हाम्रो प्राचीन शिक्षा पद्यति

हाम्रो प्राचीन शिक्षा पद्यति

हाम्रो प्राचीन शिक्षा पद्यति

प्राचीन गुरुकुल शिक्षा ब्राह्मणका लागि थियो भन्ने ठूलो भ्रम फ़ैलाइएको छ | एस्तो भ्रम फैलाउन दूई-प्रकार मानिसहरूले काम गरिरहेका छन् (१) वैदिक संस्कृति प्रति द्वेष राख्ने र (२) केवल अनुशरण गर्ने |
पहिलो वर्ग वैदिक धर्म, संस्कृति, संस्कार, भाषाआदिको विरोध गर्छ र एसको अवसान चाहन्छ | धर्म, सम्प्रदाय तथा राजनीतिको आवरणमा एसले बडो योजनापूर्वक काम गर्छ | भारतवर्षमा मुस्लिम तथाअंग्रेजहरूको अतिक्रमणसंग जोडिएको छ | सन् ८७४ र सन् १६२८ एसको आरम्भ विन्दू हुन् | | यो वर्गले बडो मेहनत गरेर वैदिक, जैन तथा बौद्ध ग्रन्थहरूको अध्ययन गरेको छ तर अध्ययनको उदेश्य भने “बुझेर जरो काट्न”मा केन्द्रित छ |
दोस्रो वर्ग साम्यवाद, समाजवाद, पूँजीवाद, घृणावाद, राजनीतिक लाभ र तेसपछि धर्मनिरपेक्षतावादसंग जोडिएको छ | यो वर्ग केवल उपरोक्त वर्गले भारतवर्षीय सभ्यता, संस्कृति र परम्पराका विषयमा लेखेको र बोलेको अनुकरण गर्छ | संस्कृतको विरोध गर्छ किनभने पहिलो वर्गले संस्कृतको विरोध गरेको छ | जातीय घृणामा विश्वास गर्छ किनभने पहिलो वर्गको तेसमा अभिरुचि छ | दोस्रो अर्थमा यो स्वदेशी परजीवी हो |
मूलशास्त्रहरूको अध्ययन/अध्यापन नगर्ने हुँदा हाम्रो बौद्धिक जमात परजीवी बनेको छ | शिक्षानीति नै पराश्रित भएको छ | विदेशी वा सनातन धर्मप्रति घृणा गर्नेहरूले संस्कृत पढेर, बुझेर (आफ्नो धर्मको उत्थान गराउन) संस्कृत तथा परम्पराको विरोध गरेका थिए र छन् तर दूर्भाग्य नै भन्नुपर्छ हामी सुनेको र अंग्रेजीको अनुवाद पढेको भरमा उनका मतियार बन्दैछौँ |
प्राचीन गुरुकुल पद्यति विभेदपूर्ण थियो भन्ने विश्वास धेरै नेपाली विद्वानहरू र सर्वसाधारणमा रहेको छ | तर वैदिक-साहित्यहरूको अनुशीलनले यो तत्थ्य अप्रमाणित हुन्छ | वेदले उल्लेख गरेको कुरा कुनै शास्त्रले काट्न वा अपब्याख्या गर्न मिल्दैन | आफुलाई वैदिक पनि भन्ने वेदको प्रमाण नमान्ने वा आफ्नो अनुकुल अर्थमात्र स्वीकार्नु उचित देखिन्न |
वेदले स्पष्ट रुपमा चारैवर्णका लागि गुरुकुलको बाटो खोलेको थियो भन्ने कुराको प्रमाण तलको ऋचाले बोलेको छ :
रुचं न धेहि ब्राह्मणेषु रुचं राजसु नस्कृधि | रुचं विश्येशु शूद्रेषु महि धेहि रुचा रुचम् यजुर्वेद १८/४८
“ब्राहमणका लागि विद्या प्रदान गर्नुहोस्, राजा (क्षत्रीय)हरूका लागि विद्या प्रदान गर्नुहोस्, वैश्यका लागि विद्या प्रदान गर्नुहोस् र शूद्रका लागि विद्या प्रदान गर्नुहोस्” |
यथेमां वाचं कल्याणीमावदानि जनेभ्य:। ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय | यजुर्वेद २६/२
मैले सबैका कल्याणको लागि शुभआचरण युक्त ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र वर्गको वेदको उपदेश प्रदान गर्छु
उपाध्याय तथा आचार्य
गुरुकुल, आचार्यकुल वा विद्यामन्दिर, सरस्वती गार, वेदविद्याश्रम, पाठशाला, विद्यालय, विश्वविद्यालय, महाविद्यालय, विद्यागारआदि प्राचीनकालका अध्ययन/अध्यापन स्थल हुन् | यी विद्यागरहरूको नेतृत्व महाकुलपति, कुलाधिपति, कुलपति, उपकुलपति, आचार्य, गुरू, अध्यापक तथा उपाध्यायहरूले गर्थे | यी विद्यगारहरूमा आचार्यनी र उपाध्यायनीहरूको पनि शिक्षा दिने गरेको हुनाले अमरकोषमा अमरसिंहले यिनको उल्लेख गरेका छन् |
अमरकोषले शिक्षा तथा दीक्षागुरूका दुईभेदहरूको उल्लेख गरेका छन् जसमा उपाध्याय तथा अध्यापक र आचार्य तथा गुरू :
एकदेशन्तु वेदस्य बेदाङ्गानयापि व पुन: |
योऽध्यापयति बृत्यर्थमुपाध्याय: स उच्यते || मनुस्मृति
जसले सम्पूर्ण वेद अथवा वेदका अन्य अन्य अंगहरूको जीविकोपार्जनको लागि पढाउछ तेस्तो ब्राहमणलाई उपाध्याय भनिन्छ |
उपनीय तु य: शिष्यं वेदमध्यापयेत द्विज: |
साङ्गं व सरहस्य वा तमाचार्य प्रचक्षते || मनुस्मृति
जसले शिष्यलाई आफुसंग राखेर वेद-वेदांगहरूको अर्थ खोलेर अध्यापन गराउँछ तेस्तो ब्राह्मण आचार्य हुन्छ |
मनुस्मृति र अमरकोषका उपरोक्त उद्धरणहरूले नेपालमा गुरुकुल तथा कर्मकाण्ड दूबै शिक्षाको व्यापक प्रभाव रहेको थियो | आचार्य थर र ब्राह्मणहरूले उपाध्याय लेख्ने चलन पनि पेशासंग नै सम्बन्धित रहेछ | डा. प्रपन्नाचार्यले पर्वत जिल्लालाई “नेपालको काशी” भन्नुको अर्थ नै नेपालका प्रसिद्ध नदीहरूका किनारामा प्राचीनकालदेखि नै गुरुकुलहरू संचालनमा रहेको कुरा प्रमाणित गर्छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *