स्वस्थानीको वारेमा विकासे लेख पढेपछि
यी विकासे विदेशी दलालहरूले एक महिमासम्म एउटा बस्त्र धारण गरेर, एक बखत भोजन गरेर, दिनहुँ चीसो पानीमा स्नान गरेर, घरवार र शारीरिक सुखसुविधा त्यागेर हरहमेशा आध्यात्मिक चिन्तन गर्दै कठोर ब्रत गरेको देख्दैनन् | न त यी स्वाँठहरूले मान्छेको मनभित्र रहेको पवित्रआस्था कै सम्मान गर्न सक्छन् !!
स्वस्थानीको कथाप्रसंगसंग सहमत नहुनु स्वाभाविक हो | तेसका धेरैप्रसंगहरू कथामामात्र जीवित छन् | हामीले टुप्पीदेखिको शक्ति लगाए पनि तेस बखतका परम्पराहरू फर्किन सक्दैनन् | हाम्रै देशमा पनि धेरै समुदायमा स्वस्थानीको प्रचलन छैन | तर एउटा ठूलो समुदायले आस्था र विश्वास गर्ने विषयवस्तुको वारेमा अनर्गल लेख्ने र बोल्नेहरूको तुलना जुम्राजस्ता परजीवीसंग गर्नुपर्छ | यी जुम्राहरू विदेशीको भेलन्ताइनमा सेक्स र रक्सीको वकालत गर्छन् तर पत्नीब्रत र पतिब्रता पद्धतिको तीब्र आलोचना गर्छन् | अराजकतावाद नै यिनको स्वार्थ हो भन्ने बुझ्नुपर्छ |
यदि स्वस्थानीले समाजलाई एकरूपतामा जोड्ने तथा मान्छेलाई सदाचारी बन्न प्रेरित गरिरहेको छ र पो यी धर्मवेचुवाहरूलाई एत्रो पीर लागिरहेको छ | होइन भने एउटा आस्थासंग जोडिएको कथाका विषयमा अनर्गल लेखेर बोलेर करोडौं आस्थामा प्रहार गर्ने काम हुँदैनथ्यो |
स्वस्थानीको विरुद्ध बोल्ने र लेख्ने दलालहरूले “स्वस्थानी ब्रत गरेर कतिजनाले वाल विवाह गरे ? कति जनाले बलात्कार गरे, कति जनाले अनमेल विवाह गरे र तेसको समर्थन गरे” भनेर एउटा पनि प्रमाण पेस गर्न सक्छन् ?
यी विदेशी विचारका दासहरूले सधैं सनातन धर्मका संस्कारहरूमा नकारात्मकता निकाल्नु र तेसको निन्दा गर्नुमा गौरव ठान्छन् | यी बकम्फुसे विकासेहरूमा मुस्लिम समुदायमा प्रचलित बहुविवाह वारेमा बोल्ने आँट छैन | कतिपय जातीय प्रथा र परम्पराका नाममा जांडरक्सीको प्रदर्शनीको विरोध गर्ने आँट छैन !! घृणावादको सन्तानहरूले सनातन धर्मका असल कुरा त देख्ने कुरै हुँदैन | जूकाले जूका नै जन्माउँछ |
अनेक वहानामा नेपाली जनजाति, आदिवासी र तिनकै भाषामा गैरआदिवासीहरूका घरघरमा पुगेर धर्मपरिवर्तन गराउंदै हिड्ने ग्यांगहरू विरुद्ध बोल्ने आँट छैन तर सनातन धर्मका चालचलनमा नराम्रो पक्ष खोतलेर वदनाम गर्नेहरू समाजका धमिरा हुन् | यी अधमहरूलाई हिन्दूहरूले तीज मान्दा पनि पीडा हुन्छ, होली खेल्दा पनि दुख हुन्छ | एकादशी ब्रतवस्ता पनि डाहा हुन्छ सत्य नारायणको पूजा गर्दा पनि असजिलो हुन्छ |
तर पनि यी पात्रहरूको सम्मान हुनैपर्ने देख्छु किनभने दीसा गरेर…नधोएसम्म सफा हुँदैन | दीसा पखालेपछि मात्र हात धोइन्छ | कुरा बुझ्नुहोला |
एस्ता धमिराले आफ्नो स्वार्थको लागि देश पनि बेच्न पछि पर्दैनन् भने उनका विरुद्ध कसैले केही बोल्यो भने विदेशीले सधैं आफ्नो स्वार्थका लागि उछाल्ने गरेको “मानवाधिकार”को लौरोले तर्साउने गर्छन् |
यी दलालहरूले प्रयागमा आएका ५ करोड श्रद्धालुहरूको श्रद्धामा पनि अन्धविश्वास देख्छन् तर विदेशीहरूको “थुक”मा अमृतको अनुभूति गर्छन् | यिनको लागि रक्सीमा झल्लिनु, आधुनिकताका नाममा जथाभावी यौनउपयोग गर्नु, मेरीटप्सको बाटो देखाउनु र नीलाचलचित्रमा रमाउनुमा कुनै खरावी हुँदैन | गाईको पूजा गर्दा अन्धविश्वास ठान्छन् तर कुकुरसंग सहवास गर्नुलाई स्वतन्त्रता मान्छन् |
यी दलालहरूको एउटा मात्र मन्त्र हुन्छ “डलर देवो भव:” !!!

