आफु खोज्दै क्यानेडाली आदिवासी

आफु खोज्दै क्यानेडाली आदिवासी

आफु खोज्दै क्यानेडाली आदिवासी

यी क्यानेडाली आदिवासीहरू लन्डनमा भेटिएका हुन् | ब्रिटेन मूलका अंग्रेज आक्रमणकारीहरूले आफ्नो भूमि (क्यानाडा) कब्जा गरेको र आधुनिक बनाउने नाममा अंग्रेजी-विद्यालयहरूमा जवर्जस्ती पठाएर आफ्नो धर्म, संस्कृति तथा भाषा समेत मासेको उनीहरूको आरोप छ |
के नेपालका तथाकथित जनजातिआदिवासीको अधिकारका लागि लडेको दावी गर्ने तर आफ्नै भाषा-संस्कृति तथा संस्कारको लागि माखो नमार्ने बरू विदेशीहरूसंग मिलेर पांचतारे होटलमा अंग्रेजीभाषामा लेखेको प्रतिवेदन बुझाउने, अंग्रेजी भाषामा विद्यालयहरू चल्नुपर्छ भनेर आन्दोलन गर्ने अधिकारवादीले केही सिक्छन् कि ?
आफ्नो जरोकिलोलाई पुनर्जीवित गर्न आन्दोलित यी कफाओसोले, क्पीलाओ मापा र जिन्दाई पोइला को स्कुले नाम अंग्रेजीमा जर्ज, पिटर र माइकल हो | यी नामहरू अंग्रेजी स्कूलले जवर्जस्ती लेखाएको हो भन्ने यिनको दावी छ |
कफाओसोले कविलाका प्रमुख हुन् | क्यानेडेली चिलको प्वाखले बनेको मुकुट लगाउनु पूर्व अग्नी-प्रज्वलित गर्छन् | अग्निमा जडिबुटीको धुपले होम गर्छन् र मुकुटलाई आगोमाथि घुमाउदै मन्त्र पढ्छन् | यसो गरिरहंदा उनी कर्मकाण्डी हिन्दुझैं देखिन्छन् |
नेपाल सरकार र अधिकारवादीहरूले बुझेपनि नबुझे पनि आफ्नो धर्म, संस्कृति तथा भाषालाई तिरस्कार गरेर देशको विकास हुँदैन | सुविधाहरू प्राप्त हुनु विकासको एउटा पाटो मात्र हो, क्यानाडाले त्यो हासिल गरिसकेको छ | तर आदिवासी-आदिवासीहरूले गुमाएको भाषा-संस्कृतिप्रति उसको कुनै चासो छैन | अहिलेको नेपाली राजनैतिक संस्कार र परिवेश आफ्नै जरोकिलो मास्नेतिर अगाडी बढिरहेको अवस्था छ |
अंग्रेजहरूले क्यानडालाई उपनिवेश बनाएर तेहाका आदिवासीहरूको आमहत्या गरेको चारसयवर्ष जति भएको छ | यस अवधिमा तेहाका आदिवासीहरूले आफ्नो सबैथोक गुमाईसकेका छन् | क्यानेडियन, अमेरिकी र ब्राजिलियन जेनोसाइको इतिहास सधैं जीवित छ |
नेपालको हकमा भने हामी फरक छौँ | नेपालको इतिहासमा आजका दिनसम्म कुनै भाषा, संस्कृति तथा संस्कार लोप भएको छैन | १२८ भाषा र १२३ जातिहरू जीवित छन् | यसको सीधा अर्थ हो – नेपालका रैथाने जाति-भाषा र संस्कृतिले एकअर्काको सम्मान गर्छन्, एकअर्काको सुरक्षा गर्छन् |
२०४७ सालपछि विकसित भएको राजनैतिक संस्कृतिले उपरोक्त सहृदयताको सम्बन्धमा आधात गर्दै विदेशी-मूलका विखण्डनवादी चिन्तन रोप्दैछ | छिमेकीलाई सत्तेसराप गरेर राजनैतिक धुरी चड्ने संस्कार बढेको छ | यसले विभेदवादी र घृणावादीहरू हौसिएका छन् |
हामीले जसरी पनि घृणावादी चिन्तनको विकासलाई कुण्ठित गर्नुपर्छ | र एस्तो परिवेश छिमेकीको (नेपालका मौलिक जातजाति, भाषा, संस्कृति) सम्मान गर्ने, उनीहरूको विकासको लागि सहकार्य गर्ने तथा हरेक नागरिकले कमसेकम स्थानीयतहमा प्रचलित एउटा स्थानीय भाषा सिक्न पाउने ब्यबस्थाबाट हुन्छ |
उपरोक्त क्यानेडेली आदिवासीहरूले मलाई छिमेकीको भाषा, संस्कृति तथा संस्कारको सम्मान गर्ने संस्कृति अनुकरण, सनुसरण गर्न प्रेरित गरेका छन् | आफ्नो देश, भूगोल, धर्म, संस्कृति हुँदाहुँदा मासिएका पर्सिएन, आफ्नै देशमा तेस्रो दर्जाको नागरिकका रूपमा बाच्न बाध्य अस्ट्रेलियाका माओरी, क्यानाडा र अमेरिकाका इन्डियन (अंग्रेजीमा इन्डियन भनेको असभ्य हो) को पीडा कुनै नेपालीले भोग्न हुँदैन | विदेशी धर्म, संस्कृति र संस्कारलाई रोकेर पुन: नेपालीहरूको प्राकृतिक जीवनशैली (समावेशी)को स्थापना गर्नैपर्छ |
घृणावादमा आधारित आधिकारको चपेटामा नेपालीहरू पटक्कै पर्नुहुँदैन | हामीले प्राकृतिक रूपमा पाएको आफ्नो छिमेकीलाई माया गर्ने, सहयोग गर्ने, माया प्राप्त गर्ने सहयोग प्राप्त गर्ने, संस्कृतिलाई कत्तिपनि छोड्नु हुँदैन | नत्र १०० वर्षपछिको नेपालका हाम्रा सन्ततिहरू आफ्नो धर्म-संस्कृति र पहिचान खोज्दै अमेरिकी सडकमा भौतारिने छन् | तेस बखत गुनासो सुन्नेहरू समेत हास्ने छन् | किनभने आफ्नो जरोकिलो काट्ने पूर्खाहरूप्रति उनीहरूले तेस बखत धिक्कार दिने छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *