको जीवनकालसम्म यात्रा गर्दा पनि पुग्न नसक्ने “बस्तु छ” भन्नुको कुनै अर्थ छैन |
प्राचीन देउताका कार्य आश्चर्यजनक भएझैं उपरोक्त विज्ञानका खोजहरू मान्छेको मष्तिस्क “ब्रह्माण्ड अति विशाल छ” भन्ने कौतुहलपूर्ण मानसिक दृष्य” उत्पन्न गर्न बाहेक कुनै अर्थ राख्दैन | काल्पनिक विज्ञानको उपन्यास र विज्ञानको यो कौतुहल जगाउने खोजहरूमा तात्त्विक भिन्नता छैन | विज्ञानवादी रिसाए भन्दैमा लूतो लाग्दैन |
-विज्ञानका खोजहरू मानवीय उपयोग र कल्याणका लागि हुनुपर्छ | भूतप्रेतको अस्तित्व होस् वा नहोस् तर एउटा धामीले मन्त्रको प्रयोग गरेपछि रोगीलाई मानसिक शान्ति मिल्छ तर केवल १८ प्रकाश वर्ष टाडा रहेको क्याप्लर नामको तारामा मान्छेको पहुँच सम्भव छैन भने यस्ता अनुपयोगी खोजमा मानवीय बुद्धि प्रयोग र पैसा खर्च गर्नुको कुनै तुक छैन | विज्ञानवादीहरूले एक पटक यस्तो अनुपयोगी खोजहरूको निरन्तरता वारे पुनर्विचार गर्नुपर्छ कि ती ग्यालेक्सीहरूमा कसरी समयमा पुग्न सकिन्छ ? वा प्रकाशको गतिभन्दा करौडौ गुणा हिड्न सक्ने क्षमता भएको उर्जावान गति स्वीकार गर्नुपर्छ | मसंग प्रकाश भन्दा करोड गुणा क्षमता भएको तत्व छ, अर्को आलेखमा चर्चा गर्ने छु |
-यो आलेख पढेर मलाई विज्ञान विरोधी नठान्नु होला | विज्ञानको उपयोगिता महत्वपूर्ण छ र यसको विकास गर्द्दै जानुपर्छ | विज्ञान एउटा सजीव, प्रगतिशील र निरन्तर प्रक्रिया हो | तर विज्ञानका खोज र कार्यहरूमा प्रश्न उठाउनु पर्छ | प्रश्न उठाइन भने विज्ञानमा पनि ती सबै बिकृतिहरू आउँछन् जुन गेलिलिओले भोग्नु परेको थियो | विज्ञानका विषयमा प्रश्न नै उठाउनु हुँदैन, विज्ञानले घोषणा गरेका कुरामा आँखा चिम्लेर विश्वास गर्नुपर्छ भन्नेहरू र जिहादीहरू एकै श्रेणीका विश्वासी हुन् | दर्शनशास्त्रको बलियो पक्ष भनेकै निर्भय भएर प्रश्न गर्नु हो | सायद, सत्यको खोजीमा प्रश्नको सबैभन्दा बढी महत्व छ |
ऋषिहरूले अन्तरजगतको भाषामा ब्रह्म (कुनै पनि सीमा नभएको) तत्वका रूपमा विश्वको परिभाषा दिएकै छन् | हरेक कुरालाईलाई “वस्तु”का रूपमा परिभाषित गर्ने विज्ञानले विज्ञानको परिभाषा बदल्नु पर्छ | हुन सक्छ, लाइट वर्ष (लाइट-नापी”को प्रतिमान नै गलत छ कि ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *