अज्ञानी अभिभावक !!
नेपालका हरेक भाषाहरू नेपाली भाषा नै हुन् | सबैको संरक्षण र सम्बर्धन हुनुपर्छ | अहिले हाम्रो संचारको भाषा नेपाली हो | हामीले एसमा गौरव गर्नुपर्छ | हिन्दी भाषाको विकासको लागि विशाल छिमेकी भारत छंदै छ |
अंग्रेजी न हाम्रो देशको मातृभाषा हो न हाम्रा छिमेकीको | यो हाम्रो लागि नितान्त पराई भाषा हो | हामीले अंग्रेजी सिक्नुपर्छ किनभने हामीले विश्वसामु आफ्ना कुराहरू एसै भाषामा पुर्याउन सक्छौं | तर जसरि अहिले अंग्रेजी लादिंदै छ, एसले बालबालिकाको कलिलो मनमा निकै गहिरो “अंग्रेजीकरण” भैरहेको छ |
हामी अभिभावकको “अंग्रेजी मोह”का कारण हाम्रा कलिला बालबालिकाहरूले विद्यालयमा दण्डित हुनुपर्छ | आफ्नो उमेर भन्दा बढी अवान्छित कितावका ठेली बोकेर हरेक दिन विद्यालय जान/आउनुपर्छ | होमवर्कका नाममा अंग्रेजीका लागि आफ्नो बाल्यकाल बलिदान दिनुपर्छ |
विश्वास गर्नुस्, हाम्रा बालबालिकाको बाल्यकाल अंग्रेजीले “खाइरहेको” छ | बालबालिकाको प्राकृतिक बाल्यकाल अंग्रेजीको भारीमा दविंदा हामी उत्सव मनाइरहेका छौँ |
म शिक्षामन्त्री हुन्थें भने कक्षा १ देखि १२ सम्म एउटा पेपर अंग्रेजीको पढाउने ब्यबस्था मिलाउथें | कक्षा १२ सम्म पुग्दा विद्यार्थीले अंग्रेजीमा लेख्न, पढ्न र बोल्न सक्ने हुन्थे | कमसेकम उनीहरूको बाल्यकाल अंग्रेजीको वलत्कारमा त पर्ने थिएन !
यदि अभिभावकको अंग्रेजी मोह एसैगरि कायम रह्यो भने अंग्रेजी रहन्छ तर छोराछोरी रहन्नन् किनभने उनीहरूको बाल्यकाल हामीले अंग्रेजीका लागि बलिदान चढाइसकेका छौँ | अंग्रेजले अंग्रेजी जानेको हुन्छ, नेपाली होइन | उसको नागरिकता नेपाली हुन्छ, मानसिकता विदेशी |
सन् १७४३ मा अमेरिकी मनोवैज्ञानिक जन डिवीले “सिकेर जान्ने” भन्ने अभियान चलाए तर उनले स्पष्ट रूपमा भने “बालबालिकाले आफ्नो मातृभाषामा जसरी सजिलो सिक्न सक्छन्, बुझ्न सक्छन् तेसको तुलनामा पराई भाषाका माध्यमबाट सिक्न ६७% गारो हुन्छ |”
विद्यालयको नाम जन डिवी राखेर हुन्न, उनको अनुसन्धान पनि पढ्नुपर्छ | अंग्रेजी मातृभाषा भएका बालबालिकाका लागि अंग्रेजी सजिलो सिकाइको माध्यम हो, नेपाली होइन | अंग्रेजी भाषी नेपालीले अंग्रेजी मैं सिकूँन् |

