आदिकवि श्रीबाल्मिकीको कुरा
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी – आमा र जन्मभूमिको महत्व स्वर्गभन्दा बढी हुन्छ भन्ने महावाक्य बाल्मिकी रामायणको हो | आज नेपालका हरेक नेताले चाहेर वा न चाहेर दोहोर्याएर आफ्नो साख जोगाउँछन् | मनमा विदेशीको भक्ति न होला तर देशभक्ति नै हुन्छ भन्न पनि सकिन्न | तर महर्षि बाल्मिकीको यो महाबाक्य हरेक नेपालीको लागि देश प्रेमको पर्याय बनेको छ |
आज महान ऋषि तथा संस्कृत महाकाव्य रामायणका रचयिताआदिकवि बाल्मिकीको जन्म जयन्ति हो | हामीले विदेशी व्यक्तिहरू (कार्लमार्क्स, माओ, मार्टिन लुथर किंग)आदिको जन्म दिवस मनाउन सरकारी छुट्टी दिन्छौं, ठीकै छ कि छैन आफै विचार गर्नुहोस् | तर नेपाल मै जन्मेर नेपाल र वैदिक संस्कृतिको झन्डा विश्वभरी फैलाउने ऋषि बाल्मिकीको लागि सरकार तथा गैर-सरकारी संस्थाहरूसंग एक थुगों फुल समेत छैन | हाम्रा महर्षि कर्मयोगी हुन् उनको जन्मदिनमा विदा आवश्यक छैन तर राष्ट्रले आफ्ना निधिहरूको सम्झनामा एकशब्द बोलिदिए पनि ठूलो गुण लाग्थ्यो |
सीताको को जन्म र विवाह अयोध्यमा भएको हो | रामायण लेखेर राजा राम र रानी श्रीसीतालाई चिनाउने काम बाल्मिकीले गर्नुभएको हो | आज जुन राम र सीताको विषयमा हामीले जानेका छौँ, तेसको सृजनाकार महर्षि बाल्मिकी हुन् | जनकपुरको ध्वास दिने, लुम्विनीको वखान गर्ने तर ती ठाउँ र पात्रहरूको जीवनी लेखेर सधैंका लागि अमर गर्ने सृजकहरूको सम्मान नगर्ने कू-संस्कारबाट उम्कनै पर्छ |
बाल्मिकीले रामायण न लेखिदिए कै आज धेरै नेपालीहरू र भारतीयहरूको नाम राम, सीता, लक्ष्मण, शत्रुघ्न, सुमित्रा, हनुमान, लब, कुश, विभिषणले चिनिन पाएका छन् | भानुभक्तले नेपालीको आदिकविको उपाधि पाएका छन् | सरकारमा धेरै रामहरूको नाम बोक्नेहरू छन् | सीताहरू छन् तर आफ्नो नाम दिनेको विषयमा जानकारी नहुने वा जानेर बुझ पचाउने भन्दा निलज्ज यो संसारमा कोही हुनै सक्दैन |
नेपाली जनता निर्लज्ज होइनन् विदेशीहरूको सल्लाहमा आफ्नो पहिचान मेटाउन नीति ल्याउनेहरू निलज्ज हुन् | नेपालको संस्कृति सरकारले होइन जनताले धानेका छन् | सरकारले त जनताले धानेको संस्कृतिहरू बिक्रि गरेर तिनै संस्कृतिहरूलाई मरूभूमि बनाउने काम गरिरहेको छ |
हामीले हिन्दू, बौद्ध, जैन किरात, मुस्लिम, इसाई जे-जस्तो धर्म मानौं तर आफ्नो पुर्खा र तेसको गौरवलाई विर्सेर “निलज्ज” बन्ने अपराध चाहिं कदापि नगरौं |
आफ्नो धर्म, संस्कृति र इतिहासप्रति माया गर्नेको लागि बाल्मिकी साच्चिकै गौरव हुन् तर जसले आफ्नो जरोकिलो छोडेर विदेशीहरूको नक्कल गर्न व्यस्त छ, उसको लागि बाल्मिकी खुर्पाको बिड हुन् तर याद राख खुर्पाको बिडचाहिं चन्दनले बनेको छ !!
