हाम्रो शिक्षा

हाम्रो शिक्षा

हाम्रो शिक्षा

असलमा वैदिक संस्कृतिमा पाँचवर्ष नपुगिकन अक्षर आरम्भ गर्ने चलन भेटिएको छैन | अक्षर आरम्भ पाँचवर्षपछि मात्र उचित हुन्छ भन्ने आधुनिक र प्राचीन वैदिक परम्परामा समानता छ |
आजभोली विविध कारणले बालबालिकालाई जवरजस्ती दुई-अढाईवर्षको उमेर देखि नै विद्यालय पठाउने चलन आएको छ | एसले गर्दा पांचवर्षसम्मका बालबालिकाहरू प्राकृतिक रूपमै अनिवार्यरूपमा प्राप्त गर्नुपर्ने मातापिता तथा परिवारिको मायाबाट वन्चित भएका छन् |
पाँच-छ वर्षको उमेर भन्दा अगावै बालबालिकालाई “लेखन गृहकार्य” दिनु उनीहरूको क्षमता विरुद्ध हुन्छ | छोएर, सोधेर, खेलेर, सुँघेर, हेरेर, सुनेर, चाखेर, विगारेर, माया गरेर, कोरेर, लडेर सिक्ने अवस्थामा बालबालिकालाई तेसरी नै सिक्न दिनुपर्छ |
शिक्षाको आरम्भ त बालबालिकाले तोतेबोली बोल्न सिक्नुभन्दा पहिले नै गरिरहेका हुन्छन् | यदि पाँचवर्ष पहिले बालबालिकालाई विद्यालय पठाउने नै हो भने तिनले तेहा संस्कृत हुने ब्यबहारिक शिक्षा प्राप्त गर्ने ब्यबस्था मिलाउनुपर्छ | सुँघेर, छोएर, सुनेर, चाखेर, देखेर/हेरेर तथा गुनेर सिक्ने ब्यबस्था हुनुपर्छ |
यदि अढाईवर्षको उमेरमा विद्यालय पठाउने हो भने त्यो “प्रवेशिका” हो | प्रवेशिकामा बालवालिकाले आमाबुवा र परिवार वाहेकका व्यक्तिहरूसंग आफुलाई सहज बनाउने वातावारण सिक्नुपर्छ | प्रवेशिका भर्ना भएको छ महिनासम्मको अवधि हो जहाँ बालबालिका विद्यालयमा “अभ्यस्त” हुन्छन् | पारिवारिक वातावारण सृजना गर्ने दायित्व शिक्षालयको हुन्छ |
अन्य बालबालिकालाई छोएर, शिक्षक/शिक्षिकाहरूको बोलीचाली (टोनआदि) सुनेर, च्यातेर, लोटेर, माया पाएर, अनुभूति गरेर यो उमेरका बालबालिकाले सिक्छन् | यो उमेरमा धेरैजसो ज्ञानेन्द्रीयमा आश्रित रहेर बालबालिकाले सिक्छन् | हेर्ने, सुन्ने, छुने, हास्ने, रूने, डराउनेआदि क्रियाकलापको विकास नै यो उमेरको सिकाई भएको हुनाले यो जीवनको प्रवेशिका हो |
एसलाई मातृत्वतह पनि भन्न मिल्छ | किनभने यो उमेरका बालबालिकालाई विद्यालय पठाउने र विद्यालयमा हेरचाह गर्ने व्यक्तिहरूले बालबालिकाको “मातृत्व” सुनिश्चित गर्नैपर्छ | यदि “शिक्षालय”ले मातृत्वसरह हेरचाह प्रदान गर्न सक्दैन भने बालबालिकालाई घरमै राखेर मातृत्व प्रदान गर्नुपर्छ | एकलपरिवारमा बस्छौं, बालबालिका हुर्काउने समय छैन, नकमाए पुग्दैन भन्नुमा आंशिक सत्यतामात्र छ | साच्चिकै भन्नुपर्दा “विदेशीको सिकोले लादिएको संस्कृति हो |
किन उछिन्नु पर्यो ?
सबैले सबै कुरा जानेका हुँदैनौं | अपूर्णता नै मानिसको सौन्दर्य हो | नेपाल हाम्रो हो | वैदिक, बोन, जैन, बौद्ध, किरात संस्कृति हाम्रा हुन् | हामीले जानेको कुरा अगाडी बढाउँ | नजानेको कुरामा अर्कालाई सघाउँ |
हाम्रो लक्ष नेपाल बनाउने हो | हाम्रो लक्ष नेपाललाई विश्वगुरू बनाउने हो | हाम्रो लक्ष नेपालबाट गरिवी, अशिक्षा, घृणावाद हटाउने हो |
अनि, किन हामी एकअर्कालाई सघाउँदैनौं | हाम्रो लक्ष गौरक्षा हो भने गोरक्षकलाई सघाउँ | हाम्रो लक्ष वैदिक संस्कृतिको रक्षा हो भने वैदिक, बौद्ध, जैन, बोनहरूलाई मदत गरौँ | आफुले ढुक्कसंग गर्ने काम आफैले गरौँ | अरूले गरिरहेको काममा प्रतिद्वन्दी नवनौं |
वैदिक संस्कृतिले भन्छ, प्रतिद्वन्दी न वन | सहकार्य गर | एउटाले गरिरहेको परोपकारी कार्यमा प्रतिद्वन्दी बनेर वाधक नवन | हामी नेपाली अमृतका सन्तान हौँ | अमृतका प्रतिद्वन्दिता गर्दैनन् | धेरै संघसंस्था भए पनि “एजेन्डा”मा सहमति गरौँ |
हाम्रो काम अर्काको आलोचना गर्ने होइन | अर्काको उछितो काड्ने काम तिनैले गरूँन् | समालोचना गरौँ | आफ्नो पक्ष सप्रमाण प्रस्तुत गरौँ | आफ्नो भूलमा क्षमा मागौं | आफ्नो लक्षलाई गौरव ठानौं | अर्काको लक्षको सम्मान गरौँ | हामीसंग गौरव गर्ने धेरै थोक छन् | तिनको अध्ययन/अध्यापन गरौँ | तिनलाई विश्वसामु सगौरव प्रस्तुत गरौँ | आफैमा विश्वास गरौँ |
हामीले एकार्कालाई उच्छिने छुद्रता त्यागौं | एकअर्कालाई सघाउने उदारता अंगिकार गरौँ | असल कुरा स्वीकार गरौँ | कमसल कुरा आफ्नै भए पनि त्यागौं | खुट्टा तानेर उछिन्न भन्दा सहोयोगी बनेर संगैं हिडौ | Competitive होइन Cooperative बनौं | म होइन, हामीलाई अघि सारौँ |
म होइन हामी भनौ | एक्लै होइन संगै बसौं | अरूलाई दिएर खाऔ | जरोकिलो तपाईंको हो, हाम्रो हो र तपाईं पनि हाम्रै हुनुहुन्छ | संवाद, सहकार्य र सहगमनको लागि आफैलाई तम्तयार पारौं | किन उछिन्नु पर्यो ? संगसंगैं अगाडी बढौं

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *