चिनीया दर्शन : फा अर्थात् स्तर
राजर्षी मनुले जस्तो देश र जुन परिवेशमा मान्छेको जन्म हुन्छ, तेस्ले तेसै प्रकारको जीवनशैली अनुकरण गरोस्” भन्दै हरेक देश र तेहाका निवासीहरूको स्वतन्त्रतालाई प्राकृतिक रूपमा स्वीकार गरेका छन् | देश, काल र परिस्थितिअनुसार चीनिया चिन्तनका आफ्नै विशेषता छन् | “फा” अर्थात् स्तरको चिन्तनलाई वैदिकहरूको वर्णाश्रमसंग तुलना गर्न सकिन्छ तर चिनिया “स्तर”मा छुवाछुत छैन |
हरेक व्यक्तिमा आत्मदोहन गर्ने प्राकृतिक क्षमता हुन्छ | समूचित प्रकारले आत्मदोहन गर्ने क्षमता प्राप्त गरेको व्यक्तिले स्वविकास र सामाजिक, साँस्कृतिक राजनैतिक “फा”को उच्चतह प्राप्त गर्छ र वुयेयी अर्थात् (निष्काम कर्म) सामाजिक सेवामा पूर्णसलग्न भएर पनि असंलग्न भएर कर्म गर्छ | “सय ज्ञानका पाठशाला” प्राचीन चीनिया विद्वान वा गुरुकुलहरूको एस्तो समूह थियो जसले तत्कालीन राजाहरुलाई आत्मदोहन, आत्मबोध र सामन्जस्यको शिक्षण दिन्थ्यो | सम्राट र जनसाधारणहरूले यस्ता विद्वानहरुलाई निकै कदर गर्थे | प्राचीन चिनिया राज्यका उच्चतहमा गुरुकुलबाट शिक्षितहरु नियुक्त गरिन्थे |
प्राचीन भारतवर्षमा पनि राजारजौटाहरूले धर्मपूर्वक न्याय गर्न सकियोस् भन्ने उद्देश्यले न्यायव्यबस्था र राजकीय सभामा विद्वानहरुलाई नियुक्त गर्थे | सम्राटहरुले त झन् उच्चआत्मवोध भएका ऋषिहरूलाई आफ्नो मूल पुरोहितमा नियुक्त गरेर धार्मिक, राजनैतिक, सामाजिक तथा नैतिक सल्लाह प्राप्त गर्थे | यो संयोग नै भन्नुपर्छ भारतवर्षमा ऋषिहरुको जुन उच्चस्तरीय सम्मान थियो तेसै प्रकारको व्यबस्था चिनिया समाजमा पनि थियो कि भनेर तुलना गर्न सकिन्छ |
“फा”को चेतनामा व्यक्तिको व्यक्तिगत क्षमताअनुसारको कर्म विभाजन हो | मान्छेले गर्ने कामको दक्षता नै उसको “फा” हो | कुन मान्छेले के काम गर्छ त्यो स्तरीय अर्थात् “भनेजस्तै” छ भने उसको आत्मदोहन, आत्मवोध स्तरीय छ | उसको कामले निज व्यक्ति र निजव्यक्तिको समाजलाई अधिकतम लाभान्वित गर्छ | चीनिया चिन्तनको मूल उत्स नै “वर्तमान जीवन शुभ” हुनु भएकोले स्वार्थ र परार्थमय जीवन नै “स्तर” हो | आत्मदोहन, आत्मबोध, वुयेयी र सामन्जस्यपूर्ण जीवनको अभिप्रप्ति नै सर्वोत्तम स्तर हो |
स्वबोध – चिनिया दार्शनिक प्रबृत्ति
चिनिया स्वकेन्द्र र पाश्चात्य व्यक्तिवादी चिन्तनमा धेरै फरक छ | चिनिया दार्शनिक चेतनाको स्रोत व्यक्ति अवश्य हो तर तर ऊ स्वार्थी छैन | चिनिया दार्शनिक चेतनाको निर्धारण निज व्यक्ति जन्मेको, हुर्केको, सिकेको, भोगेको र सम्बन्धहरूका आधारमा निर्धारित हुन्छ | सम्बन्ध र बातावरणले व्यक्तिको व्यक्तिगत मूल्य, चिन्तन प्रणाली, विश्वास, अभिप्रेरणा, व्यबहार र कर्म निर्धारित गर्छ |१ आत्मवोधको स्रोत सम्बन्धित व्यक्तिले निर्वाह गर्ने जीवन-जगतसंगको सम्बन्ध र निज व्यक्तिसंग दोस्रो व्यक्तिले निर्वाह गर्ने सम्बन्धले निर्धारित गर्छ | प्राकृतिक पारिस्थितिकी मान्छेको हातमा हुँदैन तर सम्बन्धका माध्यमबाट निर्मित हुने पारिस्थितिकी व्यक्तिगत र सामाजिक दूवै अर्थमा प्रभावकारी हुन्छ | यहाँ प्राचीन चिनिया दार्शनिक चेतना आधुनिक विकासवादी मनोविज्ञानका मान्यताहरूसंग निकै निकट देखिन्छ, आधुनिक जीवविज्ञानको पक्षपोषण गर्छ | प्राचीन भारतवर्षीय दार्शनिक चिन्तन र प्राचीन ग्रीकेली दार्शनिक चिन्तन भन्दा चिनिया स्व:बोध बढी प्राकृतिक तथा सन्तुलित छ |
प्राचीन कन्फ्युसियस साहित्य र दाओवादी साहित्यहरूको अनुशीलन गर्दा व्यक्तिको स्व-बोध सर्वोच्च शुभ (दाओ)को दायित्व सम्राटहरुको हो | जसले शासन गर्छ ऊ बढी उत्तरदायी हुन्छ | सामान्य व्यक्तिहरूको उत्तरदायित्व सामान्य हुन्छ भने असामान्य व्यक्तिहरूको उत्तरदायित्व बृहत्तर हुन्छ | दाओडेजिंग र झूवान्ज़ी नामक प्राचीन चिनियाशास्त्रहरूले भौतिक व्यक्ति र स्वर्गको सम्बन्ध तथा तेस्तो सम्बन्धका आधारमा उपस्थित पारिस्थितिकीले व्यक्तिको उत्तरदायित्व निर्धारित हुने र आप्त उत्तरदायित्वको बहनमा अग्रसरताले व्यक्तिको व्यक्तिगत स्वबोधको स्तर निर्धारित हुन्छ | वैदिक धारमा एस्तो स्वबोधलाई आध्यात्मिक अनुभूतिका रूपमा प्रस्तुत गरिएको छ भने चिनिया दर्शनमा स्वबोध सम्बन्ध र पारिस्थितिकीका माध्यमबाट प्राप्त हुने अवस्था हो | असलमा चिनिया दार्शनिकहरूले असल सम्बन्धलाई सुखी जीवनको केन्द्र हुन्छ भन्ने चिन्तनलाई बढी महत्व दिएका छन्
चिनिया षड्दर्शन र भारतवर्षीय दर्शन
जसरी वैदिक षड्दर्शनका आधारमा समग्र भारतवर्षीय सम्भ्यताको बैचारिक र व्याबहारिक विकास र विस्तार भएको छ तेसैगरी सम्पूर्ण चिनियाहरूको मनोविज्ञान उपरोक्त षड्दर्शनका आधारमा स्थापित भएको छ | भारतवर्षीय षड्दर्शनले दार्शनिक दृष्टिकोणलाई बढी प्राथमिकता दिएको छ भने चिनिया षड्दर्शनले सम्पूर्णतालाई (आध्यात्मिक र भौतिक) प्राथमिकता दिएको छ | सबै चिनिया सम्प्रदायमा भौतिकवादी चेतना र आध्यात्मवादी चेतना समानरूपले स्वीकार गरिएका छन् | वैदिक दार्शनिक धारअन्तर्गत जैन, बौद्ध र पूर्णभौतिकवादी चार्वाक चिन्तनको विकास समेत भएको छ तर पनि सम्पग्र वैदिक धारा आध्यात्मिक-चिन्तन प्रवल मानिन्छ | भारतवर्षका वासिन्दाहरुको दैनिक जीवनशैलीमा पनि आध्यात्मिकताको तीब्र प्रभाव देखिन्छ | चिनीया षड्दर्शनमा आध्यात्मिकता र भौतिकताको पूर्ण सन्तुलन भेटिन्छ | चिनियाहरु आध्यात्मिक छन् तर भौतिकतालाई “माया वा मायाजाल” ठानेर सतही मान्दैनन् | उनीहरूको चिन्तन-विम्व भौतिकता र आध्यात्मिकता दूवैसंग समानतहमा निर्मित भएको छ र तेसै आधारभूमिमा उनीहरूको दैनिकी निर्मित भएको छ |
भारतवर्षीय दर्शनशास्त्रको स्रोत वेद भएझैं चिनिया दर्शनशास्त्रको स्रोत एउटा पुस्तकमा केन्द्रीत छैन | ईसा.पूर्व २०७० (जिया सम्राटकाल) देखि निरन्तर विभिन्न प्रकारका स्थायी तथा अस्थायी राज्यप्रणालीले चिन्तधारालाई प्रभावित पारेको छ | राज्य स्थायी हुँदा चिन्तनमा स्थायित्व देखिएको छ भने राज्य अस्थायी प्रकृतिका हुँदा समग्र चिनिया चिन्तन नीतिप्रधान मार्गतिर केन्द्रीत भएको भेटिन्छ | प्राचीन चीन स-साना राज्य र कविलामा विभाजित हुँदा अस्थायी र ठूलो साम्राज्यमा रुपान्तरित हुँदा वैचारिक स्थायित्व प्रष्ट बुझ्न सकिन्छ | भारतवर्षमा भने राज्य तथा राष्ट्रहरूको पतन र विकासले दार्शनिक अर्थात् चिन्तन जगतमा खासै प्रभाव परेको बुझिन्न किनभने यहाँका राजाहरुमा सधैं ऋषिसत्ताको सम्मान गर्ने (राष्ट्रहरुलाई जिते पनि तेहा निवास गर्ने ऋषि, मठमन्दिर, गुरुकुल, देवशालाआदिलाई हानिनोक्सानी नगर्ने भद्रसहमति) परम्परा रहेको बुझिन्छ | यहाँ शास्त्रहरूले शास्त्रहरूको सधैं सम्मान गरेको इतिहास छ | सन् ७५९ मा महमुद गजनीले (मुस्लिम आक्रमणकारी)ले वर्तमान भारतको गुजरात प्रान्तमा आक्रमण गरेर शास्त्रउपर शस्त्रको प्रभुत्वको थालनी गरेका थिए | चिनीया चिन्तनमा अन्तत: सम्राटहरुलाई समाजप्रति उत्तरदायी बनाउन चिनिया ऋषिहरुले नैतिकता केन्द्रीत दर्शनशास्त्रको विकास र विस्तार गरेका हुन् |
तुलनात्मक रुपमा भारतवर्षीय चिन्तन प्रणाली आत्मकेन्द्रीत भएको विश्वास गरिन्छ, पश्चिमा दार्शनिक चिन्तन वहिर्मुखी भएको विश्वास गरिन्छ भने मैले चिनिया दार्शनिक प्रणालीलाई बुझ्दा यसमा वहिर्मुखी र अन्तर्मुखी दूवै दृष्टिकोणहरुलाई समानतहमा अंगिकार गरिएको छ | चिनियाहरू जतिआध्यात्मिक छन् तेतिनै भौतिकवादी पनि छन् भन्न मिल्छ | उनीहरु भौतिकवादका लागि आध्यात्मवाद र आध्यात्मवादका लागि भौतिकतावादको परित्याग गर्ने पक्षमा देखिन्नन् | कन्फ्युसीयस धारा, मो-धारा,दाओधारा र नैतिकधारासहित अन्य दार्शनिकधाराहरूमा भौतिकतावाद र आध्यात्मवाद बीच गहिरो समन्वय, सहकार्य र स्वीकार्यता छल्किन्छ | भारतवर्षीय उपनिषद् धारामा भौतिकवाद अपहेलित छ भने चार्वाक दर्शनले आध्यात्मधारालाई पूर्णतया अस्वीकार गरेको अवस्था छ र सांख्य, योग, न्यायआदि दार्शनिक धारले भौतिकवाद र आध्यात्मवाद बीच समन्वयात्मक दृष्टिकोण अपनाएका थिए तर पछिल्लो वेदान्तधारले सांख्यआदिको सन्तुलनलाई पूर्णतया आध्यात्म केन्द्रीत बनाएको सत्य हो | चिनीया दार्शनिक चिन्तन दूवै चिन्तनधारमा भारतवर्षीय र पाश्चात्य चिन्तन भन्दा बढी सन्तुलित र व्याबहारिक छ भन्ने मेरो ठहर छ
षड्दर्शन : वैदिक र चिनीया
संयोग नै मान्नुपर्छ प्राचीन भारतवर्षमा षड्दर्शनको स्थापना, प्रचारप्रसार भैरहंदा चीनमा पनि षड्दर्शन कै विकास र विस्तार भैरहेको थियो | वेदमा आधारित रहेर कपिलले बहुलवादी सांख्यदर्शन, पतंजलीले ईश्वरप्रधान मनोविज्ञान अर्थात् योगदर्शन, गौतमले ज्ञानशास्त्र अर्थात् न्यायदर्शन, कणादले वैषेशिक दर्शन अर्थात् परमाणु शास्त्र, जैनिनीले आचरणशास्त्र अर्थात् मीमांसा र आचार्य शंकरको नेतृत्वमा वेदान्त अर्थात् आध्यात्मिक दर्शनधाराहरूको विकास र विस्तार भयो |
तेसैबखत चीनमा यींगयांग अर्थात् द्वितत्ववादी (सांख्य) दर्शनशास्त्र, रु सम्प्रदाय अर्थात् ज्ञानप्रति आस्था राख्ने दार्शनिक धारा (न्याय), मोजिको नेतृत्वमा कर्मकाण्डका कठोर नियमहरूमा आधारित मो-दर्शन (मीमांसा), तेसै गरि मनिषी मिन्जियाको संस्थापनमा शब्द र अर्थका आधारमा परमसत्यको खोजी गर्ने मिंग सम्प्रदाय (वेदान्त), कर्मकाण्ड, स्वर्ग नर्क, दण्डपुरस्कारका आधारमा जीवन जगतको व्याख्या गर्ने फा-सम्प्रदाय (मीमांसा) र छैठौंमा असल वाटोले नै धर्म, संस्कृति, राजनीतिले आफ्नो सही गन्तव्य प्राप्त गर्न सक्छ भन्ने विश्वासका साथ दाओ-दे सम्प्रदाय स्थापित त विकसित भएका छन् |
जसरी वैदिक दर्शनधारमा षड्दार्शनिक सम्प्रदायहरूका विचारहरूले सम्पूर्ण भारतवर्षीय चिन्तन, व्यबहार र क्रियाकलाप नियन्त्रित छ तेसैगरी चीनको धर्म, संस्कृति, राजनीति तथा व्यबहार प्रत्यक्ष वा अप्रत्यक्षरूपमा उपरोक्त षड्दार्शनिक सम्प्रदायका दार्शनिक चिन्तन र दृष्टिकोणले प्रभावित छ | यो प्रभावलाई वर्तमानको चिनिया सरकारले स्वीकार गरेर “कन्फ्युसीएस सेन्टर”का माध्यमबाट स्वदेश र विदेशमा प्रचारप्रसार गर्दैछ | यसरी सांख्य, योग,न्याय, मीमांसा, वैषेशिक र वेदान्त भारतवर्षीय षड्दर्शन हुन् भने यींगयांग, रू, मिंग, फा, मो र दाओ-दे चिनिया षड्दर्शन हुन् | संस्कृति, भूगोल. भाषा तथा आर्थिक पारस्थितिकी फरक रहेका दुईबटा प्राचीनतम सभ्यता : भारतवर्ष र चीनका दार्शनिक मनिषीहरुको चिन्तनमा पार्थक्य हुनु स्वाभाविक हो तर षड्सम्प्रदायका मूलभूत चिन्तनमा एकरुपता देखिनु साच्चिकै विचारणीय छ |
जसरी वैदिक षड्दर्शनका आधारमा समग्र भारतवर्षीय सम्भ्यताको बैचारिक र व्याबहारिक विकास र विस्तार भएको छ तेसैगरी सम्पूर्ण चिनियाहरूको मनोविज्ञान उपरोक्त षड्दर्शनका आधारमा स्थापित भएको छ | भारतवर्षीय षड्दर्शनले दार्शनिक दृष्टिकोणलाई बढी प्राथमिकता दिएको छ भने चिनिया षड्दर्शनले सम्पूर्णतालाई (आध्यात्मिक र भौतिक) प्राथमिकता दिएको छ | सबै चिनिया सम्प्रदायमा भौतिकवादी चेतना र आध्यात्मवादी चेतना समानरूपले स्वीकार गरिएका छन् |