अरूले गरे पनि नगरे पनि हामी भने महर्षि बाल्मिकीको पावन जन्मजयन्तिका अवसरमा सादर प्रेम पुष्पाञ्जली अर्पण गरौँ | मैले यो कार्य विगत केही दिनदेखि गरिरहे छु, रामायण पाठ गरेर |
………………………………..
All glories to Rishi Balmiki !!
Today is Birth anniversary of Great Sage Balmiki and author of Ramayana.Its painful me that our government have several scheme to celebrate foreign leadesr like Karl mark, Mao and others but they don’t have even single words to remember our great heroes who recognized nepal to the world. Great sage Balmiki have no value for government, INGOs and NGOs Nepal. But we have great respect to him as today is his birth anniversary.
To pay him great respect please visit his Asharam and Birth place of Thodi Chitawan when you have time.
आज महान ऋषि तथा रामायणका रचयिता बाल्मिकीको जन्म जयन्ति हो | हामीले विदेशी व्यक्तिहरू (कार्लमार्क्स, माओ, मार्टिन लुथर किंग)आदिको जन्म दिवस मनाउन सरकारी छुट्टी दिन्छौं, ठीकै छ कि छैन आफै विचार गर्नुहोस् | तर नेपाल मै जन्मेर नेपाल र वैदिक संस्कृतिको झन्डा विश्वभरी फैलाउने ऋषि बाल्मिकीको लागि सरकार तथा गैर-सरकारी संस्थाहरूसंग एक थुगों फुल समेत छैन | हाम्रा महर्षि कर्मयोगी हुन् उनको जन्मदिनमा विदा आवश्यक छैन तर राष्ट्रले आफ्ना निधिहरूको सम्झनामा एकशब्द बोलिदिए पनि ठूलो गुण लाग्थ्यो |
अरूले गरे पनि नगरे पनि हामी भने महर्षि बाल्मिकीको पावन जन्मजयन्तिका अवसरमा सादर प्रेम पुष्पाञ्जली अर्पण गरौँ | मैले यो कार्य विगत केही दिनदेखि गरिरहे छु, रामायण पाठ गरेर |
आफ्नो धर्म, संस्कृति र इतिहासप्रति माया गर्नेको लागि बाल्मिकी साच्चिकै गौरव हुन् तर जसले आफ्नो जरोकिलो छोडेर विदेशीहरूको नक्कल गर्न व्यस्त छ, उसको लागि बाल्मिकी खुर्पाको बिड हुन् तर याद राख खुर्पाको बिडचाहिं चन्दनले बनेको छ !!
………………………………..
प्रसिद्ध वाल्मीकि आश्रम चितवन जिल्लाको ठोरीमा पर्दछ । नवलपरासी जिल्लाको त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब आधा घण्टा हिंडेपछि वाल्मीकि आश्रम पुग्न सकिन्छ । भारतीय राज्य बिहारको वाल्मीकिनगरबाट पनि यस स्थानमा आउन सकिन्छ । यहाँ रामायणका स्रष्टा वाल्मीकिले साधना गरेको मान्यता छ । नेपाल र भारत दुवै देशका पुरातत्वविद्हरूको संयुक्त टोलीले प्राचीन वाल्मीकि आश्रम यहीं रहेको पत्ता लगाएका हुन् । यही स्थानमा वाल्मीकिले यज्ञ गरेका हुन्, काव्य रचना गरेका हुन् ।
सीताले जीवनको अन्तिम समय व्यतीत गरेको तथा लव र कुशले शिक्षा लिएको स्थान पनि यही मानिन्छ । यसरी वाल्मीकि आश्रम ऐतिहासिक र धार्मिक दृष्टिले ज्यादै महत्वपूर्ण छ । वाल्मीकि आश्रमस्थलमा सीताको पाताल प्रवेश गरेको स्थान, लव–कुशले अश्वमेध यज्ञको घोडा पक्रिएको स्थान, शिक्षा ग्रहण गरेको स्थान, उनीहरूले पानी पिउने पुरानो इनार र अन्य कैयांै पुराताइिभ्वक र धार्मिक वस्तुहरू अवशेषका रूपमा रहेका छन् । नेपाल–भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिरहरू पनि छन् । सन् १९६५ मा नेपाल र भारतको संयुक्त टोलीले यही स्थानलाई पौराणिक वाल्मीकिस्थान भएको ठह¥याएको हो । पर्यटकीय दृष्टिले समेत यो स्थान निकै महत्वपूर्ण छ

