राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन

वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति र विद्या यी तीन विषयरूलाई समानपदमा सम्मान व्यक्त गरेको छ | फलस्वरूप हामी नेपालीहरूको जन्मभूमि नेपाल पनि मातृशक्ति नै हुन् |
हामी नेपालीहरूका लागि नेपाल (नाम पढ्दा पुलिंगी) भएर स्त्रीलिंग नै हुन् | मैले मेरो पिताजीबाट सुनेको थिए “आमा, गुरू, राजा, नारी, नदी, गाई तथा जन्मभूमी”लाई तँ भनेर सम्बोधन गर्नुहुँदैन | पाप लाग्छ | नेपालको राष्ट्रीय प्रतिकमा समेत जन्मदिने आमा र जन्मभूमि नेपाललाई समानतहमा राखिएको छ | एसको अर्थ हो – एउटा नेपालीका लागि राष्ट्र केवल जमिनको खण्डमात्र होइन, उ जीवन्त, चेतनासहितको जीवनदायिनी अनुभूति हो | जन्मभूमिको अनुभूति देवीसंग जोडिएको आत्मिक सम्मान हो |
यदाकदा जन्मभूमि, राष्ट्र र राष्ट्रियताका सवालमा “नागरिकता”को द्वन्द हुन सक्छ | अमेरिका, बेलायत र भारतमा जन्मेका नेपालीहरूका लागि उनीहरूको जन्मथलो मातृभूमि हो तर राष्ट्रियताको अनुभूतिका सवालमा मत फरक हुनसक्छ | मातापिताको उद्गमस्थल, मातापिताको धर्म, संस्कृति, भाषा, संस्कार आदि विषयहरूका आधारमा राष्ट्रियता निर्धारित हुन्छ | एउटा भावनासंग जोडिएको राष्ट्र हुन्छ अर्को महज कागजी प्रक्रिया पूरा गरेर प्राप्त गरेको राष्ट्रीयता हुन्छ | भावनासंग जोडिएको राष्ट्रीयता कागजी प्रक्रिया पूरा गरेर प्राप्त गरेको राष्ट्रियता भन्दा निकै बलियो हुन्छ | वेदमा दूवै राष्ट्रियताको परिचर्चा छ |
विश्वका धेरै मान्छेहरू आफ्नो मूल धर्म, संस्कृति, भाषा, संस्कार तथा पूर्खाको उद्गमस्थललाई राष्ट्रियताको अनुभूति गर्छन् भने एसले उनीहरूले न्यायिक प्रक्रिया पुरा गरेर नागरिकता प्राप्त गरेको देशको नागरिक कर्तव्य पालनमा अवरोध सृजना हुँदैन | एउटा अमेरिकी-नेपालीले नेपाललाई माया गर्नुको अर्थ जन्मभूमिप्रतिको माया नभएर पूर्खाले दिएको संस्कारप्रतिको कृतज्ञता व्यक्त गर्न अंगालिएको अनुभूति मूलक राष्ट्रियता हो |
प्राचीनकालमा राष्ट्रियताको अनुभूति र व्यबहार आधुनिक राष्ट्रहरूले वितरण गर्ने नागरिकताले निर्धारित गरेजस्तो थिएन | कौरव र पाण्डवहरूको विवादमा पाण्डवहरूले धार्मिक-राष्ट्रियताको लागि युद्ध लडेका थिए | एसको सीधा अर्थ हो – राष्ट्रियता एउटा धार्मिकताको स्थापना, जगेर्ना र पुस्तान्तरणको जरिया पनि हो | आर्जित राष्ट्रियता र परम्परागत रूपमा प्राप्त राष्ट्रियमा भावनात्मक लगावको भेद हुन्छ | आर्जित राष्ट्रसंग भावनात्मक लगाव नहुन सक्छ | भारतमा मुसलमान र अंग्रेजहरूले लामो शासन गरे तर उनीहरूको भित्री मनले भारतीय राष्ट्रलाई कथंचित आफ्नो भावनात्मक राष्ट्रियताका रूपमा स्वीकार गरेनन् |
नेपालको नागरिकता वोकेर कानुनी नागरिक बनेकाहरूले नेपालको आत्मिक-राष्ट्रियतालाई स्वीकार नगरेका हुनसक्छन् | नेपाली राजनीतिमा एस्ता धेरैपात्रहरू रहेको कुरा आलोचना गर्नेहरूले वारम्वार उल्लेख गर्ने गरेका छन् | जन्मसिद्ध नागरिक भए पनि आस्था-परिवर्तन गर्नेहरूको भावनात्मक राष्ट्र अर्कै हुन सक्छ | कुनै पनि इसाई वा मुसलमानको लागि कानुनी राष्ट्र र नागरिकता नेपाली भए तापनि आत्मिक राष्ट्र साउदी अरेविया र इजरायल नै हुन्छ | यद्यपि उनीहरूले तेहाको कानुनी नागरिकता प्राप्त गर्ने कुनै सम्भावना नै हुँदैन |
