नेपालसंग जैनधर्मको नातो !!
जैनधर्मका २१सौं तीर्थंकर श्रीनेमिनाथ हुन् भने १९सौं तीर्थंकर श्रीमल्लिनाथ | श्रीमल्लिनाथको जन्म नेपालको मिथिलाका इक्षाकु बंशीय राजा कुम्भबाट भएको थियो र यी महिला थिइन भन्ने जैनशास्त्रमा उल्लेख छ | पछि इनै मल्लिकादेवी (फूलको गुच्छा मनपराउने) जैन तीर्थंकर बनेकी हुन् |
जनकपुरको नेमुवामा रहेको मल्लिवाडामा दुईबटा जैनमन्दिरहरू १९२५ को भुईचालोले ध्वस्त भएपछि तेहा रहेका जैनमूर्तिहरू सीतामणिका एकजना ब्राह्मणले लागेको र सन् १०३२ मा भारतको भागलपुरको जैन मन्दिरलाई ती मूर्तिहरू हस्तान्तरण गरेको भन्ने पनि जानकारी आएको छ | जानकारीका अनुसार भागलपुर आज पनि नेपालमा जैन मन्दिर निर्माण गरिए, ती मूर्तिहरू नेपाल पठाउन तयार छ |
एसरी हेर्दा नेमुवामा नेमिनाथको जन्म, जनकपुरमा मल्लिनाथको जन्म र २३ सौं तीर्थाकर पार्श्वनाथको जन्म पर्सामा भएको हो भन्न सकिन्छ | तर इतिहासको गहन खोजी हुनैपर्छ | निसन्देह, जैन धर्म पनि नेपालको रैथाने धर्म हो भन्न धक मान्नु पर्ने अवस्था छैन |
एता २१सौं तीर्थंक नेमिनाथ भारत, गुजरातको गिररनारमा जन्मिएको भनिएता पनि असलमा यिनको जन्म जनकपुरको नेमुवामा भएको हो भन्ने तत्थ्य अगाडी सारिएको छ | निमी, नेमुवा र नेमिनाथका वीच केही सम्बन्ध त अवश्य छ | आज पनि नेमुवामा हरेक वर्ष गुजरातबाट जैन तीर्थयात्रीहरू तेहा दर्शनको लागि आउने गरेको भन्ने नेमुवाका वासिन्दाको भनाई छ | यो कुराको पुष्टि वीरगंज निवासी जैन विद्वान अशोक बैदले गरेका छन् |
तेस बखत, नेमीनाथ सूदुर गुजरातबाट भन्ने विश्वास गर्न गारो छ तर जनकपुरबाट भन्न सजिलो र तर्कसङ्गत पनि ठहरिन्छ | जेहोस्, धर्मप्रचार गर्दै काठमान्डौको शाक्यपरिवारलाई आफ्नो शिष्यत्व प्रदान गरेको तत्थ्य सचित्र तीर्थंकर चरित्रमा उल्लेख गरिएको छ | काठमाडौँ उपत्यकामा प्राचीन जैन मन्दिरहरू अप्राप्त छन् तर ती मन्दिरहरू हिन्दू वा बौद्ध चैत्यमा परिवर्तित भएका पनि हुन सक्छन् भन्ने मेरो मान्यता रहेको छ |
साथै, ने ऋषि र नेमिनाथ एकै व्यक्ति थिए कि भन्ने पनि प्रश्न उठान गर्न मिल्ने अवकाश मिल्छ | निमी, ने र नेमिनाथ यी सबैको संयुक्त तपस्याले नै नेपालको नाम त रहेको होइन ? ने ऋषिका विषयमा पद्मपुराणले बोलेको छ, निमिका विषयमा उपनिषदहरू बोलेका छन् तर नेमिनाथको विषयमा इतिहास भ्रमित देखिन्छ | नेमुवामा जन्मेका नेमिनाथलाई किन गिरनारको भनियो ? सत्यको खोजि त हुनैपर्छ |
यसैगरी पार्श्वनाथको जन्म पनि नेपालको पर्सामा भएको र उनैको नाममा यो ठाउँको नाम पर्सा रहेको भन्ने जिकिर पनि केही विद्वानहरूले गरेका छन् | आजभोली पार्श्वनाथको मन्दिरको ठाउँमा (महुन गाविस) मा शिवालय रहेको तर तेहा दुईबटा जैनमूर्तिहरूको परम्परागत रूपमै पूजाआज हुने गरेको भन्ने केही जैनीहरूको दावी छ |
यसरी, ऋषभदेव, नेमिनाथ, मल्लिनाथ तथा महावीर – यी चारबटा जैन महाग्रुरुहरूको नेपालसंग प्रत्यक्ष नाता गाँसिएको छ | ऋषभदेवले अयोध्याको राज्य त्याग गरेर पुलाहाश्रममा तपस्या गरेको भन्ने तत्थ्य भागवतले उल्लेख गरेको हुँदा जैनधर्मको आरम्भ नेपाली भूमिबाट नै भएको भन्न सकिन्छ |
ऋषभदेवको जन्म भारतको अयोध्यामा भएको र उनले पुलाहश्रममा ज्ञान प्राप्त गरे भने सिद्धार्थको जन्म नेपालको कपिलबस्तुमा भएको र उनले ज्ञानचाहिं भारतको सारनाथमा प्राप्त गरेको सर्वविदित नै छ | जेहोस्, ऋषिमुनिहरू सार्वभौम हुन्छन् तैपनि नेपालीले आफ्नो जरोकिलोको सत्यता खोज्नु र तेसलाई प्रकाशित पर्छ |