कुनै पनि देशका प्राकृतिक नागरिकहरू जसले धर्म वा नागरिकता परिवर्तन गरेका छैननन्, तिनका लागि आफुजन्मेको राष्ट्र, राष्ट्रियताको अर्थ मातृभूमिको धर्म, संस्कृति, परम्परा, भेषभूषा, प्रकृति तथा ज्ञानपरम्परासंग जोडिएको हुन्छ | मैले आफुलाई नेपाली भन्नुको अर्थ हो – उपरोक्त सबै प्रतिमानहरूमा मेरो पूर्णस्वामित्वको चेतना हुन्छ | मैले आफु र जन्मभूमि बीच एकत्वको अनुभूति गर्छु | एस्तो अवस्थामा मातृभूमिको जरोकिलोसंग नागरिकको समग्र सम्बन्ध हुन्छ | आस्था, निष्ठा, राष्ट्रियता तथा संस्कृतिका सवालमा कुनै प्रश्न हुँदैन | व्यक्तिको अनुभूति नै उसको मातृभूमिप्रतिको कृतज्ञता हुन्छ |
राजनीतिले सत्तामा पुर्याउँछ भने राज्यनीतिले सत्तालाई उपयोग गर्ने बाटो निर्माण गर्छ | राजनीतिको आधार व्यक्तिगत सुख प्राप्ति हो भन्ने महत्वाकाक्षा बोकेका व्यक्ति वा समूहले डाँकालेझैं राज्यलाई भोग-बलात्कार गर्छन् र राज्यनीति पनि आफ्नो अनुकुल बनाउँछन् |
विश्वभरीको इतिहासमा राजनीति सुखद छैन | राज्यहरूले सधैं लडाई खेलेका छन् | राष्ट्रहरूले एकआपसमा घृणा प्रसारित गरेर मानवहत्याका लागि उक्साएका छन् | अव एउटा नयाँ शैली उत्पन्न भएको छ – मान्छेको महत्वकान्क्षासंग प्रकृति पनि रुल्मुलिएको छ | मान्छेले निर्दोष प्रकृतिलाई समेत आफ्नो रणक्षेत्र र शत्रुका रूपमा प्रयोग गर्न थालेको छ |
आधुनिक समयमा राष्ट्रहरू बढी कल्याणकारी छन् र प्राचीन समयका तुलनामा मानवीय जीवन बढी सुरक्षित र स्वत्रन्त्र भएको छ | उपभोक्ता मुखी राज्यतन्त्रहरूले राज्यलाई भोग-विलासको साधन बनाउँन छोडेका छैनन् | अझैं राष्ट्रहरूका सीमाहरू पासपोर्टले नियमन गरीपछि राष्ट्रहरूको स्वभाव तेस सीमाभित्र रहेका जनताकोको सामूहिक स्वार्थको रक्षामा केन्द्रीत भएको छ | कल्याणकारी राष्ट्रको अर्थ केवल “राज्यका सीमा” भित्र समेटिएको छ | पहिले व्यक्ति विशेष लोभी, लालची तथा स्वार्थी थियो भने अहिलेको राज्यव्यबस्थाले यी सबैलाई “सामूहिक” बनाएको छ |
अझै उदेक लाग्दो तत्थ्य त के छ भने विश्वका अधिकतम मान्छेहरू शिक्षित हुँदैजाँदा व्यक्तिगत स्वार्थ अझै घनिभूत भएको छ र हरेक व्यक्ति नितान्त व्यक्तिगत स्वार्थमा केन्द्रीत भएको छ | स्वार्थी व्यक्तिहरूको समूहले एउटा भूगोलभित्र राष्ट्रको अस्तित्व स्थापित हुँदा राष्ट्र झन् स्वार्थी बनेका छन् | उदाहरणका लागि आजका धनिराष्ट्रहरू “ऋणदिने साहुकार”,मा रुपान्तरित भएका छन् | गरीव राष्ट्रहरू बँधुवा मजदुर र धनिराष्ट्रहरू “ऋण तिर्न नसक्ने ऋणीलाई मृत्युदण्ड दिने क्रुरतर साहुको गद्दीमा वसेका छन् |
आधुनिक शिक्षाले केवल असल मान्छेहरूको सिर्जना मात्र गरेको छ भन्ने ठान्नु भूल हो | जतिजति मान्छे सुशिक्षित र अनुभवि हुँदैछ तेतिनै धेरै साझा उपभोग्य वस्तुहरूप्रति उसको लोभ र एक्लो स्वामित्वको भावना बढ्दै गएको छ | सिद्धान्त र व्यबहार आजको शिक्षित समाजमा जतिधेरै भिन्नता छ, सभवत: विगतमा थिएन तर भविष्यमा अझैं यो बढ्नेवाला छ | योजनापूर्वक शिक्षित भएको मानव व्यबहारमा अझैं स्वार्थी, क्रूर तथा लोभी ठहरिएको छ | राजनीति र राजनीतिज्ञको दैनिकीमा शिक्षाको जडमा योजनाबद्ध तवरले तयार पारिएको शिक्षाले स्वार्थ प्रज्वलित भएको छ भने यो तत्थ्यलाई अस्वाभाविक मान्न सकिन्न |
प्रविधिको विकासले एस्तो राजनैतिक स्वार्थलाई अझैं विश्वव्यापी बनाएको छ | यही स्वार्थको वरिपरी जातीय, भौगोलिक, धार्मिक तथा आदिवादी र गैरआदिवासीको आवरणमा अझैं घनिभूत भएको छ | इन्टरनेटको माध्यमबाट घुम्ने डाटाहरूले झन् स्वार्थीहरूलाई एकआपसमा जोडिएर समानान्तर स्वार्थको निर्माण गर्न सजिलो बनाएको छ | आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षाको दुरुपयोग गर्दै घृणावादका बीऊहरू सम्बृद्ध गर्दैछन् | राजनैतिक नेतृत्वका माध्यमबाट एस्तो स्वार्थ छताछुल्ल हुन्छ | नेपाली राजनीतिको यथार्थ यही हो |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *